Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिसी काण्ड : व्यर्थको शक्ति प्रदर्शन

Posted on July 9, 2018 by Salokya


संस्कृत सम्मेलनमा सहभागी हुन क्यानडा जानका लागि बोर्डिङ पास लिइसकेका नेपाल संस्कृत विश्वविद्यालयका भिसी प्रा. डा. कुलप्रसाद कोइरालालाई प्रहरीले झ्यानाकुटी पारेर बालुवाटारको एउटा कोठामा थुनेर प्लेन उडिसकेपछि बल्ल छोडेको घटना अहिले चर्चाको विषय बनेको छ।

सरकारका समर्थकहरु यो काण्डको औचित्य साबित गर्न सरकारका प्रवक्ताभन्दा अघि देखिएका छन्। गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार राष्ट्रिय सभामा यसबारे जानकारी दिँदा ‘अपुष्ट’ जानकारीमात्र छ भनेकोले गृहमन्त्रीलाई थाहै नदिई प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै यो कदम चालेको अनुमान गर्न सकिन्छ।

गृहमन्त्री बादलले अनुमति नलिई जान लागेको अपुष्ट जानकारी मात्र गृह मन्त्रालयमा भएको बताएका थिए। घटना भएको १२ घण्टा नाघिसक्दा पनि गृह मन्त्रालयलाई खासमा पुलिसले एक जना भिसीलाई किन एयरपोर्टबाटै नियन्त्रणमा लिएर बालुवाटार पुर्‍यायो भन्ने कुराबारे अपुष्ट जानकारी मात्र छ भन्न गृहमन्त्रीलाई अप्ठेरो लाग्नु पर्ने हो। तर दुई तिहाई सरकारको गृहमन्त्रीलाई केको अप्ठेरो लाग्नु।

गृहमन्त्रीले के भने हेर्नुस्-

संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई हिजो राति प्रहरीले विमानस्थलबाटै नियन्त्रणमा लिएर बालुवाटार पुर्‍याएको बारे गृहमन्त्रीलाई 'अपुष्ट जानकारी'मात्र रहेछ pic.twitter.com/JPvfZJ1Qc7

— salokya (@salokya) July 8, 2018

घटनाको चर्को विरोध भएपछि शिक्षा मन्त्रालयले एउटा विज्ञप्ति जारी गरेको छ-

यो विज्ञप्ति र सरकारका प्रवक्ताहरुको भनाई एउटै खालको छ- अनुमति नलिई जान लागेको। तर भिसी कोइराला भने त्यसलाई खण्डन गर्दै भन्छन्– त्यो भन्दाअघि पटक पटक त्यसैगरी जाँदा रोकिएन। मैले त्यही विधि र प्रकिया अपनाएर बिदाको निवेदन दिएको शिक्षा मन्त्रालयमा ७३३ नम्बरमा दर्ता छ।

दुई पक्षको कुरै बाझियो। खास कुरो के हो? खै त आधिकारिक रुपमा आएको?

ल भैगो, अनुमति नलिई जान लागेकै थिए रे। त्यसो हो भने त विमानस्थलको इमिग्रेसनले खै त विदा स्वीकृतिको पत्र, त्यो नभई जान मिल्दैन भनेर रोकेको भए त यत्रो विवादै हुन्न थियो नि। कयौँ सर्वसाधारणलाई त त्यसरी रोकिरहेका हुन्छन् त। प्रहरी लगाएर पक्रनुभन्दा इमिग्रेसनबाटै त्यसरी रोकेर उडान अनुमति नदिएको भए यत्रो विवादै हुन्न थियो नि।

प्रधानमन्त्रीलाई पनि दुई तिहाईको पावर देखाउनु परेको। दुई तिहाईको पावर यस्ता झिनामसिना काममा खर्च नगरे देशवासीको कल्याणै हुन्थ्यो।

6 thoughts on “भिसी काण्ड : व्यर्थको शक्ति प्रदर्शन”

  1. Subash Shrestha says:
    July 14, 2018 at 7:25 pm

    Yashlai dui tihai power dekhako bhanna mildaina. He was humbly approached and requested to see PM through a very senior police personnel. He was not arrested or put in custody. He was treated nicely enough according to himself in his interview. Actions need to be taken, things need to change.

    Reply
  2. madan man bajracharya says:
    July 10, 2018 at 11:08 pm

    तेती थोलो पदमा बसेको व्यक्तिले बिदानै स्वीकृति नगराई आफु खुसि……!!??/ पटक पटक राज्य र पार्टी संचालनमा असफल भयको व्यक्तिले आफु जस्तै आफुलाई बिस्थापित गर्ने पार्टीको सरकारलाई पनि असफल गराउने नियतले नियुक्त गरेको व्यक्ति बात यसतै कुरा बाहेक अर्को हुन् पनि सक्दैन/

    Reply
  3. Kamal says:
    July 10, 2018 at 7:22 am

    यो अरु केहि नभयर २ तिहाइ को घमन्दले ओलि सर्कार भुइमा न भादामा भ​एको अबस्था हो । हेर्दै जानु अब को ५ बर्स सम्म कति बिघन्स मच्चायर पतन हुने हो …

    Reply
  4. कमल says:
    July 9, 2018 at 7:41 pm

    यी कुराहरु बुझौ|
    १. पैले पनि त्यसरी गएको, रोकेन| ऐले किन रोक्नु? यो कुतर्क हो| पैले नियम थिएन वा मिचे भन्दैमा अहिले पनि त्यसै गर्न पाउनुपर्छ भन्न मिलेन|
    २. अनुमतिका लागि आवेदन दर्ता गर्दैमा त्यो स्वत: स्वीकृति होइन भन्ने यथार्थ भीसीलाई थाहा नहुनु दुखद कुरो हो|
    ३. भीसीलाई अन्याय भयो भन्ने लागेको हो भने अदालतमा जानपर्ने हो|
    ४. प्रधान मन्त्रिले बोलाएको भनेर किन बालुवाटारमा ल्याउन पर्यो? शिक्षा मन्त्रीले बोलाएको भने पुग्दैनथ्यो? माथि उल्लेख गरे जस्तो अध्यागमनले रोके भैहाल्थ्यो| किन स्वीकृति पत्र चेक गरिएन| साधरण जनतालाई दुख दिने कामचोर र भ्रष्टमा नाउँ कमाएका अध्यागमनका कर्मचारीलाई पनि स्पष्टीकरण माग्न परो|
    जे होस्, भीसीले कि तुरन्त राजिनामा दिनपर्यो वा बर्खास्त गर्नपर्यो|
    अन्तमा, संस्कृतको कन्फरेन्स अयोध्या कि काशी तिर गएको भए यी सब विवाद उठ्ने नै थिएनन|

    Reply
  5. Sailendra shrestha says:
    July 9, 2018 at 7:02 pm

    श्री ५ महाराज धिराज KP ओली शाह ज्यू बाट अनुमति नलीइ विदेश उड्ने उसको त्यत्रो हिम्मत!!!!

    Reply
  6. Bipin Tripathi says:
    July 9, 2018 at 2:06 pm

    यस अघि बिदाको निवेदन दिएर पटक पटक विदेश गएको! नयाँ सरकार र नयाँ प्रावधानलाई बाल नदिएको !! कुलपतिले सम्मानपूर्वक दिएको सबख नपचे जस्तो किन गर्दैछन् ? केहि नसिक्ने? नियममा नचल्ने ? तवर तरिका पुरानै, नयाँ सोच त देखिएन !!

    Reply

Leave a Reply to Bipin Tripathi Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme