Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप अब बन्ने भो ‘युरो कप’

Posted on July 7, 2018 by Salokya

शुक्रबार राति अबेर भएका दुई खेलमा दुई दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र ब्राजिललाई फ्रान्स र बेल्जियमले पराजित गरेसँगै अब विश्वकपमा युरोपेली राष्ट्रहरुमात्र बाँकी भएको छ। त्यसैले अब यो युरोकप जस्तै बन्न पुगेको छ। अफ्रिकाको प्रतिनिधित्व समूह चरणमै सकिएको थियो। अन्तिम १६ सम्ममा एसियाको प्रतिनिधित्व जापानले गरेको थियो। तर बेल्जियमसित २-० को अग्रता लिँदालिँदै पनि जापान ३-२ ले पराजि भयो र बाहिरियो। क्वार्टरफाइनलमा यी दुई राष्ट्र हारेपछि अरु महादेशको चुनौति सकियो। 

ब्राजिल र उरुग्वे हारेसँगै अब विश्वकपमा दुई वटा मात्र पूर्व विश्वविजेता बाँकी रहेको छ। त्यसमध्ये एउटा ब्राकेटबाट फ्रान्स सेमिफाइनलमा पुगेको छ भने अर्कोबाट इंग्ल्यान्डले भोलि शनिबार स्विडेनसित खेल्दैछ।

असार २६ गते मंगलबार हुने पहिलो सेमिफाइनलमा खेल्ने टिमको पनि टुङ्गो लागिसकेको छ- फ्रान्स र बेल्जियम।

नेपालमा सबभन्दा धेरै फ्यान अर्जेन्टिना र ब्राजिलको छ। यी दुईका फ्यानबीच पनि रमाइलो प्रतिद्वन्द्विता देख्न सकिन्छ। अर्जेन्टिना झण्डै समूह चरणबाट आउट हुँदाहुँदै पनि बचेर अन्तिम १६ मा फ्रान्ससित पराजित भयो। झण्डै आधा नेपाली फ्यानका लागि विश्वकप सकियो।

बाँकी थिए ब्राजिलका फ्यान। उनीहरुको चुरीफुरी सामाजिक सञ्जालहरुमा हेर्न लायक थियो। तर उपाधिको दावेदार मानिएको ब्राजिल पनि बेल्जियमबाट २-१ ले पराजित भएपछि नेपालका अर्को आधा फ्यानहरुका लागि पनि विश्वकप सकियो। अर्जेन्टिना हारिसके पनि अर्जेन्टिनी फ्यानहरुले ब्राजिल हार्दा जितेजस्तो गरेर रमाइलो गरेको पनि देखियो।

अब नेपालमा केही पुराना फ्यान फ्रान्स र इंग्ल्यान्डका छन्। यी दुई फाइनलमा पुग्ने सम्भावना पनि छ। तर फ्रान्सले बेल्जियमसित सेमिफाइनलमा खेल्नुपर्नेछ भने इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेनको सामना गरेर जितेमा रसिया वा क्रोएसियाका विजेतासित सेमिफाइनलमा खेल्नुपर्नेछ।

मेरो क्वार्टरफाइनलको अनुमानमध्ये उरुग्वेले जित्ने अनुमानले फेल खाएको छ भने बेल्जियमले जित्ने अनुमान सही भएको छ। अब भोलिका खेलमा रसिया र इंग्ल्यान्डको विजय मेरो अनुमान हो। हेरौँ के हुन्छ

तपाईँको अनुमान के छ ?

 

1 thought on “विश्वकप अब बन्ने भो ‘युरो कप’”

  1. babul says:
    July 7, 2018 at 2:06 pm

    CROATIA -2 RUSSIA -१
    ENGLAND -3 SWEDEN -2

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme