Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा ‘पानीजहाज’

Posted on July 6, 2018 by Salokya

दुई वर्षअघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले नेपालले आफ्नै पानी जहाज चलाउने घोषणा गरेका थिए। यसपालि त संसदमा बोल्दा आलोचना गर्नेहरुलाई निम्ता नै गर्न भ्याइसके। तर पानीजहाजको अध्ययन समेत नेपालमा सुरु भएको छैन। त्यसो भन्दैमा हुन्छ र? माथिको फोटो हेर्नुस्, यो नेपालकै दृश्य हो। 

नेपालमा पानीजहाज त यसैलाई माने भो अब।

ठ्याक्कै पानीजहाज जस्तो देखिए पनि यो पानीजहाज भने हैन रहेछ। इटहरीको गोकुलम रिसोर्टले मान्छे बस्नलाई बनाएको रहेछ पानीजहाज आकारको यो घर। पानीजहाजको तिर्सना यसैले मेट्नु पर्नेे स्थिति भो अब।

प्रधानमन्त्रीको दुई वर्षअघिको भाषण-

3 thoughts on “नेपालमा ‘पानीजहाज’”

  1. गौरव योन्जन says:
    July 7, 2018 at 10:48 am

    नेपालमा रक्सौलबाट रेल ल्याउने, केरुङ्घ बाट रेल आउने|
    एउटा बाटोको हिलो धुँवा खाल्डा खाल्डो व्यवस्थापन गर्न नसक्ने सरकारबाट के अपेक्षा गर्नु?

    हामी अहिले ओलीको गफ तुक्काको पानी जहाजमा छौ| कुन दिन हिलोमा भासिने हो, आँधीमा हुरीने हो वा डुबानमा परिने हो थाहा छैन| भान्सामा पिटिक्क थिचेर ग्यास बाल्ने र बील तिर्ने गफ सुनेको तीन बर्ष भयो|

    यी सब भएका कारण नेपाली जनता नीरिह छन्| पार्टी समर्थक भए पुगो| गिरिजा, सुशील र शेरेको निकम्मा सरकारले दशकौ कुनै मार्गहीन भएर गोता खाईरह्यो, भ्रष्टचार झन् झन बढ्यो| कर्मचारीतन्त्र पार्टि लगाव, डीभी र पीआर झुकाव, कामचोर र भ्रष्ट पथमा द्रुत गतिमा लागेका छन्| पंचायत व्यवस्था र राजाको अधिनायकवादी शासनले मुलुक एक दुई जातको हातमा रहेर आफ्नै र आफ्नै परिवारको मात्र विकाश भयो|
    अहिले आएर ओलीको सरकारले कुनै राहत र नंया दिशा लिने सुर छैन| त्यही परम्परावादी सरकार संचालन व्यवस्था विद्यमान छ| देशको सर्बोपरि हितलाई मूलभुत रुपमा ध्यान दिएर जोखिमै मोलेर भए पनि आमुल परिवर्तन ल्याउन पर्ने हो इतिहासकै शक्तिशाली जनादेश भएको सरकारले| एउटा सिण्डिकेट तोड्न पनि डरछेरुवा सरकारले के गर्न सक्ला र?

    अहँ, ओलीले सुशासन ल्याउला भन्ने विश्वास दिनहु घट्दो छ| १५ बर्षे रेल र पानी जहाजको सपना देखेर १५ बर्ष शासन गर्ने रणनीति काम लाग्दैन| बालुवाटारको सपना बालुवामै मिलिने देखिन्छ| जनताले धैर्य्य गुमाउन लागेका छन्|

    सरकारी कार्यमा मितव्ययिता सम्बन्धी आमुल र बिशाल परिवर्तन ल्याएर कार्यन्वयन गरिन पर्ने हो, ठिक विपरीत् भैरहेको छ|

    तर शेरे र उनका टीम पहिले काशीमा गएर आफ्नो पापको प्रायश्चित गर्नपरो| प्रतिपक्ष नै चुर्लुम्म भ्रष्टचारमा डुबेको इतिहास कसरि मेट्ने हो, पहल गरौ|
    तर बल चाँही अहिले ओलीको कोर्टमा छ| कुरा र गफ भैरहेको छ, काम पुरानै पुर्बाग्राहित र कामचोर शैलीमा चलिरहेछ, माल र भन्सारका हाकिम कर्मचारीहरु मालामाल छन्| खोइ के हो त चेन्ज? एउटाले कमाइ रहेको धन्धामा अर्कोले आएर गर्नु नै चेन्ज हो?
    ओलीको टीमले २४/७ काम गर्दै रहेर जनतालाई राहत दिन पर्ने हो, एउटा काठमान्डू राजधानी पनि खाल्डाखुल्डि फोहोरमैला र धुँवा हिलो दुर्गन्ध विहीन गराउन नसक्ने खोंई के संकेत भयो र सरकार चलेको?
    ओली र अहिलेको सरकारलाई यसपाला समर्थन गरेको भएरै अहिले समयमै सचेत गराएको हुँ, अन्यथा नलिनु होला|

    Reply
  2. madan man bajracharya says:
    July 6, 2018 at 6:06 pm

    नेपालमा राजनैतिक परिबर्तनको मूल आधार नै बिकाशको सपना देखायर भारतको स्वार्थ पुरा गराउनु रहेको छ/ दिल्ली सम्झौताको आधारमा नेपालमा शासक र व्यबस्थाको परिबर्तन नेपाल र नेपालीको भन्दा भारतकै स्वार्थ पुरा गराउनु र अघोसित रुपमा नेपाललाई प्रजातन्त्र लोकतन्त्र आदि भन्दै नेपालको नीतिको निर्णायक र नेपालको श्रोतहरुको मालिक भारतनै हुने तन्त्र चलाउनुनै रहेको कुरा २००७ देखि नै प्रमाणित हुँदै आयको छ/

    अहिले नेपाल बात कलकत्ता सम्म पानि जहाज चलाउने कुरो पनि नेपालीको सुबिधाको लागि भन्दा भारतको भविस्यको लागि समेत पानीको आबस्यकता पुरा गराउन नेपालको सप्त कोशी नदीहरुको पानीलाई यकिकृत गरेर नेपालकै भूमिमा२६८ मिटर अग्लो बाध बनायर बिउस्वमै ठुलो पानीको रिजर्भवायर बनाउंदै त्याहा बात सप्तकोसी नदीहरुको पानीलाई यौटै नहर बात कलकत्ता सम्म लग्नेको आबस्यकता समेत आपूर्ति गर्ने भारतको योजना अन्तर्गतकै कुरा हो/ भारतको यो योजनालाई पुरा गराउने कांग्रेसी नै हो/ यो योजना पनि पुरा गरीय नेपाल बिस्वमा दोश्रो ठुलो जलश्रोत भयको भन्ने कुरो मात्र कागजी बनेको छ/

    ओलीले नेपालीलाई पानि जहाज बात कलकत्ता सम्म पुग्न सक्ने बनाउने जुन सपना देखायको छ त्यो सपना भारतलाई सप्तकोसी नदीहरुको पानी कब्जाउन दिने गिरिजाले भारत सिट गरेको सम्झौता कार्यान्वयन गर्न दिय मात्रै सम्भव हुने कुरो हो/ यहि पानि जहाजको कुराले ओली हो बा गिरिजा हो त्यो पछि थाह हुन्छ/ यहा मैले गिरिजा को नाम लियको कारण भारतको बिहारमा जन्मेको गिरिजा जस्तो जन्मभूमि भक्त बिरलै पाउने भयकोले हो/

    Reply
  3. bhumi says:
    July 6, 2018 at 3:58 pm

    इटहरीको गोकुलम रिसोर्ट होइन , इटहरी नजिकै को हो. यो रिसोर्ट मोरंग जिल्ला को दुलारी भन्ने ठाउँ मा पर्छ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme