Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता खारेज नगर्न परेको रिट सर्वोच्च अदालतले गर्‍यो खारेज

Posted on July 5, 2018July 5, 2018 by Salokya


अमेरिका, बेलायत, अस्ट्रेलिया लगायत कतिपय देशमा (सूची हेर्नुस्) दोहोरो नागरिकताको सुविधा छ। अर्थात् तपाईँले अरु देशको नागरिकता भएर पनि ती देशका नागरिकता लिन सक्नुहुन्छ। तर नेपाललगायतका केही देशमा भने त्यस्तो हुन्न। अरु देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ ले गरेको छ।

यो व्यवस्था खारेज गरी विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता कायम रहने व्यवस्था गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिट सर्वोच्च अदालतका पाँच न्यायाधीशको पूर्ण इजलासले रिट निवेदकको मागदावी अनुसार आदेश जारी गर्नु नपर्ने भन्दै बुधबार खारेज गरिदिएको छ।

बेलायतमा बसोबास गरिरहेका दुई जना गोविन्द बेल्वासे र सुरेन्द्रबहादुर श्रेष्ठले २०७२ असोज २४ गते यो रिट दायर गरेका थिए। बेल्वासेले रिटमा आफ्नी श्रीमतीले बेलायतको नागरिकता लिइसके पनि आफूले नलिएको उल्लेख गरेका थिए भने श्रेष्ठले बाध्यात्मक परिस्थितले बेलायतको नागरिकता लिए पनि नेपालको नागरिकता परित्याग नगरेको र नगर्ने उल्लेख गरेका थिए।

बेल्वासेले नयाँ संविधान जारी भएपछि नेपालमै फर्कने तयारीमा रहेको तर परिवारका सदस्य र छोराछोरी बेलायतमबस्दै आएकोले बेलाबखत बेलायत पनि आवतजावत गर्नुपर्ने अवस्था भएको उल्लेख गरेका छन्।
र्नले बेलायतको कानुन अनसार आफू बेलायतको अङ्गीकृत नागरिकता प्राप्त गर्न योग्य भएको र श्रीमतीले बेलायतको नागरिकता ग्रहण गरिसके पनि आफूले नागरिकता ऐनको दफा १० औपचारिक रुपमा अमान्य भएपछि मात्र
ग्रहण गर्छू भनी प्रतीक्षामा रहेको उल्लेख छ।

के छ त दफा १० मा?

उनले यो दफाको प्रावधानले आफ्नो र श्रीमतीको वैयक्तिक र संवैधानिक हक हनन गरेको दावी रिटमा गरेका थिए।

त्यसैगरी सुरेन्द्रबहादुर श्रेष्ठले माओवादी द्वन्द्वकालमा बेलायतमा शरणार्थीको सुविधा पाएर बसेको र संविधान जारी भएपछि देश फर्कँदा राम्रो हुने ठानेर फर्केर बसोबास गर्ने तयारीमा रहे पनि विदेशमा श्रीमती र दुई छोरीहरु बस्दै र पढ्दै आएकोले बेलाबखत बेलायत पनि आवतजावत गर्नुपर्ने अवस्था उल्लेख गरेका छन्। बेलायतको कानुन अनुसार अङ्गिकृत नागरिकता प्राप्त गर्न आफू योग्य रहेको र नागरिकतासमेत लिएको उनले बताएका छन्। बाध्यात्मक परिस्थितिमा नागरिकता लिए पनि स्वेच्छाले नेपाली नागरिकता परित्याग नगरेको र नगर्ने भन्दै उनले नागरिकता ऐनको दफा १० ले आफ्नो वैयक्तिक तथा संवैधानिक हक हनन भएको रिटमा जिकिर गरेका थिए।


सर्वोच्चले रिट खारेज गरेसँगै दोहोरो नागरिकता नेपाली नागरिकले औपचारिक रुपमा कायम गर्न नपाउने भएका छन्। तर लुकाएर भने राखिरहन पाउने हुन्छन्। कसैले यदि नेपालको नागरिकता हुँदाहुँदै पनि विदेशको नागरिकता लिएर पनि नेपाली नागरिकता औपचारिक रुपमा परित्याग नगरी लुकाएर उपयोग गरे कसैले उजुर र छानबिन नगरेसम्म पत्ता लाग्ने कुरा भएन।

अर्को उपाय नेपालको संविधान अनुसार गैरआवासीय नागरिकता लिन सकिन्छ। यस्तो नागरिकताले राजनीतिक बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपयोग गर्न पाउँछ। संविधानको धारा १४ मा यसको व्यवस्था छ

तर यससम्बन्धी कानुन भने बनिसकेको छैन। त्यसैले अहिलेसम्म यस्तो नागरिकता कसैले पनि पाइसकेको छैन।

12 thoughts on “विदेशको नागरिकता लिएपछि नेपालको नागरिकता खारेज नगर्न परेको रिट सर्वोच्च अदालतले गर्‍यो खारेज”

  1. Tek Bahadur Ghale says:
    August 2, 2018 at 9:11 pm

    विदेश मा हुनेहरु एकता भएर दोहोरो नागरिकताको मुद्दा लड्नै पर्छ . नेपाल सरकारले किन दोहोरो नागरिकता दिन नमिलेको ? संसारमा ७० भन्दा धेरै देशहरुमा दोहोरो नागरिकता दिने नियाम बनि सकेका छन् ,

    Reply
  2. nepali kancha says:
    July 16, 2018 at 9:23 pm

    दोहरो नागरिता राख्नु पाउदा राष्ट्र लै नै फाइदा हुन्छ! कोलाई बस्नु मान्न छ र अर्काको देश मा दोस्रो नागरिक भएर.

    Reply
  3. Khagendra Yakkha Rai says:
    July 14, 2018 at 2:50 am

    यो केवल NRN प्रति, गरी खाएकोमा डाह हो । भ्रस्टचारमा पल्कनु र राष्ट्र्को मोह नहुनेले नै आफ्नो जनतालाई दोहोरो नागरिकताबाट बन्चित गराउने दुश्साहस गरेको स्पस्ट छ । दोहोरो नागरिकताले बिदेशमा आर्जन गरेका धन र सिप स्वदेशमा भित्रीने कुरा त यथार्थ नै छ ।

    Reply
  4. राजेन says:
    July 6, 2018 at 4:58 pm

    बिर्खेजी,
    भन्नुस न त के हो यो कार्ड? NRN कै अधिकारीवर्गले लिएका छैनन रे|
    व्यर्थमा अरु भन्दा बढ्ता जान्ने जस्तो गरेर तात्तो न छारोको गफ खोकेर मात्र के गर्नु?

    Reply
  5. simit gauchan says:
    July 6, 2018 at 12:48 pm

    भुसका थैलाहरु….. उही न्याउरीले अंगुर उफ्रेर टिपेर खान सकेन अनि अमिलो हुन्छ भने झैँ हो ! नाथेहरुले आफुले पाएको भए अर्कै कुरा हुन्थ्यो अब अरु देशको नागरिकता पाएन कुरा फेर्दै हिड्छ उसका भै भारदार नातागोताले पाएको भए लडेर मर्थे !
    जे होस् जुन देशले पनि आफ्नो नागरिक गुमाउन चाहन्न ! विदेश रेमिटेन्सले चलेको देश अब के हुने हो ८०० बढी त राजी भए मुलाहरु…..!

    Reply
  6. Jamal says:
    July 5, 2018 at 10:00 pm

    एउटा भारतको, अर्को अष्ट्रेलियाको होला वा अमेरिका या बेलायतको| यो NRN कार्ड भन्या के पर्यो हजुर लौन जानकारी पाउँ न|

    Reply
  7. Dilip Gurung says:
    July 5, 2018 at 9:27 pm

    सुभाशजी,
    भारतले दोहोरो नागरिकता दिने भन्ने कुरो बास्तबिकता होइन| कि तपाइको भारतीय मित्रहर्ले खोदैछन, नभए यो खोकी तपाइँकै हुनु पर्छ|

    Reply
  8. binit says:
    July 5, 2018 at 9:23 pm

    मानस सोम लाइ डीभी नपरेर टेन्स भए जस्तो छ |

    Reply
  9. Dilip Gurung says:
    July 5, 2018 at 9:23 pm

    हुन त नेपाल मान्छे बस्न लायक देश त होइन| गुण्डाराज, भ्रस्टाचार अनि चरम “लाल बाबु पण्डितबाद” ले देशलाई खोक्रो बनाएको तथ्य सबै सामु छ| मौका पाउने भए दोहोरो नागरिकताका कट्टर विरोधीहरु पनि धेरै (सबै हैन) जसो विदेश पलायन हुन्थे| नभए लाखौ तिरेर ज्यानको जोखिम मोलेर ब्राजिल देखि अमेरिकका सम्म स्थल यात्रा गर्ने नेपालीहरु हुन्नथे|

    यति भन्दा भन्दै पनि आफु जन्मेको, हुर्केको देशको माया चाहेर पनि मार्न सकिन्न र मार्न हुन्न पनि| सर्ब प्रथम त देश भनेको भौगोलिक क्षेत्र मात्रै हो| यसको पहिचान दिने अनि प्रतिनिधित्व गर्ने त नागरिकले हो| यति धेरै संख्यामा नेपाली बिदेशिएको अवस्थामा आफ्ना नागरिक गुमाउनु देशको लागि राम्रो कुरा हो जस्तो लाग्दैन| अझ नागरिकता कसैबाट खोस्ने भनेको नागरिकताको परिभाषा संग मेल खादैन| मेरो व्यक्तिगत मत चाही के छ भने नेपाली नागरिकता भन्ने कागजको टुक्रा नेपाल सरकारले खोसे पनि म नेपाली हु भन्ने मेरो अधिकार कसैले खोस्न सक्दैन| त्यसैले दोहोरो नागरिकताको लागि मरीहत्ते गर्ने पक्षमा म छैन| आफ़्न्न योग्य कुशल नागरिकहरुलाई “भगौडा” को संज्ञा दिएर पाखा लाउदा आखिर देशकै नोक्सान हुने हो| तर हाम्रा प्रचण्ड, ओली, देउबा जस्ता पाखण्डीहरुलाई देशको नोक्सान संग बाल मतलब हुने भए आज देशको स्थिति बेग्लै हुन्थ्यो नि, होइन र?

    Reply
  10. Birkhe says:
    July 5, 2018 at 9:04 pm

    सुबास श्रेशाजी सिड्नी लेख्नु हुन्छ “मेरा साथीहरु फ्रोम इंडिया क्यारी two पस्स्पोर्ट्स” पढ्ने मौका दिनु भएकोमा धन्यबात छ, आजका दिन सम्म कुन चाहिं भारती हरुले दुइ देशको राहदानी बोकेर हिंडेको उंहाले देख्यो ब सुन्केको भन्दा यो पन्ग्तिकर्लाई आस्यर्य लग्यो भारती सरकारले भारती मुलका बासिन्दालाई ओसिई भन्ने कार्ड प्रधान गरेका छन् त्यो हाम्रो देशले दिने NRN कार्ड जस्तै हुन् यदि उहाँलाई मेरो कुरा चित्त नाबुजे भारतीय दूताबासको वेबमा जनुभायेर राम्रोसंग बुज्न सक्नु हुन्छ |

    Reply
  11. Manas says:
    July 5, 2018 at 10:06 am

    Vagaudaharulai dohoro nagarikta re??? Ubela jyan jogauna vandai nakkali saranarthi bandai lahure hune Ani feri ahile kina chahiyo Nepali nagarikta??? Line nai ho vane ahileko kanun anusar garnus linus na sakkigo ni!!

    Reply
  12. subash shrestha, Sydney says:
    July 5, 2018 at 8:43 am

    छैट कतै नभएको कानुन यै देशमा छ. मेरा साथीहरु from India carry two passports. हामि ले यताको पस्स्पोर्ट बोकेको यता बसिन्जेल सजिलोको लागि पो त . कतै जागिर राम्रो खान परे या study गर्न परे सजिलो हुने भएर. देश मा जन्मेर हुर्केको हाम्रो support देश लै नै छ. यसरि झन् पर पर धकेलेर कहाँ हुन्छ. देशमा रिशि धमाला, किशोर श्रेष्ठ हरु कै हुने भो राज ! हुन पनि त्यो देश मा कस्तो न्याय हो कस्तो कानुन, त्यो यौटा नारि को जबर्जस्ति लिएको नग्न तस्बिर छापेर आत्मा हत्या गर्न बाध्य पर्ने हरु बहेको कोहि पत्रकार छैनन् देशमा reportars council ko deputy president हुन लायक. त्यो फोटो खिच्नी अनि छाप्ने अनि ब्लाकमेल गर्ने हरुलाई सजाय भएको फैसला आएको समाचार त कैलेइ सुन्न पढ्न पाइएन . अरबौ भ्रस्टाचार गर्ने लाइ पनि जेल हाल्ने फैसला गरेको देखिएन. खालि यस्तै अरु लाई रोक्ने छेक्ने कानुन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme