Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार पूर्व विजेता र चार नयाँ राष्ट्र अन्तिम ८ मा, कसले जित्ला विश्वकप?

Posted on July 4, 2018 by Salokya

अन्तिम १६ को अन्तिम खेल सकिएसँगै क्वार्टरफाइनलका लागि अन्तिम ८ मा पुग्ने राष्ट्रहरुको समीकरण पूरा भएको छ। आज  र भोलि विश्वकप विदा। पर्सिदेखि सुरु हुँदैछ क्वार्टरफाइनल। त्यसबाट अन्तिम ४ छानिने छन् र त्यसपछि २ अनि विजेता १। अन्तिम १६ बाट अर्जेन्टिना, पोर्चुगल, मेक्सिको, जापान,  स्पेन, डेनमार्क,  स्विट्जरल्यान्ड र कोलम्बिया बाहिरिएका छन्। अब विश्वकप ६ युरोपेली टोली Vs दुई दक्षिण अमेरिकी टोलीबीच हुँदैछ। फ्रान्स, उरुग्वे, ब्राजिल र इंग्ल्यान्ड पूर्वविजेता हुन्। बेल्जियम, रसिया, क्रोएसिया र स्विडेनले विश्वकप अहिलेसम्म जितेका छैनन्।

रोचक के छ भने बायाँ ब्राकेटमा फ्रान्स, उरुग्वे, ब्राजिल तीन पूर्व विजेता छन् भने बेल्जियमले मात्र विश्वकप जितेको छैन। यीमध्ये एक टिममात्र फाइनलमा पुग्छन्। बेल्जियम अहिलेसम्म क्वार्टरफाइनलबाट अघि बढ्न सकेको छैन।

अर्को ब्राकेटमा भने तीन नयाँ र एक पूर्व विजेता छन्। त्यहाँबाट एक टिम फाइनल पुग्नेछ। त्यहाँ इंग्ल्यान्डमात्रै पूर्वविजेता हो। रसिया पहिलो पटक क्वार्टरफाइनल पुगेको हो। क्रोएसिया सेमिफाइनलसम्म पुगिसकेको छ भने स्विडेन एक पटक फाइनल पुगिसकेको टिम हो।

क्वार्टर फाइनलका खेल दुई दिन हुनेछन्। शुक्रबार ७:४५ मा फ्रान्स र उरुग्वे तथा ११:४५ मा ब्राजिल र बेल्जियमको खेल हुनेछ। शनिबार भने ७:४५ मा इंग्ल्यान्ड र स्विडेन तथा ११:४५ मा रसिया र क्रोएसियाबीच खेल हुनेछ।

तपाईँको अनुमानमा फाइनलमा कुन टिम पुग्ला? यसअघिका ८ खेलमा ३ अनुमान गलत भए पनि मेरो अनुमान अझै बेल्जियम र इंग्ल्यान्ड फाइनलमा पुग्छ भन्ने नै छ-

5 thoughts on “चार पूर्व विजेता र चार नयाँ राष्ट्र अन्तिम ८ मा, कसले जित्ला विश्वकप?”

  1. PRAMOD ACHARYA says:
    July 5, 2018 at 5:53 am

    फ्रान्स र बेल्जियम त सेमिफाइनलमा नै भिडछन् अनि कसरी फाइनल खेल्छन, कि अझै चार्ट हेर्न आउदैन

    Reply
  2. Mohan Pahadi says:
    July 4, 2018 at 8:52 pm

    फ्रान्स र बेल्जियम फाइनलमा

    Reply
  3. sun says:
    July 4, 2018 at 1:54 pm

    स्वीडेन! स्वीडेन! स्वीडेन!

    Reply
  4. महेश says:
    July 4, 2018 at 12:52 pm

    फाइनल — बेल्जियम र इंग्ल्याण्ड
    बिजेता — इंग्ल्याण्ड

    Reply
  5. Yubaraj poudel says:
    July 4, 2018 at 12:42 pm

    # Team will reach semi final
    Brazil & France
    Russia & England

    # Then for final
    Brazil & England

    #Finally the champion will ?⚽
    #BRAZIL ??

    World up 2018
    Russia

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme