
रुसमा जारी विश्वकपमा आयोजक राष्ट्रले अप्रत्याशित नतिजा निकाल्दै पेनाल्टी सुटआउटमा पूर्व विजेता स्पेनलाई पराजित गरिदियो। रसियाले आफ्नै पोस्टमा गरेको गोलका कारण अग्रता लिएको स्पेन ४१ औँ मिनेटमा पिकेको ह्यान्डबलका कारण भएको पेनाल्टीपछि बराबरीमा गयो। थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा कोके र आसपासका बललाई रुसी गोलकिपर अकिनफिभले शान्दार बचाउ गरे। त्यसपछि स्पेन दुःखी हुँदै घर फर्कनुको विकल्प थिएन। स्पेनका पत्रिकाले कस्तो लेखे त आफ्नो देश बाहिरिँदाको समाचार? हेरौँ केही पत्रिकाका मुखपृष्ठ।

आसपासको बललाई खुट्टाले किक हानेर बचाएको। यही बचाउका कारण रुस स्पेनलाई हराउन सफल भयो।

यसको अर्थ चरम पेनाल्टी जस्तै हुन आउँछ।

दुःखको अर्थ दिन्छ यो हेडलाइनले।

स्पेनको विश्वकपबाट विदाइ हो यसको अर्थ

फोटोको क्याप्सनको शीर्षक हारको चित्र हो।

बिना उपाधि घर हुन्छ यसको अर्थ

एउटा पुस्ताको अन्त्य हुन्छ यसको अर्थ
