Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप क्वार्टरफाइनल समीकरण आज पूरा हुने, एउटा ब्राकेटमा तीन पूर्व विजेता, अर्कोमा मात्र एक, को पुग्ला फाइनलमा?

Posted on July 3, 2018 by Salokya

आज हुने दुई खेलपछि विश्वकपको क्वार्टर फाइनल समीकरण पूरा हुनेछ। दोस्रो चरणका खेलमा दुई वटा समूह बनेको थियो। जसलाई ब्राकेट पनि भनिन्छ। एउटा ब्राकेटमा भएका टिममध्ये एउटा मात्र क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनलमा पुग्ने हो। माथिको ग्राफिक्स हेर्नुस्, बायाँतिरबाट फ्रान्स, उरुग्वे र ब्राजिल अघि बढेका छन्। यो ब्राकेटमा बेल्जियममात्रै हो विश्वकप नजितेको टिम। अर्को बायाँतिरको समूह हेर्नुस्, त्यहाँ स्पेन हारिसकेपछि रसिया, क्रोएसिया अघि बढेका छन् दुवै पूर्व विजेता हैनन्।

अब आज हुने खेलमा डेनमार्क र स्विडेन जसले जिते पनि यी पूर्वविजेता हैनन्। अर्को खेल कोलम्बिया र इंगल्यान्डबीच छ। इंगल्यान्ड एक पटक विश्वकप जितेपछि विश्वकपमा कहिले पनि धेरै अघि बढ्न सकेको छैन। यस पटक उसले सजिलो समूह पाएर अघि बढ्ने मौका पाएको छ। तर फुटबलमा केही भन्न सकिन्न। हिजो जापान हाफटाइमपछि २-० ले अग्रता लिँदालिँदै पनि ३-२ ले हार्न पुग्यो। इंग्ल्यान्डको के हुने हो भन्न सकिन्न। इंगल्यान्ड हार्‍यो भने फाइनलमा एउटा पूर्वविजेता नभएको टिम पुग्ने सुनिश्चित हुनेछ।

बुधबार र बिहीबार विदा। क्वार्टरफाइनल खेल शुक्रबारदेखि हुनेछ। शुक्रबार राति ७:४५ मा फ्रान्स र उरुग्वे भिड्ने छन् भने ११:४५ मा ब्राजिल र बेल्जियम। त्यस्तै भोलिपल्ट शनिबार ७ :४५ मा आज हुने खेलका दुई विजेता र ११:४५ मा रसिया र क्रोएसिया भिड्ने छन्।

अब अनुमान लगाउनुस् को को पुग्ला फाइनलमा? मेरो यसअघिका दुई अनुमान गलत भए पनि अझै इंगल्यान्ड र बेल्जियमबीच फाइनल हुने अनुमान छ।

1 thought on “विश्वकप क्वार्टरफाइनल समीकरण आज पूरा हुने, एउटा ब्राकेटमा तीन पूर्व विजेता, अर्कोमा मात्र एक, को पुग्ला फाइनलमा?”

  1. chitra says:
    July 3, 2018 at 3:38 pm

    डेनमार्क र स्वीडेन चै गलत लेख्नु भयो swizerland र स्वीडेन हो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme