Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्जेन्टिनाको दशा हटाउन नेपालीको पूजा, तर मेस्सीले नै गरे पेनाल्टी मिस

Posted on June 16, 2018June 17, 2018 by Salokya

यतिबेला विश्वभर विश्वकप फुटबलको ज्वरो चढेको छ। अचम्म अचम्मका समाचार आउँछन् विश्वभरबाट। कोही के गर्छन् कोही के। नेपालीहरु पनि कम छैनन् विश्वकपको ज्वरो चढ्नमा। एक नेपालीले यसै गरी आज अर्जेन्टिनाको खेल हुनुअघि दशा हटाउन पूजा गरेको भिडियो यतिबेला फेसबुकमा भाइरल भएको छ। दिउँसो २ बजेर २१ मिनेटमा देवेन्द्र ओलीले अपलोड गरेको भिडियो यो ब्लग लेख्दासम्म ५ लाख पटक हेरिसकिएको छ। भिडियोमा ओलीले अर्जेन्टिनाले विश्वकप जितोस् भनेर गरिएको मन्त्रोच्चारण देखिन्छ।

भिडियोमा मन्त्रोच्चारण गर्ने व्यक्तिबाहेक एक महिला र दुई बालबालिका पनि देखिन्छन्। सबैले अर्जेन्टिनाको जर्सी लगाएका छन्।

मन्त्रोच्चारण हुँदै गर्दा बालकले फलफूल लिन खोज्छ तर नदिएर उसलाई घण्टी दिइन्छ। बालकले घण्टी भूँइमा बजार्छन्। त्यसपछि फेरि फलफूल लिन हुत्तिन्छ, रुन्छ। अन्त्यमा बालकले फलफूल लिएरै छोड्छ। तर लिएर आफूसित राख्दैन, फ्याँकिदिन्छ।

मेस्सी विजयी सर्वदा भनेर मन्त्र पढ्दै गर्दा बालकले फेरि केरामाथि आक्रमण गर्छ। फल चढाउनु पर्ने थियो ‘तर फल यता चढिसकेछ’ भन्दै बालकतिर देखाइन्छ। त्यतिन्जेल बालकले केरा खाइसकेको हुन्छ।

यो भयो तन्त्रमन्त्र।

अब खेल। खेलमा अर्जेन्टिना पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्डसित भिड्दै थियो।

खेलको १९ औँ मिनेटमा सेर्गियो अगुएरोले गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाए। अर्जेन्टिना १ आइसल्यान्ड ०।

तर यो अग्रता चार मिनेट पनि टिकेन। अल्फ्रेओ फिनबोगासनले अर्जेन्टिनी डिफेन्सको कमजोरीको फाइदा उठाउँदै २३ औँ मिनेटमा गोल गरेपछि मध्यान्तरसम्म खेल १-१ को बराबरीमा टुङ्गियो।

पेनाल्टी बक्समा मेस्सीलाई लडाएवापत ६४ औँ मिनेटमा पाएको पेनाल्टी पायो। पेनाल्टी हान्न तम्सिए मेस्सी।

तर उनको सटलाई गोलकिपर हान्नेस हल्दोरसनले छेके।

बिचरा नेपाली फ्यानको ग्रहदशा कटाउन गरेको पूजाले काम दिएन। अर्जेन्टिना विजयी भएन तर पराजित पनि भएन। बराबरी गरे पनि आइसल्यान्डले मनायो जितेको सरह उत्सव।

खेलको हाइलाइट हेर्न यहाँ क्लिक गर्नुस्।

5 thoughts on “अर्जेन्टिनाको दशा हटाउन नेपालीको पूजा, तर मेस्सीले नै गरे पेनाल्टी मिस”

  1. dil says:
    June 28, 2018 at 4:46 pm

    यी पागल मान्छे. त्यो मेस्सी को पुजा गर्नु भन्दा त एक कप चिया पकाएर आमा लाई खुवाऊ. त्यो नै ठिक हुन्छ. एउटा कुरा नि, अर्जेन्टिना का मान्छे हरु ले नेपाली लाई घृणा गर्छन. किनकि तिनीहरुले गोर्खा हरु लाई घृणा गर्छन. हामी नेपाली हरु ले चाही त्यो मुला हरु को पुजा गर्नु पर्ने. थुक्क पागल मान्छे

    Reply
  2. Kiran Rijal says:
    June 20, 2018 at 3:33 pm

    दुखि आत्मा , येस मान्छे को दिमागी स्तर को एक छिन कल्पना गरौ न / कस्तो सोचाई होला एसको /
    कति गरिब छ येस्को विचार र सोचाई /

    Reply
  3. सागर says:
    June 18, 2018 at 11:12 pm

    काम पाएनौ ओली, पाडाको नाईटो कन्यौ ।

    Reply
  4. sandip says:
    June 18, 2018 at 7:29 pm

    काम नभए पछि कुकुर को पुच्हर खौराना जान्छ भनेको येस्तै हो /

    Reply
  5. Sunil, London says:
    June 18, 2018 at 2:00 pm

    धेरै राम्रो, यस्ता काम गर्ने फुर्सत छ तर देश विकास का लागि केहि गर्ने समय को संग छ र ?यस्ता काम गरेर नाम कमाउन खोज्ने लाई मेरो सुझाव, बरु बागमती सफाई मा लाग्नु वा काठमाडौँ सफाई मा लाग्नु ! त्यसमा मन लाग्दैन भने बैदेशिक रोजगारीमा लाग्दा हुन्छ, कम से कम देश लाई रेमिटान्स त प्राप्त हुन्छ !!!!!
    फेरी विडियो अपलोड गर्ने पनि “ओली” नै रहेछन !!! नेपाल को विकास को ठेक्का लिने मध्ये एक, अब मेस्सी ले जिते नेपाल को विकास अबश्य हुन्छ होला !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme