Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइफोनमा चिप्लिएका मन्त्रीले फड्किए २७ दिन : ३ र ३० मा फेरि चिप्लिए, भारतलाई ‘भाले’ दिन लागेका कि ‘भालु’?

Posted on June 14, 2018June 15, 2018 by Salokya

अचेल सूचना तथा सञ्चार प्रविधि मन्त्री जो कि सरकारका प्रवक्ता पनि हुन्, को निकै चर्चा छ। सम्पति विवरणमा ‘सामसुङको आइफोन’ छ भनेर लेखेका मन्त्री गोकुल बाँस्कोटा प्रविधिमैत्री छन्। प्रधानमन्त्री केपी ओलीले ल्यापटप चलाउन नजान्नेलाई मन्त्री नबनाउने घोषणा गरेका थिए। प्रवक्ता मन्त्री गोकुल बाँस्कोटाज्यु चाहिँ प्याड लिएर बैठकबाट बाहिरिन्छन् अनि सञ्चारकर्मीहरुसामु बैठकका खोल्न मिल्ने जति निर्णय खोल्दै जान्छन्। पहिलो बूँदामा नै उनले भन्छन्, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्ने प्रयोजनका लागि संघीय संसदको दुवै सदनको संयुक्त बैठक संवत् २०७५ असार ३० गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाउन सम्माननीय राष्ट्रपतिज्यु समक्ष सिफारिश गर्ने निर्णय गरियो।’

आज बल्ल जेठ ३१ गते। असार ३० भनेको त एक महिनापछि हो। एक महिनापछि बैठक डाक्ने निर्णय गरिएको हो त? हैन। बिचरा मन्त्रीज्यु फेरि चिप्लिनुभो। असार ३ गतेलाई ३० गते पढिदिनुभयो।


असार ३० गते बोलाए त संसदीय सुनुवाई नै त्यतिन्जेल हुन्न। प्रधान न्यायाधीशको सिफारिस अलपत्रै पो पर्छ।

खासमा संयुक्त बैठक जेठ २८ गतेका लागि बोलाइएको थियो। तर प्रतिनिधिसभाका सदस्यहरुलाई जानकारी नगराइएको भन्दै बैठक स्थगित भयो।

संसदीय मामिलासम्बन्धी रिपोर्टिङ गर्ने साथीहरुका अनुसार अब असार ३ गते संयुक्त बैठक बोलाउने सहमति भएको हो। उनीहरुका अनुसार सभामुख कृष्णबहादुर महराका प्रेस संयोजक डिल्ली मल्लले पनि असार ३ गते संयुक्त बैठक आह्वान हुने बताएका थिए। तर मन्त्रीले असार ३० गते भनिदिए। भनिसके अब कसरी गल्ती सच्याउने हो। कि ३० गते नै ढिला भए पनि बोलाइदिने हो, के गर्ने हो हेर्न बाँकी छ।

भाले कि भालु?

सञ्चारमन्त्रीज्यु त्यतिमा रोकिनु भएन। उहाँले मन्त्रिपरिषद्का निर्णय पढ्ने क्रममा अन्तिममा फेरि एउटा अर्को निर्णय भन्दै यसरी भन्न थाल्नुभो, ‘सदर चिडियाखाना जावालखेलमा रहेको एउटा भाले, जो साइटिस सन्धि अन्तर्गत भारतको रहेछ, त्यो भारत सरकारलाई फर्काउने निर्णय भएको छ।’

हेर्नुस् भिडियो-

उहाँले भाले त भन्नुभो, तर केको भाले चाहिँ भन्नुभएन। कुखुराको भाले कि गैँडाको भाले कि हरिणको भाले कि….

सरकारी समाचार एजेन्सी राससमा भने ‘भाले’ हैन ‘भालु’ लेखेर पो समाचार आयो। हेर्नुस् त-

‘भालु’लाई अलि फरक अर्थमा पनि जनजिब्रोमा बुझ्ने चलन छ। कतै त्यही अप्ठेरो लागेर ‘भाले’ भनिएको हो कि। या भाले भालु पो थियो कि। के हो, बुझ्न मन्त्रीका रफू भर्ने जिम्मा भएकाहरुलाई नै सोध्नुपर्छ। आखिर प्रश्न सोधेको आधारमा राजु थापाको सीधा प्रश्न कार्यक्रम एनटिभीबाट हटाएको हैन भनेर उहाँहरुले नै भनेर हामीले बुझेका हौँ। लौ रफू भर्नेहरु, कृपया बुझाइदिनुस् न यो के भएको !

9 thoughts on “आइफोनमा चिप्लिएका मन्त्रीले फड्किए २७ दिन : ३ र ३० मा फेरि चिप्लिए, भारतलाई ‘भाले’ दिन लागेका कि ‘भालु’?”

  1. राम मगर says:
    June 27, 2018 at 6:09 pm

    धेरै नबोलौ नलेखौ फेरि My Sansar पनि बन्द होला सालोक्री जि।उहाँ त कडा पो हुनुहुन्छ उहाँलाई अफ्ठ्यारो प्रश्न जनता प्रातिको जवाफ्देहिताको बारेमा सोधी हेर्नुस त के हुदो रहेछ।

    Reply
  2. BIBEK DAHAL says:
    June 16, 2018 at 8:10 am

    भए मद्धे योग्य मन्त्रि धन्य हामी नेपाली यस्ता मन्त्रि & कम्पनी ले शासित हामीले ठुलै प्रगति गर्ने भैयो बेस्ट ऑफ लक्

    Reply
  3. सागर says:
    June 15, 2018 at 10:12 pm

    खै अर्को खाले भालु भनेर लुकाउन लागेका थिए कि ?

    Reply
  4. Aanan says:
    June 15, 2018 at 1:20 pm

    भाले, मन्त्री
    त्यो भारत सरकारलाई फर्काउने

    Reply
  5. madan man bajracharya says:
    June 15, 2018 at 12:14 pm

    “…….” हुन् समेत अयोग्यलाई टिका लगायर सचिवहरुलाई समेत निर्देशन दिने पदमा नियुक्त गरे हुने त् यस्तै हो/

    Reply
  6. Rahesh pradhan says:
    June 15, 2018 at 11:18 am

    नेपालको बिडम्बना
    जसको सिंग छैन उसैको नाम तिखे …
    नेपाल सरकारको प्रवक्ता भएर एउटा सही सुचना सम्प्रेसण गर्न नसक्ने
    अनि जसलाई प्रविधी सम्बन्धी कुनै ज्ञान छैन ऊ नै संचारमन्त्री

    Reply
  7. arun says:
    June 15, 2018 at 9:26 am

    मन्त्रि साब अब झोली तुम्बा बोकेर तिर्थ यात्रा निस्कदा राम्रो होला

    Reply
  8. शाहयात्री शाथी प्रकाश says:
    June 15, 2018 at 7:54 am

    मन्त्री ज्यु लाई सम्पती बिबरण पछि दिएको अन्तर्वार्ता ले होस हवास उडेको जस्तो लाग्यो।के सारो अतालिएको????

    Reply
  9. Tej Rai says:
    June 15, 2018 at 12:08 am

    हाहाहा… धन्न मिटिङ 3 गते नै थिएछ, 4 वा 5 गते परेको भए त चालिस गते वा पचास गते बोलाई दिन्थे होलान् बुडाले ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme