Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिहान २ बजेदेखि सकियो एक महिने मलमास, माछा अवतार लिएको ठाउँको मेला पनि सिद्धियो

Posted on June 14, 2018June 14, 2018 by Salokya


तपाईँलाई थाहा छ यो कुन ठाउँ हो? यो काठमाडौँ महानगरपालिकाको कलंकी कटेपछि सुरु हुने चन्द्रागिरी नगरपालिकामा पर्ने मत्स्यनारायण मन्दिरको दृश्य हो। भगवान विष्णुले माछा अवतार लिएको ठाउँ भनिन्छ यसलाई। यहाँ विगत एक महिनादेखि मेला लागेको थियो। ३० जेठदेखि बल्ल सकियो। हरेक मलमास अर्थात् अधिकमासका बेला यहाँ मेला लाग्छ। जेठ १ गते मंगलबार बेलुकी पाँच बजेर ५३ मिनेटदेखि शुरु भएको अधिकमास आज राति दुई बजे समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। योसँगै बुधबारदेखि मलमास पनि सकिएको छ।

अधिकमास परेकाले जेठ महिनाभर नित्य र नैमित्तिक कर्म गरिए पनि कुनै कामना राखेर गर्ने कर्म भने नहुने चलन छ। मलमासमा मरेको मान्छेको दुई वर्षसम्म जुठो बार्नुपर्ने भनिएकोले भेन्टिलेटरमा राखेर केही व्यक्तिलाई बचाइएको भने हल्लासमेत यो बेला सुनियो।

एक चान्द्रमासमा लगभग साढे उनन्तीस दिन र एक चान्द्रवर्षमा ३५४ दिन हुन्छन् भने सौरवर्ष लगभग ३६५ दिनको हुन्छ । यसरी हेर्दा एक वर्षमा सौर र चान्द्र वर्षबीच ११ दिनको अन्तर पर्न आउँछ । दुई वर्षमा यो अन्तर बढेर २२ दिन र तीन वर्षमा ३३ दिन हुन पुग्छ । तसर्थ तेस्रो वर्षमा सौरमासको संख्या १२ भए पनि चान्द्रमासको संख्या १३ हुन्छ । त्यो बढी भएको तेह्रौँ मास नै अधिकमास हो । तीन वर्षमा एक चान्द्रमास बढी भएर अधिकमास पर्दछ।

त्यसैले तीन तीन वर्षमा मलमास हुने गर्छ।

हेरौँ मच्छेनारायण मन्दिरका केही दृश्य

निर्वाचन क्षेत्रको बजेट यहाँ एउटा गेट बनाउन खर्च हुँदै रहेछ १० लाखको।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme