Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सामसुङको आइफोन बोक्ने मन्त्रीको झुट पक्रँदा एनटिभीको कार्यक्रम बन्द

Posted on June 13, 2018June 13, 2018 by Salokya

सामसुङको कम्पनीको आइफोन सम्पति भएको विवरण लेख्‍ने सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको झुट सरकारी मिडियाको अन्तर्वार्तामा पक्रिएर खुइल्याएपछि नेपाल टेलिभिजनको १२ वर्षदेखि चलिरहेको सीधा प्रश्न नामको कार्यक्रम बन्द भएको छ। दुई तिहाई बहुमतको सरकारका मन्त्रीलाई सरकारी मिडियाबाटै खुइल्याउने कहाँसम्मको आँट त ए यसको! अलि अलि पञ्चायत कालको नेपाल टेलिभिजन र रेडियो नेपाल हेरेर पनि सिक्नु नि। केही छैन अब यस्तो कारबाही भएपछि अरुले पक्कै सिक्ने छन्।

खासमा कार्यक्रममा भएको चाहिँ के थियो त? कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिस्ट सरकारका मन्त्रीहरुको दाइजोको प्रसंग उठाउँछन्। मन्त्री बिस्तारै आक्रोशित हुँदै गइरहेका हुन्छन्।

मन्त्री : कम्युनिस्टको हुँदा चाहिँ के हुनुपर्ने तपाईँ बताइदिनु त मलाई।
सञ्चालक : तपाईँहरु त दाइजो विरोधी।
मन्त्री : दाइजो भनेर क-कसले राख्या छ?
सञ्चालक : दाइजो भनेर नभने पनि श्रीमतीको विवाहमा आएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री : श्रीमतीको विवाहमा आएको रे?
सञ्चालक : विवाहमा माइती पक्षले दिएको भनेर त तपाईँले राख्नुभा छ।
मन्त्री : कति राख्या छ?
सञ्चालक : तपाईँले १७ तोला त सुन राख्नुभा छ। ६० तोला चाँदी राख्नुभाछ।
मन्त्री : हो तर श्रीमतीको विवाहमा आएको भनेर मैले राख्या छैन।
सञ्चालक : माइतीबाट…
मन्त्री : छैन। तपाईँ झुट बोल्दै हुनुहुन्छ।
सञ्चालक : म तपाईँलाई देखाइदिउँ?
मन्त्री : मसित झुट बोल्नुपर्दैन। चार पाँच तोला श्रीमतीबाट आए होला। हो? १७ तोला….
सञ्चालक : तपाईँको सम्पति विवरण मसँग छ सर…
मन्त्री : ठीक छ, ल्याउनुस्। दुनियाँलाई देखाउन राखेको हो।
सञ्चालक : तपाईँको सम्पति विवरणमा….
मन्त्री : ठीक छ, राख्नुस्।
सञ्चालक : १७ तोला सुन
मन्त्री : हो।
सञ्चालक : र ६० तोला चाँदी चाहिँ
मन्त्री : हो।
सञ्चालक : विवाहमा दिएको माइतीले भनेर लेख्नुभा छ।
मन्त्री : हो।
सञ्चालक : अघि हैन भन्नुभो।
मन्त्री : हो दिएको हो। तर सबै दिएको हैन।

सम्पति विवरणमा चाहिँ यस्तो लेखिएको रहेछ

14 thoughts on “सामसुङको आइफोन बोक्ने मन्त्रीको झुट पक्रँदा एनटिभीको कार्यक्रम बन्द”

  1. Shubhash Chandra Pathak says:
    June 15, 2018 at 10:41 pm

    He must have to give answer of his source of property and the programming should be started again

    Reply
  2. Karma Sherpa says:
    June 15, 2018 at 8:55 pm

    निरङ्कुश लोकतन्त्रको उपज,जनतालाई झुक्याउने जनबाद र माओत्सेतुंगको बदनाम गर्न माओबादी भएका खाओबादीहरुको सिद्दान्त र चरित्र नाङ्गिएको अवस्था !

    Reply
  3. Yam punने says:
    June 14, 2018 at 2:42 pm

    न बोल्ने शैली भएको, न बस्ने आचरण भएको र सामसुङ्को आइफोन भन्ने पटमुर्खलाई मन्त्री भन्नू पर्ने सतिको सरापले नै त होला ।

    Reply
  4. सौरब श्रेष्ठ (Stone Heart) says:
    June 14, 2018 at 11:12 am

    गणराज्यको जय होस
    लोकतन्त्रको स्वतन्त्रता भनेको यहि हो ।

    Reply
  5. Karki says:
    June 13, 2018 at 11:13 pm

    न बोल्ने सुद्धि छ न क्षमता नै केहि छ..यस्ता हल्लूंहरु मन्त्रि भए पछि सम्ब्रिदीको यात्रा तय भैहाल्यो नि…सम्पति कति छ महत्वपुर्ण होइन सार्बजनिक गर्नु चै महत्वपुर्ण हो रे..जे पायो तेइ लेखेर दिन बनाएको हो र त्यो प्रणाली? यसै बाट पुस्टि भयो नि तिहा गलत लेखिएको छ भनेर..कुनै तर्क छैन जबर्जस्ति गरेर लास्ट मा त कार्यक्रम नै बन्द रे हे हरि..बुद्दि देउ प्रभु यस्ता लाइ अनि हामी लाइ जो यिनी हरु ले सम्ब्रिदी ल्याई दिन्छन भनेर बस्न परेको छ..

    Reply
  6. पारंग तिमाल says:
    June 13, 2018 at 8:25 pm

    अरु कुरो त्यस्तै हो, तु. सिधा कुरा राजु थापाकै संचालनमा पुनर्स्थापन गर्नपर्यो|
    उनले नडगी प्रश्न गरे, वधाई छ| निष्पक्ष रुपमा हेर्दा पनि संचार मन्त्रि र प्रबक्ताको
    चरम लुतेखैरेपन प्रष्ट देखियो|
    यो मुलुकमा प्रतिपक्षको दिवालियापन छैन भने सदनमै बिरोध गर्नपर्ने हो| सत्तापक्षलाई
    केरकार जिकिर गर्नपर्ने हो|
    खोइ त मेडिया यस्ता गतिला प्वाइण्टमा एकजुट भएको?
    यस्तो तालले माछी मार्दैन हौ|
    मुलुकमा लोकतन्त्र छ भन्ने आभास दिनलाई माथिल्लै तहबाट अभ्यास पनि गर्नपर्यो हौ|
    तेस्सै खेर जान दिनु भएन नी हौ रातोलाई भोट दिएको|

    Reply
  7. Boz Baral says:
    June 13, 2018 at 2:30 pm

    मैले श्रोत उल्लेख गरेर शेयर गरेको छु, म भन्छु हामी सबैले शेयर गरेर यी मन्त्री लाइ पदमुक्त गर्न सरकारलाई दवाव दिउँ!

    शेयर गर्न का लागि अरु केहि गर्न पर्ने भए भन्नु होला, यहि मेसेज लाइ शेयर गर्ने अनुरोध मान्नु होला!

    Reply
  8. सनकसेर सम्बाहाम्फे says:
    June 13, 2018 at 1:31 pm

    खिमलाल सरले भर्खर नीति आयोगमा नियुक्ति पाउनु भा हो क्यार । प्रतिरक्षा त गर्नैपर्छ नि सर ।

    Reply
  9. madan man bajracharya says:
    June 13, 2018 at 12:25 pm

    लोकतन्त्रमा सरकार जनताको नोकर हुने मान्यता छ/ जनता सिट भोट माग्ने बेला हात जोड्ने अनि भोट पायर कुर्सिमा बसे पछि जनतालाई तिरस्कार गर्ने फताह बोल्ने बहिस्कार गर्नु पर्ने (कू) पात्रहरु हुन्/ यस्ताको बोझले सहि(!!??) लोकतन्त्रको कुर्सि कामै नलाग्ने गरि भाँच्चिन पनि सक्छ/ तर नाम मात्रै लोकतन्त्र राखेको भय तेस्तैको दादागिरीतन्त्र नै चल्छ/

    Reply
  10. के पराजुली says:
    June 13, 2018 at 10:49 am

    यस्ता कुतत्वहरु देशमा बाँचुन्जेल राजनिती र राजनितिक दलप्रति बितृष्णा रहिरहनेछ।

    Reply
  11. Sushil says:
    June 13, 2018 at 10:11 am

    १ वर्षा पुरा नभई दम्भ देखाउन सुरु भएको अबस्था . आफ्नो खुट्टा मा बन्चरोको पहिलो चोट

    Reply
  12. rishi khanal says:
    June 13, 2018 at 10:02 am

    यो मन्त्रि को निर्णय एकदम सहि हो ! पहिले नै गर्नु पर्थ्यो ! ताइ न तुइ को कार्यक्रम चलाएर पैसा मात्रै खुवाउने तरिका राम्रो हैन ! एउटा स्तर हुन्छ नि ,

    Reply
  13. Kamal says:
    June 13, 2018 at 9:58 am

    Congratulations Nepali for getting such a great Communist Government. I am not saying NC was good but this Communist Government is much more worse than NC government. Poor Nepali people they got frustration with NC and the benefits went to such rubbish party. Lets see a series of drama one by one, than you will feel like another “Panchayat” government. Bal Krishna Dhungel case was just an example of demoralizing justice system.

    Reply
  14. Khim Lal Devkota says:
    June 13, 2018 at 8:41 am

    सम्पत्ति विवरण सार्बजनिक गर्यो कि गरेन महत्वपूर्ण त्यो हो …. सम्पत्ति के छ कति छ त्यो कुरा गौण हो ?
    अन्धेर नगरी काना राजा
    टका शेर भाजी टका शेर खाजा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme