Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्जेन्टिनाको जर्सी लगाएर नेविसंघको आन्दोलन

Posted on June 12, 2018June 12, 2018 by Salokya


पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध कांग्रेसको विद्यार्थी संगठन नेविसंघ यतिखेर आन्दोलनमा छ। आन्दोलनका क्रममा भक्तपुरमा भने रमाइलो दृश्य देखियो। नेविसंघले निकालेको मसाल जुलसमा एक आन्दोलनकारी अग्रपंक्तिमा अर्जेन्टिनाको जर्सी लगाएर उपस्थित थिए। विश्वकप नजिकिँदैछ। जर्सी बिक्री बढेको छ, त्यो त जगजाहेर छ। तर आन्दोलनमा समेत जर्सी लगाएर आएको देख्दा भने अनौठो नै देखियो। प्रदर्शनकारीहरुलाई प्रहरीले लखेटेको पनि थियो। तर धन्न यी अर्जेन्टिनी फ्यान आन्दोलनकारीलाई केही भएन। पछि कोणसभामा भाषण गर्न पाए।

यी अर्जेन्टिनी फ्यानको जनरल नलेज पनि कडै रहेछ। सुशील कोइराला प्रधानमन्त्री हुँदा खेरी नेपालमा संयुक्त राष्ट्र संघको शिखर सम्मेलन भएको थियो भनेर भाषण ठोकेछन्

हेर्नुस् भिडियो

अर्जेन्टिनी फ्यानहरुको तमाशा यतिमा सीमित छैन। चितवनमा केही दिनअघि अर्जेन्टिनी फ्यानहरुले र्‍याली निकाल्न खोज्दा प्रहरीले रोकेको थियो-

नेपालमा गजब गजबका कुरा हुन्छन्। विश्वकपको ज्वरो पनि नेपालमा अरु ठाउँभन्दा बेसी नै चढ‌्छ। पोहोरका केही फोटो हेर्नुस् न-
http://www.mysansar.com/wp-content/uploads/2014/06/WCup.jpg

यता काठमाडौँका सिडिओले भने यस्तो सूचना जारी गरेका छन्-

4 thoughts on “अर्जेन्टिनाको जर्सी लगाएर नेविसंघको आन्दोलन”

  1. sunil says:
    June 12, 2018 at 4:29 pm

    अर्जेन्टिना विद्यार्थी संगठन (अविसं) होला 🙂 🙂 🙂

    Reply
  2. Kiran Rijal says:
    June 12, 2018 at 1:06 pm

    ह हा हा ….नेपाल मा सबै जना धेरै फुर्सदिला छन् अनि एस्तो हर्कत गर्छन /
    त्यो अर्जेन्टिना को जर्सी लगाएर भासन गर्ने चाही निक्कै ठुलो बिद्ध्वान रैछ/ UNO summit नेपाल मा भएको भन्छ/ कति हास्नु /

    Reply
  3. Hari Anamani says:
    June 12, 2018 at 9:05 am

    जर्सी लाउदैमा येहा अचम्म रे?
    के मैले ब्राजिल को जर्सी लगायेर सत्यता को बाटो हिड्न पाउने कि न पाउने??
    के मैले अलि महङो मोबाइल किन्यो भन्दैमा फोन आयो कि घर भित्रको कुना तिर फोन उठाउनु पर्ने??
    चित्त बुझेन समाचार✊✊✊

    Reply
  4. रमन तामांग says:
    June 12, 2018 at 6:22 am

    थुइक्क बेरोजगार.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme