Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समृद्ध नेपाल : टिभीको कार्यक्रमको लोगो फाइभ स्टार होटलमा सार्वजनिक, प्रधानमन्त्री प्रमुख अतिथि

Posted on June 11, 2018June 11, 2018 by Salokya


राजालाई फाल्ने आन्दोलन हुँदा ‘नयाँ नेपाल’ शब्द खुबै चलेको थियो। अब यो शब्द पुरानो भयो। अचेल त समृद्धि शब्द खुबै चलेको छ। ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा त छिमेकी देश भारतका प्रधानमन्त्री मोदीले समेत भट्याइरहन्थे यता आउँदा। नारामात्र लगाएर भएन, काम पनि हुनुपर्‍यो, व्यवहारमा पनि देखिनु पर्‍यो। त्यही भएर अचेल समृद्धिका लक्षणहरु विभिन्न कार्यक्रमहरुमा देखिन थालेको छ। आज सोमबारकै उदाहरण लिउँ। आज एउटा टिभी कार्यक्रमको लोगो सार्वजनिक गर्ने इभेन्ट फाइभ स्टार सोल्टी होटलमा भयो। त्यसमा प्रमुख अतिथि थिए स्वयं प्रधानमन्त्री केपी शर्मा ओली।


कार्यक्रमको नाम रहेछ ‘हेलो प्रधानमन्त्री’।

उफ्। के के न नयाँ कार्यक्रम भनेको त। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नै यस्तो कार्यक्रम चलेको हो। पछि रवि लामिछानेले सीधा कुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम केपी ओली प्रधानमन्त्री हुँदा नै चलाएका थिए। ओलीलाई सत्ताच्युत गरी प्रचण्ड प्रधानमन्त्री भएपछि कार्यक्रम सञ्चालक परिवर्तन भयो। देउवा आउँदासम्म चाहिँ कार्यक्रम नै रद्द भयो।

अब त्यस्तै खाले कार्यक्रम आउन लागेको रहेछ। तर तामझाम चाहिँ गजब। कार्यक्रम हैन, लोगो सार्वजनिकसमेत फाइभ स्टार होटलमा। प्रधानमन्त्री उपस्थित। प्रधानमन्त्रीको भाषण।

कार्यक्रम असारदेखि बल्ल प्रसारण हुने रहेछ। कार्यक्रम चलाउने कम्पनी रहेछ कथा नेपाल। यसका प्रबन्ध निर्देशक मनोज पाण्डेले ‘हेलो प्रधानमन्त्री’ कार्यक्रम विभिन्न टेलिभिजनमार्फत हरेक १५ दिनमा एकपटक जनताको प्रश्नको जवाफसहित आउने जानकारी दिए।

1 thought on “समृद्ध नेपाल : टिभीको कार्यक्रमको लोगो फाइभ स्टार होटलमा सार्वजनिक, प्रधानमन्त्री प्रमुख अतिथि”

  1. Alikhit says:
    June 12, 2018 at 12:34 pm

    फन्ट चांही बिहेको निमन्त्रणा कार्डमा प्रयोग हुने टाइपको राखेछन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme