Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सामसुङको आइफोन बोक्ने हाम्रा सञ्चारमन्त्री

Posted on June 7, 2018 by Salokya

मन्त्रीहरुको सम्पति विवरणमा एउटा रमाइलो भेटिएको छ। सञ्चार राज्यमन्त्रीबाट भर्खरै मन्त्रीमा बढुवा भएका गोकुलप्रसाद बाँस्कोटाले भरेको अन्य सम्पतिको विवरणमा साथीभाइबाट उपहार पाएको भनी आइफोन लेखिएको छ र ब्राकेटमा लेखिएको छ सामसुङ। 

गज्जबै हो। आइफोन एप्पल कम्पनीले मात्र बनाउँछ। कि चाहिँ चाइनिज कम्पनीहरुले बनाउँछन् जसलाई उडाएर चाइफोन पनि भन्ने गरिन्छ।

सञ्चारमन्त्रीले चाहिँ सामसुङको आइफोन लेखिदिएछन्। आइफोन पनि सामसुङको! नपत्याएर भो, सञ्चारमन्त्रीको विवरण।

सञ्चारमन्त्री मात्रै हैनन्, कान्तिपुरमा पनि सामसुङको आइफोन छापिएको इतिहास छ। फाल्गुन २८, २०७१ मा कान्तिपुरमा छापिएको यो समाचार हेर्नुस्

8 thoughts on “सामसुङको आइफोन बोक्ने हाम्रा सञ्चारमन्त्री”

  1. Pingback: सामसुङको आइफोन बोक्ने मन्त्रीको झुट पक्रँदा एनटिभीको कार्यक्रम बन्द « Mysansar
  2. Sushil says:
    June 10, 2018 at 8:01 pm

    रास्ट्रबादीहरुलाई बधाई छ, यति बिधि ज्ञानी मन्त्री पाएकोमा…

    Reply
  3. पाखरिन says:
    June 9, 2018 at 9:04 am

    दुइटा कुरा:
    १. साथीभाई को हुन् आइफोंन दानी? खुलाउन पर्यो? ब्यापारी नै पर्यो कि?
    भोलि स्कोरपियो मारुती र ह्युण्डै होण्डा पनि साथी भाइ बाट पाएको भनेर लेख्न बेर छैन|
    २. संचार मन्त्रिको जिम्मेवारी पाएकाले आइफोंन र साम्सुंग थाहा नहुने? सोधे भैहाल्थ्यो नी, हाताँ आइफोंन साम्सुंग फोन छदैथियो|
    यो अण्डरलाईन नेकपाको पनि ताल त शेरेको पालाको हरुवा छेरुवा बकबक मात्र करुवा संचार मन्त्रीको ताल जस्तै भयो है|
    हन माओवादी, एमाले झाले आदिको समीश्रण कक्टेल पार्टीले वस्तुगत, दृष्टिगत, गुणात्मक र वास्तविक रुपमा के त्यस्तो अन्तर ल्याएको छ| अनुहार मात्र बदलियो, चाला उही, काम गराई उही| गृह मन्त्रीले ठगदार ठेकेदारहरुलाई एक्सन लिन खोज्दा उल्टो मन्त्रीलाई इञ्जिनियरिङ्ग नपढेको भनेर ठगदार ठेकेदारहरुको नेताले भनिदिंदा खोइ अरु चुईक्क बोलेको? गृह मन्त्रीले इनिसियटिभ लिएर सुनकाण्डको आरम्भमै छुट्टै टोली नखटाएको भए अहिले सुनकाण्ड गुपचुपमै बिलाउने थियो|
    यातायात सिन्डिकेट तोडेर इतिहासकै तगडा गृह मन्त्रिको आभास दिए|
    किन दिन वादल बर्षा हुने हो जी मस्यु|

    Reply
  4. sandip says:
    June 8, 2018 at 5:51 pm

    सम्पति सबै साथीभाइबाट उपहार पाएको , laptop एउटा चै कसो किन नपाएको हो ? दिनु पर्यो कोहि साथीभाई हरुले , नभए ठेकेदार ले भएनी हुन्छ

    Reply
  5. nawraj says:
    June 8, 2018 at 5:32 pm

    यिनै मन्त्रि महोदय हैनन, विदेशबाट ल्याउने फोनको कर लिनुपर्छ भन्ने !
    आफ्नो पानि आइफोन ( सामसुङ्ग) साथीबाट उपहार नै त रहेछ नि |

    Reply
  6. Shailendra says:
    June 8, 2018 at 5:29 pm

    उपहार भनेको नि घुस नै हो, प्राय सबै जसो नेताहरुले घुसलाइ उपहार कै रुपमा लिन्छन !

    Reply
  7. Sunil, London says:
    June 8, 2018 at 2:17 pm

    उहाले मोबाइलफोन लाइ नै आइफोन भनिदिनु भो, हुनुपर्ने चै (मोबाइल फोन तर साम्सुंग) को !!! जस्तै पहिला पहिला कुनै पनि लुगा धुने पाउडर लाई Surf नै भन्ने गरिन्थ्यो चाहे त्यो कुनै अरु ब्रान्ड को होस् ! केहि खाने बेला भुइँ मा पत्रिका राख्नु पर्दा , ए गोरखापत्र ल्याऊ भनिन्थ्यो (चाहे त्यो कान्तिपुर वा नया संदेश) होस् !!! अनि कुनै पनि बनस्पति घिउ लाई “डाल्डा” भनेको पनि याद छ !!!

    Reply
  8. Rabin says:
    June 8, 2018 at 1:12 pm

    भन्देखिन नेपाली संचार जगतको भबिष्य उज्ज्वल छ, एनसेलको जस्तो

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme