Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दर्ता भयो एकीकृत पार्टी, अन्डरलाइन छाडेर ब्राकेटमा

Posted on June 6, 2018 by Salokya

एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको पार्टीले पहिलो पटक ब्राकेट छाड्ने जमर्को गरेको थियो। यसअघि एमाले ब्राकेट भित्र नै थियो- नेकपा (एमाले)। माओवादी पनि ब्राकेटभित्र नै थियो। नेकपा (माओवादी)। पछि नेकपा (माओवादी केन्द्र) बन्यो। दुई दल मिलेर नेपाल कम्युनिस्ट पार्टी नाम राख्न खोजेका थिए। तर यो नामको पार्टी पहिले नै दर्ता थियो निर्वाचन आयोगमा। त्यसैले सुरुमा अन्डरलाइन गरेर पार्टी दर्ताको निवेदन दिइयो- नेपाल कम्युनिस्ट पार्टी।  तर त्यसले काम गरेन।

त्यसपछि बाध्य भएर पुनः ब्राकेट कै शरण लिन उनीहरु बाध्य भएका छन्। नयाँ नाम बनेको छ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)।

त्यसो त नेपाली नाम राखेको भए पनि हुने थियो। तर ब्राकेटबाट आएका भएर ब्राकेट नै रुचाए। र, निर्वाचन आयोगले आज यो नामको पार्टी दर्ता भएको औपचारिक घोषणा पनि गरेको छ। योसँगै नयाँ पार्टीले वैधानिकता पाएको छ।

2 thoughts on “दर्ता भयो एकीकृत पार्टी, अन्डरलाइन छाडेर ब्राकेटमा”

  1. Ratna Thapa says:
    June 7, 2018 at 10:28 pm

    नेपाली कम्युनिस्ट पार्टी नाम राखेको भए लंठई खत्तम हुन्थ्यो | नेपाली कांग्रेस, भारतीय जनता पार्टी नामहरु नेपाल र भारतमा चलेकै छन |

    Reply
  2. Yam pun says:
    June 7, 2018 at 11:34 am

    ब्राकेटमा नै आउनु पर्ने बाध्यता भएको भए नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) भन्दा त नेपाल कम्युनिस्ट पार्टी ( नकपा ) राखेको भए ब्राकेट बाहिरकोले नेपाल कम्युनिस्ट पार्टी भनेर कम्युनिस्टको नाम दिए पनि ब्राकेट भित्रको नकपाले नक्कली कम्युनिस्ट पार्टी भनेर नक्कली कम्युनिस्टको काम दिन्थ्यो होला नि । तेत्रा तेत्रा घगडान पन्डितहरुको पार्टीमा पनि ज्योतिषीको अभाव रैछ कि क्या हो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme