Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाल टेलिकमको सिम हराउँदा के गर्ने?

Posted on June 6, 2018 by Salokya


मोबाइलभित्र हुने सिम कसरी हराउँछ? कि मोबाइल नै हराउनु पर्‍यो। सोझो हिसाबमा यस्तै सोचिन्छ। तर सधैँ यस्तो नहुने रहेछ। विदेश जाँदा त्यहाँको सिम राख्‍नका लागि यताको सिम निकालेर पर्समा सुरक्षित राखेँ भन्ठानेको त यता आएर खोज्दा छैन त। त्यो फुच्चे सिम कता हरायो कता।

अब के गर्ने?

नेपाल टेलिकमको सिम सजिलै फेरिन्छ भन्ने सुनेको थिएँ। तर यसो प्रक्रिया हेर्दा झण्झटिलो थियो।

टेलिकमको साइटमा उपलब्ध प्रिपेड सिम रिप्लेसमेन्टको फाराममा लेखिए अनुसार सिम नम्बर, PUK नम्बर, सेक्युरिटी नम्बर उल्लेख भएको पत्र चाहिने रे।

अब त्यो उल्लेख भएको वेलकम लेटर त कता पर्‍यो कता।

गइ हेरौँ न त के हुने रहेछ भनेर टेलिकमको कार्यालय पुगेँ। अचेल सिम नयाँ लिने, साट्ने काम सुन्धाराको कार्यालयमा हुने रहेछ।

त्यहाँ उपलब्ध फाराम भरेँ। एउटा काउन्टरमा गएँ।

काउन्टरमा रहेका व्यक्तिले मोबाइल नम्बर हेरेपछि यो मेरो नाममा दर्ता भएको मोबाइल हैन पो भन्यो। हो त, श्रीमतीको नाममा दर्ता भएको रहेछ। बिर्सेछु। मैले चलाउँदै आएको हो भनेर भनेपछि मेरो नागरिकताको फोटोकपि प्रमाण राखेपछि तुरुन्तै मलाई नयाँ सिम दिइयो। त्यसका लागि लाग्यो ५० रुपैयाँ।

नयाँ सिम मोबाइलमा राखेँ। तुरुन्तै चल्यो, पुरानोमा रहेको ब्यालेन्ससहित।

सिम नयाँ लिने यो प्रक्रियाका लागि ५ मिनेट पनि लागेन।

नयाँ सिम लिन यति सजिलो हुने रहेछ भन्ने कुरा थाहा थिएन। पुरानो सिम हराएर साट्न झण्झट मानेर बसेकाहरुका लागि सजिलो होस् भनेर यो अनुभव बाँडेको हुँ।

सम्बन्धित फाइल
प्रिपेड सिम एक्सचेन्ज फाराम
पोस्टपेड सिम एक्सचेन्ज फाराम

4 thoughts on “नेपाल टेलिकमको सिम हराउँदा के गर्ने?”

  1. Bikesh K says:
    June 7, 2018 at 11:18 am

    तेसो भए त अरु जो पायो तेहीको नाममा भएको सिम पनि “मैले चलाउँदै आएको हो” भनेर लिन मिल्ने रहेछ।

    Reply
  2. Laxman says:
    June 6, 2018 at 12:57 pm

    Totally agree. Tara yo tarika ta 10-12 barsa pahela dheki nai theyo ta. Maile aafaile chabge gareko theye telecom ko sim.

    Reply
  3. Yam pun says:
    June 6, 2018 at 11:48 am

    दुहुनो गाई गोठैमा लगेर बिहान बेलुकी आएर दूध पनि दुहुइदिउला भने पछि कुन चाहिँ मुर्खले त्यो गाईलाई दाम्लोले नबाध्ला र ? अरु ठाउँमा भएको भए यो पुगेन र त्यो पुगेन भन्दै जातो घुमाए झै फनफनी घुमाउथे होला । टेकिकमले दुहुनो गाई सम्झेर पाचै मिनेटमा नयाँ सिम फ्याट्टै दिए छन् ।

    Reply
  4. Arjun says:
    June 6, 2018 at 10:47 am

    मलाई पनि सजिलै लाग्यो। म पनि तीन बर्ष बाहिर बसेर फर्कँदा न मेरो SIM कार्ड थियो न वेलकम कार्ड। नम्बर चाही थाहा थियो। अनि NTC को चाबहिल शाखा गएर SIM कार्ड हराएको फर्म भरी नागरिकताको प्रतिलिपि र रु 50 तिरी आफ्नै नम्बर सजिलै लिएँ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme