Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

५४ झ्याले दरबारको कथा

Posted on June 5, 2018June 6, 2018 by Salokya


५५ झ्याले दरबारको बारेमा त तपाईँ हामी सबैलाई थाहै छ। भक्तपुर दरबार क्षेत्रमा पर्ने यो दरबार भूपतिन्द्र मल्लले बनाउन लगाएका हुन् भनिन्छ। केही दिनअघि पाल्पा घुम्न जाँदा स्थानीयले एउटा अर्को ५५ झ्याले दरबार देखाए। ठ्याक्कै ५५ त हैन, ५५ भन्दा एक कम अर्थात् ५४ झ्याले दरबार।

रिडी क्षेत्रबाट तानसेन फर्कँदै गर्दा बाटोमा गुरुजीले देखाए- ल हेर्नुस्, केशरजंग रायमाझीले ५५ झ्याल बनाउन नपाएर बनाएको ५४ झ्याले दरबार।

हामीले टाढैबाट जुम गरी हेर्‍यौँ। घर त ठूलो थियो, तर एकापट्टीबाट मात्र हेर्दा पनि ५५ वटा झ्याल हुने जस्तो देखिएन। ढोकालाई पनि झ्याल भनेको भए बेग्लै कुरा।

रायमाझीको जन्म पाल्पामा भएको थियो। उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका पूर्व महासचिव हुन्। उनी राजपरिषद् स्थायी समितिका सभापति भएकै बेला दरबार हत्याकान्ड भएको थियो।

भक्तपुरमा ५५ झ्याले दरबार भएको कारण अरु कसैलाई ५५ झ्याल भएको घर बनाउन दिइँदैन थियो भन्ने कुरा किंवदन्ति जस्तो गरी सुनिन्छ। ५५ झ्याल बनाएकै कारण राजपरिषद् स्थायी समितिकै अर्का सभापति परशुनारायण चौधरीका बुबा जोखनप्रसाद चौधरीले पनि मुद्दा खेप्नु परेको थियो। चौधरीले दाङको देउखुरीमा ५५ झ्याले दरबार बनाएका थिए। विक्रम संवत् १९४७ मा बनाउन सुरु गरेर ९ वर्षपछि यो तयार भएको थियो।

3 thoughts on “५४ झ्याले दरबारको कथा”

  1. Sanjib says:
    June 6, 2018 at 10:29 am

    उमेश जी,
    परशु नारायण चौधरी हुनुपर्ने.
    धन्यवाद,
    सन्जिब

    Reply
  2. subash says:
    June 5, 2018 at 9:16 pm

    खोल्न नमिल्ने झ्याल पनि होला नि कतै लुकाएर राखेको

    Reply
  3. kamal says:
    June 5, 2018 at 11:51 am

    यो घर पाल्पा भैरबस्थान मन्दिर नजिकैको घर हो भाइ निरज गौतमको घर हो यो । भाइ निरज गौतमसंगै गुल्मी, अर्घाखाँची घुम्दा कति चोटी बास बसेको घर हो यो । केशरजंग रायमाझीले ५५ झ्याल बनाउन नपाएर बनाएको ५४ झ्याले दरबार। मैले येही घरमा बस्दा खोजि गरेको हु खै त ५४ झ्याल भनेर ….. गनेरै बसे तर १९ ओटा झ्याल भन्दा धेरै पुगेनन
    । अहिले ५४ झ्याल छैनन उति बेला यो घर ठुलो थियो रे पछि भत्किए पछि सानो बनाएकोले झ्यालको संख्या नि घटको रे येही घरको हजुर आमाले बताउनु भएको ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme