-राजु आचार्य –
गुरुङ गाउँहरु पाहुना सत्कारमा उत्कृष्ट हुन्छन्। ताङतिङ नहुने कुरै भएन। यो कास्की जिल्लाको मादी गाउँपालिकामा पर्दछ। मोटर नचले पनि पोखराबाट ६-८ घन्टामा हिंडेर नै पुगिन्छ। तर गाडीहरु नियमित चलिरहन्छन्। बिहान ८ बजे र बेलुकी ४ बजे नियमित बसहरु नै चल्छन्। १७० रुपैया प्रति व्यक्ति तिरे गाउँ पुगिन्छ। करिब ५००० तिरेर रिजर्भ गरे कुनै पनि बेला जिपहरू गाउँसम्म पुग्छन्।
लमजुङ हिमालको काखैमा अवस्थित यो गाउँ संस्कृतिका हिसाबले पनि धनी छ। साँझ परेपछि घाटु र सोरठी हेर्न र सुन्न पाइन्छ। गाउँको छेवैमा रतुवा र घोरलको आवाजले मन्त्रमुग्ध बनाउँछ। वरिपरिको हरियो वनले प्रकृतिप्रेमीहरुलाई गाउँ छोड्न मन लाग्दैन। यो गाउँको वरिपरी १० वटा ठाउँहरुबाट भिर मौरीको मह निकाल्ने चलन यथावत छ।
ढुंगाले छापेका बाटाहरु, ढुंगाले छाएका छानाहरू, गुचुमुच्च परेको बस्ती, बस्तिमाथिको वन, वनमा रहेका झरनाहरु सबैले गाउँलाई बिर्सन्न दिन्न। कोदोको स्थानीय रक्सी र सुकुटीको कुरा गरी साध्य छैन। पाहुनालाई कुनै पनि बेला स्वागत गर्न तयार यो गाउँमा होमस्टे र होटेलहरु उपलब्ध छन्। होमस्टेमा सादा खानाको रू १५० प्रति छाक र सुतेको प्रतिव्यक्ति रू १०० लाग्छ। होटलहरु होमस्टेको तुलनामा केही महँगा छन्।
१५ तस्विरमा हेर्नुस ताँङतिङ गाउँ, बासिन्दा र वरपरको क्षेत्र
हाम्रो देशको गाउँ कुन चाहिँ नराम्रो छ र ? प्रकृतिले बेहुलिलाई झै सिगारिदिएकोछ । ताङ्तिङ गाउँ पनि असाध्यै सुन्दर रहेछ । तस्विर हेरेर मात्रै चित्त बुझाउदा ताङ्तिङ प्रती अन्याय होला । ताङ्तिङ तिमिलाई भेट्न म एक दिन अवश्य आउनेछु ।