Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सगरमाथामा क्रिप्टोकरेन्सी : धेरैले उडाएको समाचारको सत्य के हो?

Posted on June 2, 2018June 2, 2018 by Salokya


आज सामाजिक सञ्जालमा सगरमाथामा अवैध क्रिप्टोकरेन्सी पुर्‍याइएको एउटा समाचारलाई लिएर निकै उडाइएको छ। अन्नपूर्ण पोस्टमा छापिएको यो समाचारको कोट पनि रमाइलो छ। पर्यटन विभागका प्रवक्ता रामप्रसाद सापकोटाले अवैध वस्तु सानो भएकाले नदेखिएको जिकिर गरेका छन् समाचारमा। ‘अवैध वस्तुको आकार सानो भएकाले नदेखिएको हो’, सापकोटाले अन्नपूर्णसँग भने, ‘विमानस्थलमासमेत कडाइ नहुँदा अवैध सामाग्री भित्रिएको हुन सक्छ।’ खासमा क्रिप्टोकरेन्सी भनेको भर्चुअल (Virtual) मुद्रा हो। यसको प्रयोग एक आपसमा कम्प्युटरको माध्यमबाट मुद्रा लेनदेनको लागि हुन्छ। क्रिप्टोकरेन्सीहरु भर्चुअल भएको हुनाले तपाईले भौतिक रुपमा केही पाउनु हुँदैन। उत्खनन् प्रकियाबाट प्राप्त केही अंक र अक्षरहरले बनेको शब्द नै क्रिप्टोकरेन्सी हो। भौतिक मुद्रा झैँ यो शब्द जससँग हुन्छ उसैको। अनि यस्तो भर्चुअल मुद्रा कसरी चाहिँ सगरमाथामा लग्न सकिन्छ भन्ने ठानेर धेरैले समाचारलाई उडाएका छन्। तर सगरमाथाका क्रिप्टोकरेन्सी स्टन्ट भएको सत्य हो।

युक्रेनी सोसल नेटवर्क आस्कएफएमले यो पब्लिसिटी स्टन्ट गरेको थियो। उसको प्रायोजनमा एउटा समूहले सगरमाथा चढेको थियो। उनीहरुसित चाँडै नै लञ्च हुन लागेको क्रिप्टोकरेन्सीको ५० हजार डलर बराबरको डिजिटल टोकन भएको हार्ड ड्राइभ थियो। उनीहरुले त्यसलाई सगरमाथाको चुचुरोमा छाडेर आएका छन्। उनीहरुले यसबारे युट्युब भिडियो पनि बनाएका छन्। भिडियोमा देखाइएको छ-

सगरमाथा आरोहीले आफूसित दुई वटा लेजर वालेट भएको बताउँदैछन्।

यसमा १० लाख आस्कटी क्वाइन भएको उनी बताउँछन्।

एउटा हार्ड ड्राइभलाई उनी सगरमाथाको चुचुरोमा राख्छन्।

र जो कसैलाई आएर लैजान चुनौति दिन्छन्।

एउटा हार्ड ड्राइभ भने उनी आफैले लैजान्छन्। त्यो सगरमाथाको चुचुरोमा भएको हार्ड ड्राइभ लिएर आयो भने ५ लाख आस्कटी क्वाइन उसैले पाउने प्रतियोगिता।

भिडियो हेर्नुस्-

तर कुरो कहाँनिर बिग्रियो भने वैशाख ३१ गते युक्रेनी आरोहण टोलीसहित सगरमाथा आरोहण गरी शिखरबाट फर्कने क्रममा बेपत्ता भए पर्वतारोहण गाइड लामबाबु शेर्पा। उनको यी युक्रेनी आरोहीहरुले नै हत्या गरेको आरोप परिवारले लगाए पछि यो घटना चर्चामा आयो। लामबाबुले लुकाएको ठाउँ थाहा पाएकाले उनको हत्या भएको आशंका मृतकका भतिजा सेर्कुले गरेका छन्।

घटना फैलिएपछि आस्कएफएमका सिइओले समेत अन्तर्वार्ता दिएका छन्। फाइनान्स म्याग्नेट्ससितको अन्तर्वार्तामा सिइओ मेक्सिम सेरिकले भनेका छन् हामी त्यहाँ थिएनौँ। हामीले त स्पोन्सर मात्र गरेका हौँ। तर हामी अनुसन्धानमा सघाउँछौँ। उनले हार्ड ड्राइभ खोज्न चुनौति दिने युट्युब भिडियोको प्रचार पनि अब नगर्ने बताएका छन्।

क्रिप्टोकरेन्सी स्टन्ट सत्य भए पनि सामाजिक सञ्जालमा भने समाचारको खिल्ली उडाउने क्रम जारी छ।

यो पनि पढ्न सक्नुहुन्छ थप जानकारीका लागि
राष्ट्र बैँकले प्रतिबन्ध लगाएको बिटकोइन र अन्य क्रिप्टोकरेन्सीबारे जान्नै पर्ने तथ्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme