Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एकै दिन उपेन्द्र यादव मन्त्रीमा घटुवा अनि फेरि उपप्रममा बढुवा

Posted on June 1, 2018 by Salokya


उपेन्द्र यादव अहिले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष हुन्। उनी पूर्व उपप्रधानमन्त्री हुन्। झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री भएका थिए। उपप्रधानमन्त्री भइसकेका यादव आज मन्त्रीमा घटुवा भएका थिए। राष्ट्रपति कार्यालयले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्तिमा उनको पद मन्त्री र कार्यविभाजनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मात्र लेखिएको थियो। तर यो व्यहोराको शपथ लिनुअघि नै उनी फेरि उपप्रधानमन्त्रीमा बढुवा भइहाले। घटुवा र बढुवाको अवधि केही घण्टामा सीमित रह्यो।

यो हेर्नुस् शुक्रबार दिउँसो आएको वक्तव्य-

राष्ट्रपति कार्यालयले हतारमा विज्ञप्ति त जारी गर्‍यो, तर उता लफडा सकिएको रहेनछ। शुक्रबार साँझ पाँच बजेका लागि शपथ ग्रहणको कार्यक्रम राखिएको थियो। तर सात बजे बल्ल शपथ भयो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष यादवबीच उपप्रधानमन्त्रीको विषयमा छलफल भएको थियो। ओली आफ्नो क्याबिनेटमा उपप्रम राख्ने पक्षमा थिएनन्। तर यादव पनि हैसियत घटाएर मन्त्री बन्ने पक्षमा थिएनन्। त्यसो त सरकारमा नेकपाको झण्डै दुई तिहाई बहुमत थियो नै। तर फोरमलाई सरकारमा ल्याउन पाए स्पष्ट दुई तिहाईभन्दा बढी मत जुट्ने भएकोले उपप्रम दिएरै भए पनि यादवलाई क्याबिनेटमा भित्र्याउन सहमत भए ओली।

त्यसपछि उपप्रधानमन्त्रीको हैसियतमा शपथ गराइयो यादवलाई। तर ओलीले आफ्ना एक मन्त्रीलाई पनि उपप्रधानमन्त्री बनाएर दोस्रो वरियता उनलाई नै दिए। रक्षामन्त्री ईश्वर पोखरेल र उपेन्द्र यादव दुई जना उपप्रम अब क्याबिनेटमा हुने भए।

त्यसैगरी फोरमबाट मोहम्मद इस्तियाक राई पनि सहरी विकास मन्त्री भए भने गोकुलप्रसाद बाँस्कोटालाई राज्यमन्त्रीबाट फूल मन्त्रीमा बढुवा गरियो।

अब मन्त्रिपरिषद्को संख्या कूल २४ जनाको भयो। संविधान अनुसार अझै एक जना मन्त्री थप्न मिल्छ।

यस्तो आयो राष्ट्रपति कार्यालयको विज्ञप्ति पछि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme