Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकाबाट ल्याइएको टेलिप्रम्पटरबाट प्रधानमन्त्री ओलीको भाषण

Posted on May 31, 2018May 31, 2018 by Salokya


राजधानीमा बुधबार भएको मार्क्सवाद सम्बन्धी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म नेपाली नेताहरुले नगरेको एउटा फरक प्रयोग गरे। माथिको फोटो हेर्नुस्, प्रधानमन्त्री ओलीको आँखा मुनितिर छ। खासमा उनले दायाँ छेउमा भएको शिशा जस्तो स्क्रिनमा हेरेका हुन्। हामीले त्यहाँ केही नदेखे पनि खासमा त्यहाँ अक्षरहरु हुन्छन्, त्यही हेरेर उनले भाषण गरेका हुन्। 

नेपाली नेताहरुले प्रयोग नगरे पनि विदेशी नेताहरुले प्रशस्तै प्रयोग गर्ने गर्छन् यो प्रविधि। भर्खरै नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत यसरी नै भाषण गरेका थिए।

अमेरिकी राष्ट्रपतिहरु पनि टेलिप्रम्पटर प्रयोग गर्छन्। यसका फाइदा एक ठाउँमा छन् तर मेसिन हो, बेला न कुबेला बिग्रिदियो भने हैरानै पार्छ। हेर्नुस् त ट्रम्पको प्रम्पटर बिग्रँदा के भयो?

ओबामाको प्रम्पटर बिग्रँदा

तर पहिलो पटक भएकोले टेलिप्रम्पटरबाट पढेर भाषण गर्दा प्रम ओली र आँखाको तालमेल मिलेन। खासमा क्यामेरामा हेरेर बोले झैँ हुनुपर्थ्यो। तर मुन्तिर हेरेर बोले झैँ देखियो।

प्रधानमन्त्री ओलीका लागि यो प्रम्पटर अमेरिकाबाट पार्टीका कार्यकर्ताले पठाइदिएका रहेछन्। यसको प्रयोग वैशाख १ गते रारामा देशबासीका नाममा गरिने सम्बोधनमा हुन लागेको थियो। तर त्यहाँ यो प्रयोग गर्ने अवसर जुरेन। दोस्रो प्रयास मोदीको नेपाल भ्रमणका क्रममा हुने भनिएको थियो। तर त्यहाँ पनि कन्फिडेन्ट भएनन् उनका सहयोगीहरु, राम्रोसँग हुनेमा।

त्यसपछि अहिले आएर बल्ल यसको प्रयोग गरिएको हो। प्रधानमन्त्रीले सहजै प्रम्पटरका अक्षरहरु पढे पनि यसको हाइट अलि मुनि राखिएका कारण क्यामेरामा हेर्दा मिलेन। शायद् अब अरु कार्यक्रमहरुमा यसको उपयोग राम्रोसँग होला।

नेपाली भाषणहरुमा त प्रधानमन्त्रीलाई यसको जरुरत पर्दैन होला। किनभने उनी धाराप्रवाह भाषण गर्न खप्पिस छन्। उखानटुक्का मिसाएर ठट्यौली शैलिमा भाषण गर्ने मौलिक पहिचान प्रम्पटरका कारण गुम्यो भने त झन् नरमाइलो मात्रै हुनेछ श्रोताहरुलाई, कि कसो?

कस्तो हुन्छ, कति पर्छ?

1 thought on “अमेरिकाबाट ल्याइएको टेलिप्रम्पटरबाट प्रधानमन्त्री ओलीको भाषण”

  1. shovakhar says:
    May 31, 2018 at 9:09 pm

    यस्तै कुरा थाहा पाउनका लागि mysansar खोलिन्छ । धन्यवाद उमेश जि उर्फ सालोक्य 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme