विराटनगरको महानगरपालिका यात्रा कम्ता संघर्षपूर्ण छैन। सरकारले ७ सय ४४ स्थानीय तह बनाउँदा ४ महानगरपालिकामात्रै बनाएको थियो – काठमाडौँ, ललितपुर, पोखरा लेखनाथ र भरतपुर। स्थानीय तहको सङ्ख्या थप्ने र विराटनगर र वीरगञ्जलाई महानगरपालिका बनाउने घोषणाविरुद्ध सर्वोच्चमा रिट परेपछि दुवै महानगरपालिका पुनः उपमहानगरपालिकामा झरेको थियो। पछि फेरि २०७४ जेठ १७ गते मन्त्रिपरिषद्को निर्णयबाट विराटनगर महानगरपालिका बन्न पुग्यो। त्यसै अनुसार स्थानीय तहको चुनाव पनि भयो। तर अहिले अर्थ मन्त्रीले पेश गरेको बजेटमा विराटनगरलाई महानगरपालिका हैन, उपमहानगरपालिका बनाइएको छ। बजेटको अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) को डकुमेन्टमा स्थानीय तह शीर्षक अन्तर्गत मोरङको उपमहानगरपालिकामा विराटनगरलाई उपमहानगरपालिका बनाइएको छ।
विराटनगरसँगै महानगरपालिका बनाइएको प्रदेश २ को पर्सामा रहेको वीरगञ्जलाई भने महानगरपालिका नै उल्लेख गरिएको छ।
बजेट जस्तो डकुमेन्टमा एउटा स्थानीय तह महानगरपालिका हो कि उपमहानगरपालिका नै थाहा नपाई यो के जात्रा गरेको भनेर संसदमा प्रश्न उठाउन विपक्षीलाई अर्थमन्त्रीले राम्रै ठाउँ दिनुभएछ।
सहि कुरामा गल्ती देखाउनु राम्रो हो |
Ho yestai galti khojna ma afno samayea barbad garnu
गल्ती देखाएर सहयोग गरेको हो। जिम्मेवार हुनु पर्छ भनेको हो। तपाईँ त आफैलाई भने जस्तै गर्नुभो नि के हो कुरो 🙂
New Charts of Account,2074(GFS 2014) not implemented by Mof.
Why?
visit follwing links:
http://mof.gov.np/uploads/document/file/GoN%20Charts%20of%20Account%202074_20171105084321.pdf
http://fcgo.gov.np/uploads/tabnoticelist/2017-11-15/%E0%A4%8F%E0%A4%95%E0%A5%80%E0%A4%95%E0%A5%83%E0%A4%A4_%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%95_%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%87%E0%A4%A4_%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A5%80%E0%A4%95%E0%A4%B0%E0%A4%A3_%E0%A4%B0_%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%96%E0%A5%8D%E0%A4%AF%E0%A4%BE,_%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AA.pdf