Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१३ खर्ब १५ अर्बको बजेटमा के छ नयाँ? के महँगिने भो अनि के सस्तो हुने भो?

Posted on May 29, 2018May 29, 2018 by Salokya

नयाँ संविधान अनुसार पहिलो संघीय बजेट आज संसदमा प्रस्तुत भएको छ। यसपालि निकै गोप्य राखेर मिडियामा लिक हुन नदिएका अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेश गरेका हुन्। के के नयाँ भो त यसपालि?

  • ब्रिफकेस नै परिवर्तन : यसअघि कालो ब्रिफकेसमा बजेट अर्थमन्त्रीले बोक्ने गर्थे। तर यस पटक अर्थमन्त्रीले छालाको ब्यागमा बजेट बोकेर परम्परा तोडे।

  • शैक्षिक प्रमाणपत्र धितोमा राखी ५ प्रतिशत ब्याज अनुदानमा रु ७ लाखसम्म ऋण दिइने। नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न सुरुवाती पूँजी उपलब्ध गराउन च्यालेञ्ज फन्डको व्यवस्था।
  • सबै सार्वजनिक स्थल र सवारी साधनहरुमा धूम्रपान र मदिरा सेवन निषेध गरिने।
  • दुई वर्षभित्र साक्षर नेपाल घोषणा गरिने।
  • ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकको १ लाख रुपैयाँसम्म बीमाङ्क रकमको स्वास्थ्य बीमा शुल्क सरकारले व्यहोर्ने। वृद्धवृद्धालाई सन्तानल अनिवार्य हेरचाह गर्नुपर्ने कानुनी व्यवस्था गरिने।
  • खाद्य संस्थानलाई राष्ट्रिय आपूर्ति कम्पनी बनाई नेसनल ट्रेडिङ लिमिटेडको सम्पति र दायित्व यसैमा गाभिने।
  • आगामी दुई वर्षमा २० लाख पर्यटन भित्र्याउने गरी भिजट नेपाल २०२० अभियान सञ्चालन गरिने।
  • विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा स्तरोन्नती गरी छिमेकी मुलुकहरुसम्म उडान सुरु गरिने।
  • काभ्रेपलान्चोकमा वैकल्पिक आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाइने।
  • लिच्छवीकालीन कैलाशकुट भवनको अध्ययन तथा उत्खनन् गर्न बजेटको व्यवस्था।
  • रेल दुई वर्षमा आउने प्रधानमन्त्रीले संसदमा घोषणा गरिसक्नुभो। रानीपोखरी, धरहरा र काष्ठमण्डप लगायतका सम्पदाहरुको पुननिर्माण गर्न भने तीन वर्ष लाग्ने बजेटमा घोषणा गरिएको छ।
  • सहरी क्षेत्र, राजमार्ग आसपास र सार्वजनिक स्थानहरुमा सुविधासम्पन्न स्मार्ट शौचालयहरु निर्माण गर्न बजेट विनियोजन।
  • गरिबीको रेखामुनि रहेका घरपरिवारहरुले सुरक्षित आवासको निर्माण आफैले गर्न चाहे प्रति परिवार ५० हजार अनुदान दिने।
  • पृथ्वी राजमार्गको नौबिसेदेखि नागढुंगा खण्डमा सुरुङ मार्ग निर्माण कार्य आरम्भ गरिने। टोखा-खहरे-गुर्जुभञ्जयाङ, बुटवल पाल्पा सडकको सिद्धबाबा खण्ड, कोटेश्वर जडिबुटी खण्ड, खुर्कोट चियाबारी, बिपिनगर-खुटिया-दिपायल खण्ड र थानकोट-चित्लाङ खण्डमा सर्वेक्षण गरी सुरुङ मार्ग निर्माण प्रारम्भ गरिने।
  • देशका विभिन्न भाग रेलमार्गहरुको डिपिआर तयार गर्ने, काठमाडौँ उपत्यकामा केवलकार, मेट्रो रेल र मोनोरेलको सम्भाव्यता अध्ययन र डिपिआर गरिने।
  • पानीजहाजबारे केही छैन तर कोशी गण्डकी र कर्णालीमा जलमार्ष यातायात सञ्चालनको लागि सम्भाव्यता अध्ययन कार्य सम्पन्न गरिने।
  • एक वर्षभित्र सबै नेपालीको बैँक खाता खोल्ने अभियान चलाइने।
  • एक अर्ब वा सोभन्दा बढी पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीहरुलाई पब्लिक लिमिटेड कम्पनी बनाई पूँजी बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था गरिने।
  • हुलाक बचत बैँक खारेज।
  • सरकारी कर्मचारीको महंगी भत्ता बढाएर प्रति महिना २ हजार पुर्‍याइयो। पोशाक सुविधामा वृद्धि गरी १० हजार पुर्‍याइयो।

केको भाउ बढ्ने? केको घट्ने?

  • मोबाइल सेट महँगो हुने। मोबाइल सेट पैठारीकर्ताले भ्याटमा दर्ता भएको व्यक्तिलाई बिक्री गरेवापत पैठारीमा तिरेको भ्याट फिर्ता हुने व्यवस्था खारेज भएको छ। यसले १ लाख पर्ने मोबाइलको मूल्यमा ५ हजारसम्म महँगो हुनसक्छ।
  • शिक्षा र स्वास्थ्य सस्तिने। शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर खारेज।स्वास्थ्यमा निजी अस्पतालको स्वास्थ्य सेवामा लाग्ने भ्याट खारेज।
  • मदिरा महँगिने।
  • चुरोट महँगिने। चुरोटमा अन्तशुल्कमात्र हैन प्रतिखिल्ली २५ पैसाको दरले स्वास्थ्य जोखिम कर पनि लाग्ने।
  • सूर्तिजन्य पदार्थ महँगिने।
  • कोकामिश्रित चकलेट महँगिने।
  • पर्फ्युम महँगिने।
  • खेलौना महँगिने।
  • फ्रिज महँगिने।
  • एक हजार सीसीभन्दा माथिका कार महँगिने
  • १५० सिसीभन्दा माथिका मोटरसाइकल महँगिने।
  • विदेशबाट फर्केका नेपाली यात्रुले काँचो सुन ल्याउन नपाउने गरी लागेको प्रतिबन्ध हटाउँदै सय ग्रामसम्म सुन महसूल तिरेर ल्याउन पाउने।
  • घरजग्गाको कारोबारको पूँजिगत लाभर नलाग्ने सीमा ३० लाखबाट घटाएर १० लाख बनाइएकोले महँगिने।

10 thoughts on “१३ खर्ब १५ अर्बको बजेटमा के छ नयाँ? के महँगिने भो अनि के सस्तो हुने भो?”

  1. Narendra says:
    May 31, 2018 at 2:33 pm

    कुरा बाझियो भने कुन चाही सहि हो भनेर प्रश्न गर्नु त मानविय स्वभाव हो नि सालोक्य जी| पत्यार नलागेर मात्रै प्रश्न गरिदैन नि, पुष्टि गर्नको लागि पनि प्रतिप्रश्न गरिन्छ नि| हैन र? यदि यहा लेखेको कुराको नपत्याउने भए कमेन्ट गर्नुको त के कुरा ब्लग browse गरिदैन नि|

    Reply
  2. Narendra says:
    May 30, 2018 at 8:16 pm

    बजेटै सुन्नुपर्ने भए हजुरको ब्लग मा किन पढ़नुपर्थ्यो र? अनि संतोशजिले सरल भासमा प्रश्न गर्दा टाउकै दुखेगरि जवाफ फर्काउनु भएन नि

    Reply
    1. Salokya says:
      May 30, 2018 at 9:40 pm

      त्यो त यस्तो हो हेर्नुस्, कि माइसंसारमा लेखेको पत्याउनु पर्‍यो, पत्यार नलागे स्रोतमै गएर अर्थात् बजेटमै गएर हेर्नुपर्‍यो। मैले लेखेको गलत छैन भनेर म चुनौति दिन्छु। अरुले के लेखे त्यो मेरो जिम्माको कुरा हुन्न नि। कि कसो?

      Reply
  3. Rudra Khanal says:
    May 30, 2018 at 6:19 pm

    हजुर को नयाँ ब्लग को प्रतिक्षा मा छौ / हजुरको ब्लग तथा जानकारीमुलक लेखहरु पढ्न पाउदा खुशीको महशुस तथा ढुक्क रहने अवस्था रहन्छ / साउदी अरब

    Reply
  4. Dev says:
    May 30, 2018 at 12:48 pm

    Thank you for the summarised report Salokyaji!

    Reply
  5. santosh gautam says:
    May 30, 2018 at 10:31 am

    १०० ग्राम को कति tax लाग्छ सालोक्य जी जानकारी गराउनु भए आभारी हुने थिए …

    Reply
    1. Salokya says:
      May 30, 2018 at 10:34 am

      यो बारे नयाँ ब्लग आउँछ। हेर्नुहोला

      Reply
  6. madan man bajracharya says:
    May 30, 2018 at 5:14 am

    संघिय प्रणालीमा जानु भनेको परिवारमा अंश बन्दा गर्नु जस्तै पनि हो/परिवारको सबै सदस्य सछ्यम भयको परिवारमा अंशबन्डा गरेमा राम्रै हुन्छ/तर अंशबन्डा गर्ने परिवार ऋण लागेको र परिवारको कुनै सदस्य बेरोजगार असछ्यम रोगि भयमा अंशबन्डा पछि तेस्तो परिबारको सदस्यले दिनको यक छाक खान पनि भय घरको सम्पति मात्रै होईन अंशबन्डा पायको घर खेतनै बेच्नु पर्ने हुन्छ/

    खरावौँको ब्यापार घाटा भयको, भयको उद्योगहरु समेत बन्द हुँदै गयको आधा करोड युवाहरु बेरोजगार भयर विदेश जान परेको; पुर्ख्यौली पेसा गर्नेहरु बिस्थापित हुँदै गयको नागरिकहरुको सानो भन्दा सानो आबस्यक्ताको निमित पनि भारतमै आश्रित हुनु परेको र संघियता खोज्ने कुनै कुनै समुदाय त् नेपालि सब्द सिटी घिनाउने भयको नेपालले संघियता अपनाउनु त् ऋण लागेको, अशक्त र असछ्यम बेरोजगार मात्रै होईन नसालु प्रदार्थको सेवन सदस्य समेत भयको परिबारमा अंशबन्दा हुनु जस्तै हो/

    नेपालको कुनै कुनै प्रदेश साधन श्रोतमा र शिपको मुद्दामा दरिद्रनै छ/ संघियता अपनायको तेस्तो प्रदेशले संघियता धान्न करै मात्र बधाउछ बा आफ्नो प्रदेशको खर्च उठाउन अर्को प्रदेश माथि सानो भारत बनेर नाकाबन्दी गर्छ बा “आफ्नो प्रदेशमा बग्ने ठुला नदीहरुको लालपुर्जा लालापुर्जा भारतको बनायर तेस्मा डुंगा चलायर माछा खोजि खानु पर्ने हुन्छ” त्यो छिट्टै थाह हुन्छ/

    Reply
  7. Santosh Kumar says:
    May 30, 2018 at 1:00 am

    माइ संसारको यो पोइण्ट :
    विदेशबाट फर्केका नेपाली यात्रुले काँचो सुन ल्याउन नपाउने गरी लागेको प्रतिबन्ध हटाउँदै सय ग्रामसम्म सुन महसूल तिरेर ल्याउन पाउने।

    र ऊज्यालो अनलाइनको यो पोइण्ट :
    ….अर्थमन्त्री खतिवडाले त्यसको दायरा फराकिलो पार्दै १ सय ग्रामसम्मको काँचो सुन ल्याउन पाउने व्यवस्था मिलाउनुभएको हो ।
    त्यसका लागि कर तिर्न नपर्ने पनि बजेटमा उल्लेख छ ।

    कुन चाही सहि हो. जानकारी पाउन…

    Reply
    1. Salokya says:
      May 30, 2018 at 9:43 am

      बजेटै हेरे भयो नि महसूल तिरेर भनेको छ कि नतिरी भनेको छ। धेरै टाउकै दुखाउनु पर्दैन हजुर

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme