Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समृद्धिका लागि सरकारले खोज्यो परमाणु र अन्तरिक्ष विज्ञान प्रविधिका विज्ञ, तीन महिना भयो निवेदनै परेन

Posted on May 28, 2018 by Salokya

यो सरकारको नारा समृद्ध नेपाल सुखी नेपाली हो भन्ने त तपाईँहरुलाई थाहै होला। यो नाराबाट छिमेकी देशका प्रधानमन्त्री मोदीसमेत प्रभावित छन्। उनले पटक पटक यो नारा आफ्नो भाषणमा उल्लेख गरे नेपाल आएका बेला अनि उतै दिल्लीमा हुँदा पनि। समृद्धि हासिल गर्न सरकारले  विभिन्न क्षेत्रका विषयगत विज्ञहरु राखेर राष्ट्रिय सल्लाहकार समिति बनाएको छ। त्यसमा चार वटा प्रविधिमा विज्ञ सदस्यहरु आवश्यक परेको सरकारले गोरखापत्रमा सूचना छापेर आवेदन दिन आऊ है भनेर आह्वान गरेको छ। विषयहरु छन्- जैविक प्रविधि, परमाणु विज्ञान प्रविधि, अन्तरिक्ष विज्ञान प्रविधि र सूक्ष्म विज्ञान प्रविधि। 

परमाणु विज्ञान प्रविधि र अन्तरिक्ष विज्ञान प्रविधिका विज्ञहरु चाहिँ नेपालमा सुन्दै अचम्म लाग्ने रहेछ। सूचना अनुसार यी सबै समितिमा नेपाल सरकारले विज्ञ सदस्य मनोनीत गरिसकेका रहेछन्। उनीहरुको पदावधि तीन वर्ष तोकिएकोमा समय सकिएको रहेछ।

को कसलाई नियुक्त गरिएको थियो कुन्नि। अहिले भने सरकारले खुला रुपमा निवेदन दिन आह्वानै गरेको छ। तर गएको फागुन महिनादेखि निवेदनका लागि आह्वान गरे पनि कसैको नपरेकोले त होला सरकार सूचना छापेको छाप्यै छ।

हेर्नुस् जेठ ११ गतेको सूचना

यो चाहिँ वैशाखमा प्रकाशित सूचना। त्यसमा ३० दिन भित्र अर्थात् जेठ ७ गतेसम्म आवेदन दिन भनिएको थियो। तर कसैको परेन।

त्यसभन्दा अगाडि गएको फागुनमा प्रकाशित सूचना। त्यसमा चैत १५ सम्म आवेदन दिन भनिएको थियो। तर कसैको परेन।

डिस्क्लेमर : यो सूचना चाहिँ यहाँ निःशुल्क छापिएको हो है, सरकारले जति विज्ञापन दिँदा पनि विज्ञहरुले आवेदन नदिएको भएर यसो ब्लग पढेर स्वदेश वा विदेशका कसैले आवेदन दिइहाल्लान् कि भनेर। सरकारको विज्ञ भएको भनेर बायोडेटामा लेख्न पाउनु पनि ठूलो कुरा हैन र। 

7 thoughts on “समृद्धिका लागि सरकारले खोज्यो परमाणु र अन्तरिक्ष विज्ञान प्रविधिका विज्ञ, तीन महिना भयो निवेदनै परेन”

  1. Puspa Pant says:
    May 29, 2018 at 3:01 pm

    वेबसाइड भनेको कुन साइड होला ?

    Reply
  2. Suresh Bhandari says:
    May 28, 2018 at 7:50 pm

    I think Nepal Government should launch a website where everybody outside or inside Nepal can login and submit their proposal, assist Government’s projects and connect with like minded people with respective department of
    science,Technology,Engineering,Business and many more.
    I know there are enough talented people outside and inside the country who are waiting for this platform.

    Reply
  3. Gaurav says:
    May 28, 2018 at 1:55 pm

    यो देशमा जाेतिषको कमी भकै हो त ?

    Reply
  4. Gaurav says:
    May 28, 2018 at 1:54 pm

    रेल बनाउने प्रविधि र पैसा पो चाईनालाई माग्ने हो ।हवाई जहाज त उहिल्यै बनाएका हामीले भन्ने अोलीलाई नै विज्ञमा राखे राम्रो

    Reply
  5. bhai raja says:
    May 28, 2018 at 3:22 am

    देशको वातावरणमा कहिले चाही परमाणु, अन्तरिक्ष्य प्रविधि र न्यानो टेक्नोलोजी पढ्ने र तेइ बिषयलाई व्यवसाय बनाउन मिलेको छ र? भोली हेड्रोन कोलाईडर नेपालमै बनाउने भनेर बिज्ञ खोजेर पाईन्छ? बिऊ उम्रिन मिल्ने गरी वातावरण मिलाउनु चाही छैन अनि फल चाही यस्तो खालको चाहियो भनेर हुन्छ? दक्ष्य जनशक्ति विदेश पलायन हुन्छन अनि बाँकी नेपालमै रहेका प्रतिभाहरु पनि हात मुख जोड्ने चक्रमा जेमा कमाई हुन्छ त्यही बिषय रोज्न बाध्य हुन्छन. बच्चै देखि ” ठूलो भएपछि डाक्टर इन्जिनियर बन्नुपर्छ, धेरै पैसा कमाउनु पर्छ” भनेर सिकाएपछि के गर्नु?

    Reply
  6. madan man bajracharya says:
    May 28, 2018 at 3:02 am

    नेपाल सिट परमाणु प्रविधिलाई आबस्यक भयको युरेनियमको खानिनै भयको चीनले पत्ता लगायर देखाईनै सक्यो/ हुनत धेरै अघि समाचार पत्रमा नेपालको ढुंगा खानिको ठेक्का पायको कुनै भारतीय ठेक्केदारले त्यो खानि बात निकालेको ढुंगाहरु परिछ्यन गर्ने भनेर भारत पुर्याउने र भारतले ती ढुंगाहरु युरोपको कुनै मुलुकमा प्रशोधन गर्न लग्ने भनेर समाचार छापेको थियो/ मैले तेस्तो समाचार दुई चोटी पढ्ने मौका पायको थिय/ युरोपमा लगेर प्रसोधन गर्नु ढुंगामा सुन चांदी बा अरु धातु भन्दा युरेनियम बा युरेनियम जस्तै बहुमुल्य कुनै धातु हुनु पर्छ/ पछि त्यो ढुंगा खानि को बारेमा कहिले पनि कुनै कुरा प्रकाशमा आयन/

    अस्ति चीनले पत्ता लगायको युरेनियमको खानिले नेपालमा अरु पनि तेस्तै खानि हुन् सक्ने देखाउंछ/ तेसैले चिन भ्रमणमा जान लागेको प्रधान मन्त्रीले नेपालमा भयको युरेनियम को उपयोग गर्नमा चीनको सहयोग मागे चीनले सहयोग गर्छ जस्तो लाग्छ/ युरेनियम अत्यन्त बहुमुल्य प्रदार्थ भयकोले नेपालमा पत्ता लागेको युरेनियमको भण्डारको उपयोग बात नेपालको ठुलो जलश्रोत आयोजना आफ्नै खर्चमा बनाउन सक्ला कि/

    Reply
  7. केशव बहादुर लामिछाने says:
    May 28, 2018 at 2:32 am

    म संग पीएचडी को सर्टिफिकेट त छैन तर अन्तरिक्षे को बारेमा राम्रो ज्ञान छ र म एउटा नेपाली भएको नाताले म पनि देश को लागि केहि गरम भन्ने चाहन्छु..! र अरुको देश जस्तै हाम्रो देश लाई पनि संसार मा चिनाउन चाहन्छु!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme