Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कति छन् विदेशका काम गर्ने नेपाली र नेपालमा वर्क परमिट लिई काम गर्ने विदेशीहरु?

Posted on May 27, 2018 by Salokya

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/७५ मा रोजगारी सम्बन्धी केही तथ्याङ्क यस्ता छन्-

    • नेपालको जनसंख्या संरचना अनुसार प्रतिवर्ष करिब ५ लाख व्यक्ति श्रम बजारमा थपिने गरेका छन्।
    • हाल करिब ४३ लाख युवा ‍औपचारिक र अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन्। त्यसरी जाने मध्ये १.५ प्रतिशत मात्र दक्ष छन्। अर्धदक्ष २५ प्रतिशत छ भने सबैभन्दा ठूलो संख्या अदक्षको ७४/६ प्रतिशत छ।

  • संस्थागत रुपमा ११० वटा देशहरुलाई वैदेशिक रोजगारीका लागि खुला। व्यक्तिगत रुपमा वैदेशिक रोजगारीमा जाने प्रयोजनका लागि भने १६७ भन्दा बढी देश खुला।
  • बेरोजगारी दर २.३ प्रतिशत। अर्ध बेरोजगारी दर ३० प्रतिशत। युवा अर्धबेरोजगारी दर ३५.८ प्रतिशत।
  • दैनिक करिब एक हजार नेपाली युवा रोजगारीका लागि विदेशिने गरेका छन्।
  • नेपालमा वर्क परमिट लिई काम गर्ने विदेशी नागरिकको संख्या यो आर्थिक वर्षको ८ महिनामा १ हजार ३५ जना छन्। गएको वर्ष भने १ हजार २४५ थियो। यो वर्ष ५८८ जनाको वर्क परमिट रिन्यु गरिएको छ।

 

2 thoughts on “कति छन् विदेशका काम गर्ने नेपाली र नेपालमा वर्क परमिट लिई काम गर्ने विदेशीहरु?”

  1. shinepun says:
    May 28, 2018 at 9:26 am

    अब कुलमान जी ले लोदशेदिंग हटाए जस्तै , नेपाल मै रोजगार पैदा गरे विदेश जाने क्रम हटाउनु पर्यो, अब बिधुत मा जस्तो रोजगार मा कुलमान जी जस्तो को आउला . है दैब /

    Reply
  2. madan man bajracharya says:
    May 28, 2018 at 2:20 am

    “अब सडक पनि खाने पानीले धुनुस” भन्नेले दसकौ सम्म बिस्वमै दोश्रो जलश्रोतको धनि नेपालीले पिउने पानि सम्म पनि नपाउने स्थितिमा पुर्यायो/ “नेपाललाई युरोपेली मापदण्डमा पुर्याउने” भनेर टुकी युगमा पुर्यायो/ “अब नेपालीले बिदेशमा रोजगार खोज्न जानु पर्दैन अमेरिकनहरु समेत नेपालमा रोजगारी खोज्न आउने छन्” भनेर नेपालीलाई केहि हद सम्म भय पनि आत्म निर्भर बनाउने र नेपालमा भारतको उत्पादनको बजारलाई प्रतिस्थापना गर्ने उद्योगहरु बन्द र बिक्रि गर्दै ४२सौ लाख राजेन्द्र महतोहरुलाई राजेन्द्र महतोहरुकै सिफारिसमा नेपालको कानुन र संबिधान मिचेर नेपालको नागरिकता दिंदै नेपालीले पाउने रोजगारी र पेसा खोस्न नदियको भय ४२सौ लाख नेपाली नेपालमा रोजगारी नपायर अरवको मरुभुमिमा जानु पर्दैनथ्यो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme