Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँ महानगरपालिकाले गरेको एउटा राम्रो काम – धरहरा बेच्नेको उठिबास

Posted on May 27, 2018 by Salokya

काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि रहेको महसूससमेत गराउन सकेको थिएन। मेयर विद्यासुन्दर शाक्यको त मान्छेले आलोचना गरेर थाकिसकेका थिए। केन्द्र र प्रदेशमा समेत आफ्नै सरकार हुँदासमेत महानगरले माखो मार्न नसकेको भनेर आलोचना हुँदै गर्दा शनिबार भने एउटा राम्रो काम गरेको छ।

केशव स्थापित मेयर हुँदा धरहरा साइड वाकर्स नामको एउटा कम्पनीलाई भाडामा दिइएको थियो। त्यो कम्पनीले धरहरा चढ्नेसँग शुल्क उठाउनेदेखि त्यहाँ वरपर पसल र रेस्टुरेन्टसमेत राख्ने काम गर्दै भाडासमेत समयमा नबुझाई ठगी गरिरहेको थियो। २०७२ साल वैशाख १२ गतेको भूकम्पमा धरहरा भत्कियो। तर धरहराको त्यो ठूटो भग्नावशेष र त्यहाँ ज्यान गुमाउनेहरुप्रति अलिकति पनि संवेदनशील नभई त्यहाँ मोमो बेच्ने रेस्टुरेन्टदेखि पसलहरु यथावत रहे।

साह्रै चित्त नबुझ्ने दृश्य हुन्थ्यो त्यो। धरहरा भत्किएको केही समयमा नै म त्यहाँ पुगेको थिएँ। त्यहाँको कोलाहल सम्झँदा अहिले पनि मन सिरिङ हुन्छ। पछि त्यहाँ जाँदा मोमो बेच्ने रेस्टुरेन्ट देख्दा मनै खिन्न हुन्थ्यो।

खासमा त्यो कम्पनीसित गरिएको सम्झौतामा धरहरामा केही क्षति पुगे उसैले बनाउनु पर्ने उल्लेख थियो। यो अनुसार त उसैलाई धरहरा ठड्याउन लाउनु पर्ने हो। तर नालायकीको हद- बनाउनु त कहाँ हो कहाँ, रेस्टुरेन्ट र पसलहरु खोलेर भाडा उठाउँदै खाँदै थियो कम्पनी।

काठमाडौँ महानगरपालिका, नगरकार्यपालिको गत बिहीबार बसेको बैठकले धरहरा सञ्चालनसम्बन्धी साइड वाकर्ससँग भएको सम्झौताको मूल विषय २०७२ सालको भूकम्पको क्षतिसँगै समाप्त भएको निश्कर्ष निकाल्यो र यस क्षेत्रमा रहेका रेष्टुरेन्ट, पसल, टहरा, जस्ता भौतिक संरचना हटाउन २४ घण्टे सूचना दियो।

त्यो सूचना पछि नहटाएका संरचना काठमाडौँ महानगरपालिकाले आज हटायो। धरहरा आसपासको एक होटलसहित १३ वटा सटर भत्काइएको छ ।

1 thought on “काठमाडौँ महानगरपालिकाले गरेको एउटा राम्रो काम – धरहरा बेच्नेको उठिबास”

  1. madan man bajracharya says:
    May 27, 2018 at 2:11 am

    राज्यलाई नोक्सानी हुने र नागरिकलाई दुख दिने कार्य गरेकालाई हदै सम्म जव सम्म सजाय गरिंदैन यस्तो मात्र टहरा पसल भत्काउनु, ठेक्का लिय अनुसार काम नगर्नेलाई “ल अब काम सुरु गर नभय थुन्ने” भन्नु आदि “म पिटे जस्तै गर्छु तँ दुखेर रोय जस्तै गर” भने जस्तै मात्र हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme