Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मन्त्रीहरुको बैँक ब्यालेन्स : सबभन्दा धनी अर्थमन्त्री, लालबाबु पण्डित दोस्रो हुन सफल, कसको कति हेर्नुस् विवरण

Posted on May 26, 2018May 27, 2018 by Salokya

मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक भएपछि एकथरिलाई भ्याइनभ्याइ छ रफू भर्न। टुप्पीदेखिको बल निकालेर उनीहरु आफ्ना फेभरेट मन्त्रीहरुको बचाउ गर्न लागिपरेका छन्। हामीले त उनीहरुले नै सार्वजनिक गरेको विवरण यस्तो छ है भनेर देखाइदिएको मात्र हो। यसो गर्दा पनि कोही खुट्टा उचाल्छन् भने क्यार्ने हो र। मन्त्रीहरु आफैले सार्वजनिक गरेको विवरण अनुसार बैँक ब्यालेन्समा सबभन्दा धनी अर्थमन्त्री डा. युवराज खतिवडा हुन्। युएनको सेवा र राष्ट्र बैँकको जागिरका कारण उनको डलर बचत नै साढे ६२ हजार छ। नेपाली रुपैयाँ पनि ७९ लाख छ। दोस्रोमा भने साधारण गरिब किसान परिवारमा जन्मिएको भनी आत्मकथामा लेख्ने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पर्न सफल भएका छन्। उनको बैँक ब्यालेन्स प्रधानमन्त्रीलाई समेत उछिन्ने गरी छ। प्रधानमन्त्री तेस्रो नम्बरमा छन्। उनी ३ लाखले लालबाबुभन्दा पछाडि छन्। रकम उल्लेख नगर्नेहरुलाई छाड्ने हो भने सबभन्दा गरिब भने थममाया थापा हुन्। उनको बैँकमा १५ हजार मात्रै छ। त्यसको पनि स्रोतमा भूकम्पपीडित कोष देखाइएको छ। हेर्नुस् कसको कति छ बैँक ब्यालेन्स।

प्रधानमन्त्री केपी ओली
कति : ५२ लाख रुपैयाँ
कहाँ : माच्छापुच्छ्रे बैँक, प्रभु बैँक र एभरेस्ट बैँक
स्रोत : स्वआर्जन र तलबभत्ता

ईश्वर पोखरेल
कति : १३ लाख ४० हजार
कहाँ : इन्भेस्टमेन्ट बैँक, वाणिज्य बैँक, एभरेस्ट बैँक र सानिमा बैँक
स्रोत : भ्रमण भत्ता, पारिश्रमिक, पुस्तक बिक्री

रामबहादुर थापा
कति : ३ लाख ८० हजार १९३
कहाँ : एभरेस्ट बैँक
स्रोत : तलबभत्ता

प्रदीप ज्ञवाली
कति : २ लाख ५९ हजार २८३
कहाँ : एभरेस्ट बैँक, कृषि विकास बैँक
स्रोत : पारिश्रमिक, पुस्तक रोयल्टी, स्तम्भ लेखन

वर्षमान पुन
कति : ३ लाख ५० हजार
कहाँ : एभरेस्ट बैँक
स्रोत : तलब भत्ता

गिरिराजमणि पोखरेल
कति : ३ लाख ८० हजार ९९३
कहाँ : एभरेस्ट बैँक, नेपाल बंगलादेश बैँक
स्रोत : तलबभत्ता

मातृका यादव
कति : ५ लाख ५२ हजार ८७३
कहाँ : एसबीआई, नेपाल बंगलादेश बैँक, इन्भेस्टमेन्ट
स्रोत : तलब भत्ता, स्वआर्जन, कृषि

रघुवीर महासेठ

कति : नखुलाइएको
कहाँ : नबिल, माछापुच्छ्रे, एनआइसी, एभरेस्ट, माछापुच्छ्रे, स्टायन्डर्ड चार्टर्ड, इनभेस्टमेन्ट
स्रोत : नखुलाइएको

गोकर्ण विष्ट
कति : ७ लाख ३४ हजार १३३
कहाँ : एनआइबी, एभरेस्ट, नेपाल बैँक, इनभेस्टमेन्ट, नबिल, एभरेस्ट
स्रोत : स्वआर्जन, तलबभत्ता

शक्ति बस्नेत
कति : २ लाख
कहाँ : एभरेस्ट बैँक
स्रोत : पारिश्रमिक

लालबाबु पण्डित
कति : ५५ लाख
कहाँ : एभरेस्ट, कृषि विकास बैँक
स्रोत : पैतृक, स्वआर्जन

थममाया थापा
कति : १५ हजार
कहाँ : माछापुच्छ्रे, एभरेस्ट, कुमारी
स्रोत : भूकम्पपीडित कोष

डा. युवराज खतिवडा
कति : ७९ लाख ७ हजार रुपैयाँ + ६२७०३ अमेरिकी डलर
कहाँ : नबिल, माछापुच्छ्रे, इन्भेस्टमेन्ट, सानिमा, सावल सहकारी, नवदुर्गा सहकारी, जनता बैँक, एभरेस्ट बैँक
स्रोत : युएनको जागिर, राष्ट्र बैँक अवकाश, सेवाकालीन वचत, ब्याज आय

जगतबहादुर सुनार
कति : २० लाख
कहाँ : नबिल बैँक
स्रोत : पारिवारिक, तलब/पेवा/सहयोग

रविन्द्र अधिकारी
कति : २४ लाख ५७ हजार ५ सय
कहाँ : गण्डकी विकास बैँक, एभरेस्ट
स्रोत : जग्गा बिक्री, पारिश्रमिक

शेरबहादुर तामाङ
कति : १ लाख २८ हजार ९४२
कहाँ : एभरेस्ट बैँक
स्रोत : नखुलाइएको

चक्रपाणि खनाल
कति : १४ लाख ९६ हजार
कहाँ : एभरेस्ट बैँक, हिमालय बैँक, एसबिआई
स्रोत : जग्गा बिक्री, व्यवसाय

बीना मगर
कति : जम्मा नभएको
कहाँ : एभरेस्ट बैँक
स्रोत : सांसद तलब भत्ता

पद्माकुमारी अर्याल (राज्यमन्त्री)
कति : ७ लाख ५७ हजार ९८८
कहाँ : एभरेस्ट बैँक, कृषि विकास बैँक, मेगा, मुक्तिनाथ
स्रोत : नखुलाइएको

गोकुलप्रसाद बाँस्कोटा (राज्यमन्त्री)
कति : २० लाख ७५ हजार
कहाँ : ब्राइट बचत, इन्भेस्टमेन्ट, नवघली बचत, कुमारी बैँक, नबिल बैँक, इनभेस्टमेन्ट
स्रोत : नखुलाइएको

धनबहादुर बूढा (राज्यमन्त्री)
कति : उल्लेख छैन
कहाँ : उल्लेख छैन
स्रोत : उल्लेख छैन

रामकुमारी चौधरी (राज्यमन्त्री)
कति : उल्लेख छैन
कहाँ : उल्लेख छैन
स्रोत : उल्लेख छैन

यो त बैँक ब्यालेन्सको आधारमा मात्र को धनी भनेर छुट्याएको हो। जग्गाजमिन र सुनचाँदीको आधारमा पनि छुट्याउन सकिन्छ। सबै विवरण हेर्न मन्त्रिपरिषद्को साइटमा जानुपर्छ, यता क्लिक गर्नुस्।

2 thoughts on “मन्त्रीहरुको बैँक ब्यालेन्स : सबभन्दा धनी अर्थमन्त्री, लालबाबु पण्डित दोस्रो हुन सफल, कसको कति हेर्नुस् विवरण”

  1. madan man bajracharya says:
    May 27, 2018 at 8:47 am

    सानो घर देखायर आफु साधारण परिबारको भन्ने कुनै ब्यापार बा पेसा नगर्ने सिट प्रधानमन्त्रि सिट भन्दा बढि नगद; अलि अनौठो लाग्यो मलाई/

    Reply
  2. Laxman says:
    May 26, 2018 at 9:38 pm

    हाथी को सेतो दात!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme