Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार वर्षमा लालबाबु पण्डितको सम्पति ८ लाख रुपैयाँ बढ्यो, चाँदी ५ तोला थपियो

Posted on May 25, 2018 by Salokya


सम्पतिको नाममा थोत्रो साइकलमात्र देखाउने, टेम्पो चढेर सादगीपूर्ण जीवन बिताउने भन्दै मिडियामा फन्डा भइरहने बहालवाला मन्त्री लालबाबु पण्डितको सम्पति चार वर्षमा ८ लाख रुपैयाँले बढेको छ। उनको सम्पतिको सूचीमा ५ तोला चाँदी पनि थपिएको छ।

हाल सामान्य प्रशासन मन्त्री रहेका लालबाबु यसअघि सुशील कोइरालाको सरकारमा पनि सामान्य प्रशासन मन्त्री थिए। २०७० को चैत महिनामा उनले बुझाएको सम्पति विवरण र अहिले बुझाएको विवरण तुलना गरेर हेर्दा यति फरक देखिएको हो।


त्यतिबेला उनले बुझाएको सम्पति विवरणमा यस्तो थियो-

राजधानीमा ४ आना घडेरी,
गृह जिल्ला मोरङमा १ कट्ठामा बनेको घर, करिब चार बिघा खेतीयोग्य जमिन,
सुन १० तोला
चाँदी १० तोला
बैंकमा ४७ लाख नगद

अहिले उनले बुझाएको सम्पति विवरणमा छ-
राजधानीमा ४ आना घडेरी (समान)
गृह जिल्ला मोरङमा १ कट्ठार (समान)
सर्लाहीमा ४ बिघा जग्गा (सर्लाही उल्लेख नगरिएको पहिला)
सुन १० तोला (समान)
चाँदी १५ तोला (५ तोला बढ्यो)
बैंकमा ५५ लाख नगद (८ लाख बढ्यो)


पछिल्लो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावमा मोरङबाट जितेका लालबाबुले सार्वजनिक रुपमै आफूसित पैसा नभएकोले कतारबाट नेपालीहरुले सहयोग गरेको बताएका थिए।

बैँकमा ४७ लाख भए पनि त्यतिबेला अनलाइनखबरमा छापिएको समाचार अनुसार लालबाबुले भनेका थिए- अहिले सहयोगको कुरा गर्नुहुन्छ भने कतारमा नेपाली सय रुपैयाँ मजदुरहरुले उठाउन थाल्याछन् लालबाबु पण्डितलाई म सहयोग गर्न तयार छु भनेर । ठाउँ-ठाउँमा सय रुपैयाँ, ५० रुपैयाँ जति सकिन्छ सहयोग गरे हुन्छ। पत्रकार मित्रहरुले पनि अलिअलि दिएर सहयोग गर्नुहुन्छ कि !’

अहिले बढेको ८ लाख त्यही सहयोगका कारण हो कि अरु कुनै आम्दानीको स्रोत थियो, त्यो सम्पति विवरणमा उल्लेख छैन।

9 thoughts on “चार वर्षमा लालबाबु पण्डितको सम्पति ८ लाख रुपैयाँ बढ्यो, चाँदी ५ तोला थपियो”

  1. Prakash says:
    May 29, 2018 at 6:08 pm

    बैंकको बचत खाता मा राखेको रहेछ भने ब्याज नै ८ लाख भन्दा बढी हुनुपर्ने हैन र उमेश जी?
    नेपालका बैंकका अहिलेको बचत खाता को ब्याजदर ५-८% राखेर हिसाब गर्दा यस्तो देखियो,
    ४७ लाख पुजी बाट ४ बर्षमा आउने ब्याज:
    ——————————————–
    ५% ब्याजदरमा १०.१ लाख,
    ६% ब्याजदरमा १२.३ लाख,
    ७% ब्याजदरमा १४.६ लाख र
    ८% ब्याजदरमा १६.९ लाख

    Reply
  2. harihar sharma says:
    May 27, 2018 at 3:34 pm

    ८ लाख हिसाब नै गरे पनि जायज देखिन्छ जस्तो लाग्छ /
    रह्यो चुनाबको बेलाको “गरिबीको” बिलौना / घर खेत बेचेर चुनाब लड्यो भने भोलि ति घरखेत फेरी पनि जोड्नु पर्यो, तलबले पुग्दैन, घुस खाने पर्यो /
    सहि गर्यो, फाल्ने पैसा छैन, जनताले दिवस, जनताकै लागि काम गर्छु, सकी गयो त /

    Reply
  3. Kris says:
    May 27, 2018 at 1:31 pm

    thukka sala phataha sale chor, ramro kam garla janta lai sukh dela vaneko ta chor ko jhan daka rahechha

    Reply
  4. nick says:
    May 27, 2018 at 1:53 am

    लाल बाबु को ४ वर्ष मा जम्म्मा ४ लाख वर्षा को १ लाक संसद र मन्त्रि को बाट जोगाय्को/
    यो त अति धेरै नि कमायछ ! हा! हा ! हा !

    Reply
  5. Rajesh Shah says:
    May 26, 2018 at 9:53 am

    लालबाबू पछि अब , कुलमान , गोकर्ण बीस्ट, धुरमुस सुन्तली, अब एहि बाकि रहे नेपालमा की कसो सालोक्य जी .?

    Reply
  6. जय says:
    May 26, 2018 at 7:30 am

    लालबाबु ढाेंगी हाे। जनताका आँखामा छाराे हालेर राजनीति गर्छ।

    Reply
  7. Shankar says:
    May 26, 2018 at 6:50 am

    हुन् त् लाल बाबु पनि मानिसै हो , राजनीति गर्छ | तैपनि आठ लाख ठुलो पैसा हैन ,केहि खेति पाटि बाट, तलब र अन्य सिधा हिसाब बाट आएको हुन् सक्छ |

    म लाइ अझै यो मान्छे नेपालको प्रधान मन्त्रि बनाइ दे पनि हुने जस्तो लाग्छ |

    Reply
  8. madan man bajracharya says:
    May 25, 2018 at 11:46 pm

    नेपालीहरु नेपालमा सबै योग्य नेपालीलाई कामको अवसर दिन असफल भयकोले ४० लाख भन्दा बढी नेपालीहरु नेपालमा भोकै हुने भयकोले बिदेसिन बाध्य भयको हो/ बिदेसिने नेपालीहरु कोहि बाहेक प्रायस सबै युवा वा युवा अबस्था ढल्न लागेको हुन्छ र तिनीहरु प्रायस नेपालमा रहेको घर खेत बेचेर बा ऋण काटेरै बिदेस गयको हुन्छ/ विदेशमा २/३ बर्ष कमायको रकम त् उनीहरुले बिदेशमा जान खर्चेको रकम तिर्न बा उठाउन पनि पर्याप्त हुँदैन/ त् उनीहरु बिदेशमा सके सम्म लामो समय बस्न अध्यागमनको झन्झट नहुने नेपाल जान र फर्कन अतिरिक्त भिसा खर्च खर्चिनु नपर्ने गर्न आफुले काम पायको देसको ग्रिनकार्ड अर्थात आवाशीय भिसा लिन खोज्छन/ ग्रिन कार्ड बा आवाशीय भिसा लालबाबुले ठाने जस्तो बिदेशमा स्थाई बसोबास गर्न पाउने भिसा होईन मात्र अलि लामो समय सम्म बिदेशमा बस्न पाउने म्यादी भिसा हो/ आफु बिदेसिन खर्चेको रकम बा यियाको ऋण तिर्न र सके सम्म बढी बिदेशी रकम कमाउन को निमित यस्तो भिसा लिने नेपालीहरु मात्रै होईनन उनीहरुको परिबार लालबाबुहरुको निमित नेपालमा पत्याउनै नसकिने, नेपालमा अपराध गरेर विदेश भाग्न सक्ने, नेपालको सम्पति बिदेशमा पुर्याउने “घिन लाग्दो पलायनबादी प्राणि” हरु हुन्/ त् आफु सिट बैंकमा ४७लाख हुँदा हुँदै चुनाव खर्च छैन भनेर झुठ बोलेर आफैले पत्याउनै नसक्ने घिन लाग्दो प्राणीमा दर्यायाको बिदेसियको नेपालि सिट चन्दा उठाउन लाज किन लागेन लाल बाबुहरुलाई?

    याहानिर भनि हालौं, नेपालीले समय समयमा नबिकरण गर्न नसकेमा म्याद सकिने ग्रिन कार्ड वा आवाशिय भिसा लियको नेपालि सिट घिनाउने लालबाबु सिट भारतमा आजिवन भारतीय नागरिक सरह बस्न पाउने देखाउने नपर्ने भिसा छ र उसले चाहेमा नेपाल बात चाहे जत्तिको रकम भारुमा साटेर भारत लग्न सक्छन पनि/ त् को कुन सिट घिनाउनु पर्छ लाल्बाबुहरुले नै भनुन/

    Reply
  9. देबेन्द्र बस्नेत says:
    May 25, 2018 at 11:38 pm

    नेपाल का ब्यान्क हरुको ब्याज दर नै १०% माथि छ् । चक्रीये ब्याज को हिसाब गर्ने हो भने ४७लाख चार बर्षमा लगभग ७०लाख हुदैन र सालोक्ये जि ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme