Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुबईमा नेपालीले देखाइदिए इमान्दारी

Posted on May 24, 2018 by mysansar

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले चान्स पायो कि देखाइदिन्छ भनेर बिहीबार भाषण गरे। दुई चार वटा डल्ला फ्याँकेर चम्किएका सन्दीपको उदाहरण दिँदै उनले यसको भनेका थिए। नभन्दै उता दुबईमा समेत नेपालीले चान्स पाउँदा देखाइदिएका छन्।

कुरो के भने नि, केही दिनअघि दुबईको स्टारबक्स क्याफेमा पुलिसको टिमै त्यहाँ काम गरिरहेका नेपाली मिरन कार्कीलाई खोज्दै आए। लौ न के बित्यास पर्‍यो भन्ने लाग्यो सुरुमा। खासमा उनलाई समात्न हैन प्रशंसा गर्न आएका रहेछन् उनीहरु।

स्टारबक्स क्याफेको एमिरेट्स ब्रान्चमा त्यहाँ काम गर्ने कार्कीले एउटा ब्याग भेटेका थिए। एक जना पर्यटकले भुलेको त्यो ब्यागमा एक लाख १८ हजार अमेरिकी डलर र केही पासपोर्ट थिए। हालको विनिमय दर अनुसार यो रकम नेपाली रुपैयाँमा एक करोड २८ लाखभन्दा बढी हुन आउँछ।

तर कार्कीको मन यता उता भएन। उनले प्रहरीलाई सम्पर्क गरी त्यो ब्याग पर्यटकलाई फर्काउन सहयोग गरे।

त्यसैको परिणामस्वरुप उनका सहकर्मीहरुकै अगाडि प्रशंसा पत्र दिन प्रहरीको टिमै उनको काम गर्ने ठाउँमा आइपुगेको थियो। कर्णेल मोहम्मद अकिल अहली दुबई प्रहरीको क्रिमिनल इन्भेस्टिगेसनका डेपुटी डाइरेक्टर हुन्। उनले कार्कीको इमान्दारीको प्रशंसा गरे।

उनले प्रहरीलाई सहयोग गर्नेहरुलाई सम्मानित गर्न अभियान चलाएको बताए। यस्तो बेलामा के गर्नुपर्छ भन्ने उदाहरण कार्कीले पेश गरेको भन्दै उनको प्रशंसा पनि गरे।

दुबई प्रहरीले आफ्नो सोसल मिडियामा यसको भिडियो पनि राखेको छ।

6 thoughts on “दुबईमा नेपालीले देखाइदिए इमान्दारी”

  1. श्यामराई says:
    May 26, 2018 at 6:53 pm

    कुरो यस्तो के,चारै तिर CCTV क्यामरा,फिर्ता गर्नु परो नि हजुर हरु

    Reply
  2. yogi says:
    May 26, 2018 at 12:18 pm

    अनि पुरस्कार चाही कति पायो नि… कुरो 😉

    Reply
  3. Chitra Kandel says:
    May 26, 2018 at 10:41 am

    यिनै जस्ता इमान्दार नेपालीका कारणले गर्दानै हामी नेपाली लाई अझै पनि दुनिया ले विश्वास गर्छन र हाम्रो छबि एक इमान्दार अनि कर्तब्य निष्ठा को रुपमा हेरिन्छइ

    चित्र कंडेल
    हाल दुवै बाट

    Reply
  4. सिर्जने says:
    May 25, 2018 at 10:11 pm

    मिरन कार्की लाइ धन्यबाद, र बधाई! अहिलेको जमानामा एक लाख अठार हज्जार डलर झोलामा बोकेर हिड्ने कुन चै स्वाठ ‘गोरे’ रै’छ त्यो? #खुल्दुली

    Reply
  5. गौरीबहादुर कार्की says:
    May 25, 2018 at 7:14 pm

    देशको इज्जत बढाएकोमा नेपाल सरकारले तक्मा दिएर सम्मान गर्नु पर्दछ ।

    Reply
  6. संघरत्न शाक्य says:
    May 25, 2018 at 12:22 pm

    सलाम छ, नेपाली छोरोलाई !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme