Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट कर नतिरी सुन ल्याउन पाइन्छ भन्ने भ्रममा नपर्नुस्, महसुल तिर्नुपर्छ, कति? हेर्नुस् विवरण

Posted on May 30, 2018 by Salokya

अर्थमन्त्रीले हिजो बजेट वक्तव्य पढेसँगै केही अनलाइनहरुले विदेशबाट फर्किएका नेपाली यात्रुहरुले १०० ग्रामसम्म सुन ल्याउन पाउने र त्यसमा करसमेत नलाग्ने समाचार लेखे। यस्तो समाचार पढ्नेहरु भ्रममा नपरुन्। विदेशबाट करै नतिरी सुन ल्याउन अहिलेको बजेटले छुट दिएको छैन।

पहिलेभन्दा अहिले के फरक मात्र गरिएको हो भने पहिले अर्थात् २०७३ साउन १ गतेदेखि विदेशबाट नेपाल आउने नेपाली, गैरआवासीय नेपाली वा विदेशी कुनै पनि यात्रुले काँचो सुन तथा चाँदी ल्याउन पाउँदैन थिए। गहना चाहिँ ल्याउन पाउँथे। तर काँचो सुन महसूल तिरेर पनि ल्याउन पाउँदैन थिए। ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत हुने व्यवस्था थियो।

यो थाहा नपाएर विदेशबाट फर्किएका धेरै नेपालीहरु फँसे। धेरैलाई तस्करहरुले भरिया बनाएर पठाएका थिए। धेरै यात्रुहरुले यो व्यवस्थाबाट दुःख पाएका थिए।

अब अहिलेको बजेटले भने विदेशबाट फर्किने बेलामा १०० ग्रामसम्मको सुन ल्याउन पाउने व्यवस्था गरेको हो। तर महसूल तिरेर। महसूल नतिरी भनिएको छैन। सुन्नुस् अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पढ्दा के भनेका थिए-

सुन्नुभो हैन त? यहाँ कर तिर्नु पर्दैन भनेर भनेका छन् त अर्थमन्त्रीले?

तर यस्तो समाचार छापियो-

अब तपाईँलाई लाग्ला, कति तिर्नुपर्छ त यसका लागि महसूल?

आर्थिक विधेयकमा यसबारे प्रष्ट व्यवस्था उल्लेख छ। हेर्नुस्-

यसमा लेखिए अनुसार दुई वटा दर हुन्छन्- ५० ग्रामसम्म ल्यायो भने प्रति दश ग्राम ५२०० रुपैयाँ। ५० ग्रामभन्दा माथि ल्यायो भने प्रति दश ग्रामको ६२०० रुपैयाँ।

अर्थात् ५० ग्राम काँचो सुन कसैले विदेशबाट ल्यायो भने ५२००X५‍‌ = २६००० अर्थात् २६ हजार रुपैयाँ महसूल लाग्नेछ। १०० ग्राम ल्यायो भने चाहिँ बाँकी ५० ग्राममा प्रति दश ग्राम ६२०० को दरले ६२००X५ = ३१००० लाग्नेछ।

मतलब १०० ग्राम ल्याउँदा २६००० रु ‌+ ३१००० रु ‍= ५७००० अर्थात् ५७ हजार रुपैयाँ महसूल लाग्छ।

 

11 thoughts on “विदेशबाट कर नतिरी सुन ल्याउन पाइन्छ भन्ने भ्रममा नपर्नुस्, महसुल तिर्नुपर्छ, कति? हेर्नुस् विवरण”

  1. trichandra says:
    July 7, 2018 at 11:26 pm

    नेपालबाट विदेश लगेका गरगहनाहरु पुनः ल्याउनु पाउने हो कि होइन ?

    Reply
  2. DRONA KUMAR SHRESTHA says:
    June 2, 2018 at 1:10 am

    डल्ला डल्ला लाने छिराउने चै छाती खोलेर हिडेको छ ! अनि ५०-५५ डिग्रीको घाममा रगतको पसिना बगाउने र घर परिवारको लागि ल्याएको एक पित्को सुनमा दादागिरी देखाएर लुट्छन ! साला जिन्दगी
    यता यतै कै ले बजाउने आफ्नो देश जाउ आफ्नैले बजाउने
    पिडा त उस्तै दिन्छन
    तर,
    पराइले दिएको पिडा भन्दा आफ्ना आफन्तले दिएको पिडा दर्दनाक र भुल्न नसकिने हुने रैछ !

    Reply
  3. madan man bajracharya says:
    June 1, 2018 at 12:22 am

    भारतमा पहिला सुनको गहना बनाउने मात्र पारिवारिक पेसा भयको अहिले ठुलो उद्योगमा परिणत भयो/ तेसैको निमित भारतलाई धेरै धरै सुन आयात गर्नु पर्ने भयको हो/ नेपालमा पनि सुनको गहना बनाउँछ; भारतले भन्दा राम्रो बनाउन पनि सक्छ/ तर नेपालमा सुनको गहना बनाउने पेसा नेपालीको अरु पुर्खौली पेसाहरु जस्तै झन्डै झन्डै “विलुप्त” नै हुने अबस्थामा पुगी सकेकोछ/ यसै कारणले नेपालीहरु बिदेशमा जाँदा बनेको सुनको गहना ल्याउँछ/ तसर्थ नेपालीको सुनको गहना बनाउने उत्कृस्ट शिप मुलुक पेसा मर्न नदिन र सुनको गहना बनाउने पेसा लाई भारतले जस्तै उद्योगमा परिणत गर्न नेपालीले बिदेश बात बनेको सुनको गहना ल्याउनमा बन्देजनै लगाउनु पर्छ/

    अहिले नेपालमा तस्करहरुले ल्याउने सुन सबै भारतमा जाने कुरामा त्यो रोक्न नेपाललाई भारतले सहयोग गर्ला भनेर आस पनि गर्नु पर्दैन/ किन भने भारत आफैले बिदेशमा किन्नु परे उसको ढुकुटी बात बिदेसी मुद्रा खर्चिनु पर्नेमा नेपालीले बिदेशमा कमायको बिदेशी मुद्रा खर्चेर किनेको सुन (चाहे तस्करीको माध्यम बाटै किन नहोस) भारतमा पुगी रहेकोमा त् भारतलाई बिदेशी मुद्राको बचत नै हुन्छ/ तेसैले नेपालीले कमायको बिदेशी मुद्राको फाईदा भारतलाई हुने बात रोक्नुको निमित पनि नेपालले काँचु सुन भारत जान बात रोक्नु पर्छ/ काँचु सुन भारत जान नसकिने बनाय कुनै तस्करले फेरी नेपालमा सुन तस्करी गर्दैन/

    Reply
  4. kiran says:
    May 31, 2018 at 5:34 am

    प्रती तोला साढे छ हजार भन्दा बढी कर लाग्ने रहेछ

    Reply
  5. Basant says:
    May 31, 2018 at 5:28 am

    बिगत का सरकारले तस्कर हरु संग मिलेर सर्ब साधारणले विदेश मा दुख गरेर ल्याउन पाउने ५० ग्राम सुन सुबिधा खारेज गरेर ”गोरे एंड कम्पनि” संग खरबौ रुपियाको डिल गरेको थियो (जुन प्रमाणित पनि हुदैछ) अहिलेको सरकारले त्यो सबै खारेज गरेछ स्वागत योग्य कुरा हो तर सर्ब साधारणलाई केहि छुट दिदैमा सुन ब्यबसाय धरासायी हुन्छ भन्नु तेती जायज देखिदैन आखिर मा तस्कर हरुले कुनै नै कुनै लुपहोल बाट सुन भित्र्याई हाल्छ तेसैले बिगत मा जस्तो ५० ग्राम छुट र बाकी भन्सार तिरेर ल्याउन पाउने सुबिधा हरेक नेपाली नागरिक, ब्यापारी हरुलाई दिदा तस्करी/ चोरी पैठारी अलि नियन्त्रित हुन्थ्यो कि ?

    Reply
  6. kiran joshi says:
    May 30, 2018 at 11:35 pm

    सालोक जी, गहनामा पुरानै बेबस्था भएको के हो ? अनि बिदेशी नागरिक भैसकेको अवस्थामा नेपाल आउदा चाहि के हुन्छ? अलि प्रस्ट संग बताइदिनुभए आभारी हुने थिए |

    Reply
  7. mukunda Thapa says:
    May 30, 2018 at 11:22 pm

    Salokya,sir ,
    अनि त्यो पुरानो नियम ५० ग्राम सम्मको गर गहना ल्याउन पौने नियम यथावत छ कि के हो sir clear गर्दिनु हुन्छ कि ? धन्यबाद

    Reply
    1. Salokya says:
      May 30, 2018 at 11:40 pm

      पुरानो नियम यथावत हुनुपर्ने हो। तर आर्थिक विधेयक संसदबाट पारित भइसकेको छैन। त्यसैले आधिकारिक सूचना आउन बाँकी छ।

      Reply
  8. बिजय says:
    May 30, 2018 at 11:14 pm

    गर- गहनाको के व्यस्था छ सालोक्य ज्यु?

    Reply
    1. Salokya says:
      May 30, 2018 at 11:22 pm

      गहनामा पुरानै व्यवस्था हो। नयाँ केही छैन।

      Reply
  9. सानु says:
    May 30, 2018 at 10:53 pm

    बिदेशबाट फर्किएका नेपाली यात्रुहरु भन्नाले बिदेशमा बसोबास गर्ने नेपाली नागरिकहरु पनि पर्छन कि? कसैलाइ थाहा छ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme