Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी फँसाउँछन् विज्ञापनले तपाईँलाई, विज्ञापनबाट जनता ठग्ने चार उपाय

Posted on May 21, 2018May 21, 2018 by Salokya

विज्ञापनका सम्बन्धमा Jeremy Clarke को एउटा भनाई निकै प्रख्यात छ। उनी भन्छन्-
“Advertising is like an addiction – it can run and ruin your life”

अर्थात् विज्ञापनले तपाईँको जीवन बनाउन पनि सक्छ, बिगार्न पनि। बनाउने विज्ञापनको कुरा गर्दा जागिरकै विज्ञापनलाई उदाहरणका रुपमा लिन सकिन्छ। कसैलाई जागिरको अवसर विज्ञापन हेरेरै जुरेको हुनसक्छ।

बिगार्ने विज्ञापनहरुको बारेमा चाहिँ सचेत हुनुपर्छ है। रमेश बान्तवाले आफ्ना साथीभाइ र परिचितलाई ठग्ने, बिगार्ने चार विज्ञापनको उदाहरण भेट्टाएका छन्।

विज्ञापन नम्बर १ : वैदेशिक रोजगार

एक जना मित्र ‘वैदेशिक रोजगारको सुवर्ण अवसर’ विज्ञापन हेरेर त्यसैको चक्करमा परी तीन लाख नगद र एक वर्ष समयसमेत स्वाहा पारेका छन्।

विज्ञापन नम्बर २ : कलाकार चाहियो

अर्का मित्रलाई अभिनयको निक्कै सोख थियो। ”कलाकार चाहियो ” को विज्ञापन देख्यो कि सम्पर्क गरिहाल्थे। एक दिन एनटिभी टुमा प्रसारण भइरहेको धारावाहिकमा काम गर्न इच्छुक ”कलाकार चाहियो’ ‘को विज्ञापन देखेर सम्पर्क गर्दा तु. आउन भनेछन्।

उनी हतारिँदै पुतलीसडक पुगे। निर्देशकसँग कुरा हुँदा त रोल नै उनैलाई भनेर लेखिएको जस्तो परेछ। सुटिङ भोलि बिहान ५ बजेदेखि हुने पक्का भो।

पहिलो एपिसोडको पारिश्रमिक नपाउने साथै एउटा फर्म भर्नुपर्ने र दस्तुर बापत रु ३५०० तिर्नुपर्ने रहेछ। अनि सुटिंग स्थलमा खानको लागि रु. एक हजार अलग्गै बुझाउनु पर्ने भनेपछि तीन छक्क परेछन्। कहाँ काम गरे बापत् पारिश्रमिक पाउनुपर्नेमा उल्टो आफूले पो व्यहोर्नु पर्ने बुझेपछि अक्क न बक्क भएछन्।

विज्ञापन नम्बर ३ : अंग्रेजी टाइप गर्न जान्ने चाहियो

कम्प्युटरमा हल्का दख्खल भएका अर्का एकजनाले ‘अंग्रेजी टाइप गर्न जान्ने भए दिनको रु. ८०० – देखि एक हजारसम्म कमाउन सक्ने’ विज्ञापन देखे। फोन गरे।
पहिले तीन दिन तालिम लिनु पर्ने भनियो। ल त नि भनेर २५०० बुझाए। तर काम पाउने आशमा बसेको पनि तीन महिना भइसक्यो। तर काम चैँ छैन, दाम चै स्वाहा।

विज्ञापन नम्बर ४ : घरमै बसी काम गर्न सकिने

मेरा एक परिचित जागिरे छन्। दुई सन्तानको लालनपालन एवं घर खर्चको जिम्मेवारी छ। एक्लैको कमाईले धान्न धौ-धौ पर्ने भएपछि श्रीमतीलाई पनि कतै अल्झाउन पाए अलिक सजिलो हुने सोचेर लागे कामको खोजीमा। अनि देखे विज्ञापन ”विदेशी माला बनाउने कामदार चाहियो, घरमै बसी काम गर्न सकिने, बोनस, भत्ता लगायत महिनाको १५ देखि २० हजार”

अनि त के खोज्छस् कानो …..झैँ भो तुरुन्त सम्पर्क गरेपछि ”काम गर्नुभन्दा पहिले तालिम लिनु जरुरी हुने तर सो बापत रु. ३५०० + फर्मको रु. १०० लाग्ने” बुझेपछि चुपचाप छन्।

यथार्थमा तालिमको नाममा रकम असुल्ने र झुलाउने मात्र रहेछ।

यी हुन् विज्ञापनद्वारा हुने ठगीका केही नमूनाहरु जसलाई म ठगी नै हो भन्न रुचाउँछु। तपाईँले पनि यस्तै केही भोग्नुभएको भए तल कमेन्टमा बाँड्नुस् है।

May 18, 2014 मा पहिलो पटक प्रकाशित

2 thoughts on “यसरी फँसाउँछन् विज्ञापनले तपाईँलाई, विज्ञापनबाट जनता ठग्ने चार उपाय”

  1. अब्दुलाह मियाँ says:
    May 23, 2018 at 1:44 am

    घर मै बसी बसी महिनाको १५ देखि २० हजार कमाउने भए किन अरुलाई भन्ने, आफु र आफ्नै नातेदार ले गर्छन, यी सब फटाह हुन्, पत्रपत्रिका ले पनि विज्ञापनमा सम्पादन गर्दैन कि के हो? पैसा दिए भने जे पनि छापिदिने. त्यस्तै अर्को यौन चाहना बढाउने आपतिजनक बिज्ञापन छन् त्यस्ता सन्देस हरुलाई सरकारले प्रतिबन्ध लगाउनु पर्छ.

    Reply
  2. SUN says:
    May 22, 2018 at 4:21 pm

    यसमा अझ छुटेका कुराहरु लेख्नु मन लाग्यो|
    यसै गरि बर्गीकृत बिज्ञापन भनेर पत्र-पत्रिका मा आऊछ नि, तौल बढाउने-घटाउने, उचाई बढाउने, निसुल्क विसा (VISA ), अनि बाटो हरुमा टासेको ” तु कर्मचारी चहियो” … प्राय सबै ठग्ने त हुन् नि|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme