Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशी पासपोर्टप्रति यो कत्रो मोह !

Posted on May 21, 2018 by mysansar

-राजेन्द्र-

British_passport_2002झन्डै सात बर्ष भो बेलायत आको र यी सात बर्षमा मैले भोगेका देखेका कुराहरु यहाँ हरु समक्ष बाँड्न मन लागेको छ।

सुरुका दिनको दु:खको बारेमा कुरा गर्नुपर्दा जो विदेश जाने धेरै जनाले भोगेको हुनु पर्छ, त्यो सम्झिँदा अहिले सपना हो कि जस्तो लाग्छ। आएको भोलिपल्टै नेपाली दाजुले कोठा छोड्न भनेको (उहाँको ससुरा आउने भएर ?), आफ्नो नेपालको मिल्ने साथीले TC खाइदेको, साथी कोठाको भाडा नतिरेर भागेर आफुलाई अलपत्र पारिदेको, काम पाएर साथी भन्दा धेरै कमाउला भनेर काम खोज्नमा असहयोग गरेको, नेपाली रेस्टुरेन्टमा बल्ल भाँडा माझ्ने काम पाउदा नेपालीहरुकै श्रम शोषणको सिकार हुनु परेको।

सुरुका दिनहरुमा भाडा माझ्ने काम देखी लिएर leaflet बाड्ने काम सम्म गरे तर कहिले पनि मैले आफ्नो नैतिकता, आफ्नो देश, आफ्नो भाषा र संस्कार बिर्सिन। हरेक बर्ष नेपाल जाने कोशीश गर्छु र गएको पनि छु। नेपाल मै आएर विवाह पनि गरे अहिले २ सन्तानको बाबु पनि भएँ। आफ्नो बच्चाहरुसँग म नेपाली मै कुरा गर्छु। र उनीहरुलाई पनि नेपाल को बारेमा थाहा दिन बर्ष म कम्तीमा पनि एक चोटि नेपाल लग्ने प्रयास गर्छु र केही हदसम्म सफल पनि भएको छु ।

जे होस दु:ख गर्दै अनुभव बटुल्दै एउटा ठुलो कम्पनीमा अफिस सपोर्टको काम पाएँ र साथसाथै नेपाली हस्तकलाको ब्यापार पनि सुरु गरेँ। मैले काम गर्ने अफिसमा एक दिन cleaner contract परिवर्तन भयो र नयाँ cleaners हरु ल्याइए । तिनीहरु मध्य दुई जना छोटो कद भएका केटा र केटी मान्छे थिए। हेर्ने बित्तिकै मलाई थाहा भइहाल्यो कि तिनीहरु नेपाली हुन्। नेपाली भएकै नाताले उनिहरु सँग मेरो घनिस्थता बढ्यो जुन स्वाभाबिक नै हो र उनीहरुले पनि आफ्न कुरा मसँग राख्न थाले । तिनीहरु दुबै जना एउटै गाउँका हुन् र सँगै आएका थिए। मैले उनीहरुलाई भाइ र बहिनी भनेर बोलाउथे | दुबै जना अती मिहेनती र मिलनसार थिए । ती भाइ र बहिनीले आफ्नो सम्बन्ध कैले दाजु बहिनी त कैले साथी भनेर बताए। तर समय बित्दै जाँदा उनीहरुको घुम्न गएको फोटोहरु हेर्दा उनीहरु ‘विशेष’ साथी हो भनेर बुझ्न धेरै समय लागेन ।

दुबै जना विद्यार्थी भिसा मा करीब २ बर्ष अघि आएका हुन र अब केही महिना मै भिसाको म्याद सकिनेछ। उनीहरुको कलेज पनि निलम्बनमा परेको छ र एक हिसाबले उनीहरु अहिले गैरकानूनी भइसके । अब पर्‍यो भिसा बढाउने समस्या । UK ले अध्यागमन अहिले अति नै कडा गरेको हुनाले पहिले जस्तो work permit भिसा निकाल्नु लगभग असम्भवनै छ । र अहिले यहाँको स्थानीय बासिन्दालाई विवाह गर्ने र कागजपत्र मिलाउने चलन बढेको छ । सके सम्म ब्रीटिश नसके अरु यूरोपियन बासिन्दा (स्मरण रहोस् ब्रिटेन यूरोपेली संघ मा आबद्द भको ले अरु यूरोपियन संघ आबद्द मुलुक को बासिन्दाले ब्रिटिश सरह नै सुविधा पाउछन ।) कसैले पैसा दिएर विवाह दर्ता गर्छन् त कसैले प्रेम जालमा फास्छन ।

हाम्रो भाइले पनि तेही प्रकृया अपनाए। आफु एक्काईस बर्ष को भए पनि ४० बर्ष को पुर्बी यूरोपेली आईमाई लाई प्रेम जाल मा पारे। त्यो आईमाई को १६ बर्से छोरो छ तर एक्ली छिन्। ति आईमाईले भाइलाई उपहारहरु किनिदेको र अरु आत्मिय कुरा हरु को आधार मा यो अनुमान लगाउन सकिन्छ कि ती आईमाईले भाइलाई हृदय देखी नै मन परएकी हुन। मैले भाइलाई सम्झाये तिम्रो उमेर भर्खर को छ ५,६ बर्षा पढाई अथवा कुनै सिपमा लगानी गर्‍यो भने पनि तिमी सँग धेरै समय छ। अहिले हतारमा कुनै निर्णय लिनु हुन्न। र फेरि नेपाल नै फर्केर कुनै काम गरे पनि अबेर भको छैन। र म पनि २/३ बर्षमा नेपाल मै स्थाई बसोबस गर्ने पनि सुनाए। भाइले ‘ कहाँ दाइ, कागज नबनाई नेपाल फर्के भने त कुकुरले पनि हेप्छ ‘ भन्दा म तीन दङ परे । तेस पछी मैले उस्को प्रेमिका को बारेमा कुरा निकाले र म चार दङ तब परे जब भाइले भन्यो ‘ प्रेमिका लाई सब थाहा छ उस्लाई केही आपत्ति छैन बरु मैले उस्लाई पनि गोरा केटा खोज अनि कागज बनेपछी डिभोर्स गरेर हामी दुई फेरि सँगै बस्ने भनेको छु’

हे राम के युग हो यो । के ब्रिटिश पासपोर्टनै संसार को सबै भन्दा ठुलो कुरो हो जो एती सम्मा कदम उठाउन मान्छे तयार हुन्छ । नैतीकता भन्ने चीज कत गयो ? युवा हरुको एस्तो सोचले यो देश लाई भोलि कता पुरयाउला ।

नेपालमा बस्नेहरुले पनि बिदेश बाट खाली हात फर्केका लाई होच्याउन भएन। त्यो उस्लाई मात्र थाहा छ कि बिदेश मा उस्ले कत्रो लडाईं गरेर आको छ। हौसला र सहयोग दिउ ताकी उस्ले बुझोस् यो संसार मा बिदेशी पासपोर्ट भन्दा पनि धेरै महत्वपूर्ण कुरा हरु आफ्नै देशमा छन।

र अन्त्यमा ती भाइको विवाह यही मार्च मा रहेछ तर कसैलाई धोखा दिने स्वार्थमा बन्न लागेको नयाँ सम्बन्धमा सहभागी हुन यो नेपाली स्वावलम्बी रगतमा आट नआएर यदी निम्तो आई हालेको खन्डमा नजाने निधो गरे।

Jan 13, 2014 मा पहिलो पटक प्रकाशित

[यो ब्लग बेलायतबाट माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

3 thoughts on “विदेशी पासपोर्टप्रति यो कत्रो मोह !”

  1. madan man bajracharya says:
    May 25, 2018 at 1:13 pm

    २०४८ पछि आफ्नो बाहेक अरुको सरकार बने तेस्लाई असफल बनाउने “अस्थिरतन्त्र”, नेपालीहरुलाई रोजगारीको अवसर दिने, नेपालमा भारतमा बनेको सामानहरु नबिक्ने बनाउने उद्योगहरु बन्द हुने “बेरोजगारतन्त्र”, पुर्ख्यौलि पेसा गर्ने नेपालीलाई लखेट्ने बिहारीको निमित स्वर्ग बन्ने “बिहारितन्त्र”, पढेर योग्य बन्न चाहनेले पढ्न पनि नसक्ने बनाउने “अन्धकारतन्त्र”, योग्यताको सर्तिफेकेट खोस्रो कागज बन्ने “सिफ़ारिसतन्त्र” लाद्नेको “अफाफतन्त्र” को कारणलेनै नेपालीहरु बिदेशिन परेको हो/

    बिदेशमा पढ गयका नेपालीहरु सबैले आफैले कमायर आफ्नो पढाइ बसाई र खानाको जुगाड गर्नु पर्ने भयकोले उनीहरु मध्य धेरैको पढाई सकाउञ्जेल उमेर ३०/३५ बर्षको भै सकेको हुन्छ/ नेपालमा नेपालमा ३५ बर्ष नाघेकाले सरकारी र सरकारको लगानी भयको संस्थामा रोजगारी नपाउने कानुननै बनेको छ/ त्त् उनीहरुको निमित विदेशको नागरिकता लिने बाहेक अर्को के बिकल्प छ?

    फेरी कम उमेरमा विदेश लागियको र बिदेशमै जन्मेको नेपालीहरुले सुद्ध नेपालि लेख्न र बोल्न सक्दैन/ नेपालमा रोजगारी को निमित लिइने लिखित जाचामा सुद्ध नेपाली लेख नजाने पास बिदेशमा बसे पढेका मात्रै होईन नेपालमै बस्ने जनजाति र आदिबाशीहरु पनि पास नै हुँदैन/ तेस्ताले बिदेशको नागरिकता र पासपोर्ट लिन खोजे दोषी को हो?

    बिदेशमा निश्चित समय सम्म बसेको विदेशीले त्याहाको नागरिकता र पासपोर्ट लियमा उनीहरु आफ्नो देसमा फर्केर त्यहा पाउने पेन्सन आफ्नै देसमा बसेर लिन पाउँछ/ तेस्तो विदेशको नागरिकता र पासपोर्ट लियकोमा पनि बिरोध गर्नु “डाह” बाहेक अर्को के हुन् सक्छ/

    यसो भनेको अर्थ कुनै पनि नेपालीले गलत तरिका र आशयले विदेशको नागरिकता लियकै छैन भनेको होईन/ तेस्ताहरु पनि भयको मैले देखेको मात्रै होईन चिनेको पनि छु/ तर तेस्तो गर्नु नहुने तरिकाले विदेशको नागरिकता लिनेहरु अधिकांस त् सक्कली नेपालि नागरिकता र पासपोर्ट बोकेर विदेश पुग्ने नक्कलि नेपालीहरुनै बढी छन्/

    Reply
  2. Bharat says:
    May 23, 2018 at 4:18 am

    युरोप अथवा अमेरिका जहाँ गए पनि काम गर्न को लागि लिगल हुनु पर्छ. तेस्को लागि भिसा लिनु अथवा तेहाको नागरिकता लिनु स्वोभाविक हो जो पछि त्याग्न पाइनछ. साची एस्तो लेख लेख्ने लेखकको हैसियत के होला?? जान्न पाए म मज्जाले जबाफ दिने थिय.

    Reply
  3. Ajay says:
    May 22, 2018 at 5:49 pm

    aalu jasto arulai samjhaunu vanda afai muntera kehi gare hudaina……US UK gayo jasari huncha tikyo fursad ko bela soche jasto chaina USA, UK vanera blog thokyo….TIME PASS!!!!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme