Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओली केन्द्रीय कमिटीको, प्रचण्ड केन्द्रीय समितिको अध्यक्ष

Posted on May 18, 2018May 19, 2018 by Salokya

एमाले र माओवादी केन्द्र मासिएर अन्डरलाइनवाला नेपाल कम्युनिस्ट पार्टी बनिसकेको छ। यो पार्टीमा दुई दुई जना अध्यक्ष भएको तपाईँलाई थाहै होला। किन भनेर नसोध्नुस्, पिएम ओलीज्युको डाइलग खानुहोला- टेम्पो चलाए जस्तो हो र ! दुई अध्यक्ष आज विघटित पार्टीहरुको केन्द्रीय कार्यालय पुगेछन्। प्रचण्ड धुम्बाराहीमा अनि ओली पेरिस डाँडामा। अध्यक्षको कुर्सी र नेमप्लेटमा दुई जना बसेको नेपालको इतिहासमा नौलो नै भयो। एउटा पार्टीका दुई अध्यक्ष अहिलेसम्म हामीले देखिसुनी आएका छैनौँ। 

फोटोमा मजाले दुई जना कुर्सीमा बसेका छन्। दुवै कुर्सीको पछाडि नयाँ रुमाल पनि राखिएकोछ। नेमप्लेटमा भने ओलीको अक्षर ठूलो फन्टमा प्रचण्डको अक्षर अलि सानो फन्टमा रहेछ।

यो चाहिँ धुम्बाराहीको पुरानो एमालेको कार्यालयमा बसेका दुई अध्यक्ष। यहाँ चाहिँ कुर्सी फरक रहेछ। ओलीलाई ठूलो, प्रचण्डलाई सानो कुर्सी रहेछ। कुर्सी पछाडि रुमाल राख्ने चलन यता रहेनछ उता पेरिसडाँडामा जस्तो।

साँच्चिकै जेटकै दुई पाइलट जस्तै देखिएका छन् ओली र प्रचण्ड।

नेमप्लेटमा अध्यक्षमात्र लेखिए पनि खासमा पार्टीको आधिकारिक दस्तावेजमा भने फरक छ। हिजो जारी गरिएको ६ बूँदे संयुक्त घोषणामा ओलीको मुनि अध्यक्ष, केन्द्रीय कमिटी लेखिएको छ भने प्रचण्डको नाममुनि अध्यक्ष, केन्द्रीय समिति लेखिएको छ।

किन यस्तो भयो त ?

एमालेले पहिलेदेखि आफ्नो केन्द्रीय कमिटी नै भन्दै आएको छ। माओवादी केन्द्रले भने केन्द्रीय समिति भन्ने गरेको थियो। कमिटी र समिति भनेको एउटै हो , अङ्ग्रेजी र नेपालीमात्र फरक हुन्। अब एउटै पार्टी भइसकेपछि कमिटी भन्ने हो कि समिति? बिस्तारै थाहा हुनेछ।

 

11 thoughts on “ओली केन्द्रीय कमिटीको, प्रचण्ड केन्द्रीय समितिको अध्यक्ष”

  1. Ram Thapa Magar says:
    May 22, 2018 at 7:45 am

    साथि हरु
    देश लाइ स्थायित्व चाहिएको छ/ अहिले सम्म के पी ओली ले गर्छु भनेका छन्/ एक दुइ वर्ष त
    लाग्छ त काम गर्न लाई, त्यस पछि पनि परिणाम आएन भन्ने कुरो ठिक हो/ मान्छे लाइ केहि गर्छु भन्दा येत्रो अट्टहास किन/ हामि आम नेपाली को नकारात्मक बिचार गर्न न छोडे सम्म देश बिकास सम्बभ छैन/ लच्क्षण राम्रै देखिन्छ त/ सबै कुरा कांग्रेसी आखाले नहेरौ / पार्टी को पछिलाएर केहि हुने देखिदैन/ जसले राम्रो गर्छ त्यस लाइ निस्पक्ष आखा ले हेर्दा राम्रो हुन्छ/ सरकार ढालेर अस्थिर सरकार बनाएर आम जनता लाइ केहि फाइदा छैन/ फाइदा नेता लाइमात्र हुने हो/

    Reply
  2. madan man bajracharya says:
    May 21, 2018 at 10:48 am

    शंकरज्यु,
    राजनीतिमा हुने भ्रस्टाचार नागरिक र रास्त्रियता माथि बलात्कार हुन्छ जस्तो त् लाग्छ/ तर किटेरै भन्न अख्तियारको गोदाममा धमिराले अनुसन्धान गर्दै गरेको करोडौं अरवौंको घोटाला भयको फाईलहरु नै हेर्नु पर्ने भयकोले………/

    Reply
  3. पृथ्वी says:
    May 21, 2018 at 12:19 am

    सबै लाई थाहा छ एमाले कम्युनिस्ट पार्टी नै हैन, खसी को टाउको देखाएर कुकुर को मासु बेच्ने कसाही हो, अर्थात कम्युनिस्ट को मुकुण्डो ओढेर पुजिबाद को प्रिस्ठपोशण गर्ने पार्टी हो, एस्तो ढुल्मुले एमाले मै पलायन हुनु थियो भने १० बर्से जनयुद्ध किन गरेको? यस्तो पो रैच प्रचन्ड पथ !

    Reply
  4. Shankar says:
    May 20, 2018 at 10:01 pm

    मदन ज्यु
    देश मा जताततै भ्रास्ताचार ब्याप्त छ , जहा पनि चिनेजानेको मानिस छैन भने र पहुच्वाला छैन भने सानो काम पनि हुन् गाह्रो छ | यो अबस्था मा सुधार आउनु पर्ने हो | तर झन् हिजो भन्दा पनि यो रोग झन् बढेको छ |
    तेस्तै पुरा काठमान्डू , भादगाउ , पाटन सहरी एरिया भू माफियाको प्लाटिंग र अब्यबस्तित सहरीकरण ले अस्तव्यस्त छ |हिजो डेरामा बस्ने मानिस हरु आनाको २५ लाख तिरेर आर्को एक डेढ करोड खर्च गरेर भ्यब्य घरहरु बनाएको छ | एउटा सामान्य पियन र कर्म चारिको पनि येस्तै भ्यब्य महल हरु पो ठडिएका छन् | त् गणतन्त्र आएको केहि समय मै देश को आर्थिक अबस्था येति बिघ्न सुध्रिएको हो त् ?
    मेरो देश को अध्यान ले त् के देखायो भने , आम जनता , कर्मचारी , सिक्ष्यक सब ले आफ्नो आफ्नो तरिका अपनाएर देश लाइ लुटेको छ |
    कसैलाई मतलब छैन , त् एस्तो जनतालाई नेतृत्त्व गर्ने नेता कस्तो होला ? के अपेक्ष्या गर्न सकिन्छ ?
    हो गणतन्त्र पछि धेरै सडक हरु चौडा पारिए , नया नया मार्ग खुले , रेल को कुरा भैरहेको छ त्यो चै पोजितिब साइड भयो |
    देश को स्पस्ट पररास्ट्र नीति , सिमाना को कुरा , भारत सग ब्यापार घाटाको कुरा अब सायद यी दिल्ली पुजक बाट कहिले हुदैन |
    भर्खर मोदी नेपाल आउदा प्रदेश नम्बर 2 को मुख्यमन्त्री लालबाबु राउत ले आफ्नो बा
    सग घुर्की लगाएको जस्तो नेपाल सरकारको कुरा लगायो | नेपाल नेपालि बाट पर पर गएको भान हुदैछ |
    देश मोटाएको न भै कतै सुन्निएको त् हैन ?

    Reply
  5. madan man bajracharya says:
    May 20, 2018 at 9:56 am

    शंकरज्यु,
    दिल्ली सम्झौता गरेर नेपालमा परिबर्तन खोज्नेहरु दिल्लीकै नोकरहरु भयको र तेस्ताले कुनै पनि नाम दियर लादेको शाशन ब्यबस्था मात्र नेपालमा “जय भारत तन्त्र”नै भयको स्पस्ट देखियकै कुरा हो/ तेस्ताले “भारत मुर्दावाद” भनेको पनि नेपालिलाई झुक्यायर “जय भारत” भन्नेकै सरकार बनाउन मात्रै भयको कुरा बारम्बार नै देख्दै आयकै कुरा हो/ तेसैले अहिले हामीले देखेको परिबर्तनको बास्तविकता तेस्तै नेपालि झुक्याउने खेल नै हो वा होईन भन्न त् सक्दैनौ; तर उनीहरुले गरेको भनेको कुराहरु देखेर सुनेर हाम्रो नेपाल भन्नेहरु “ढुक्क” हुन् पनि सकिरहेको छैन/

    मित्र शंकरज्यु, मैले यसो भन्नुको २ आधारहरु छन्:
    ०१. भारतको स्वार्थमा बाधक बनेका कुनै पनि नेपालको सत्तामा त्आ के पार्टीमा पनि टिक्न दियको छैन/ नेपालमा प्रधानमन्त्रि बने पछि भारत सिट भय गरेको असमान सन्धि खारेज बा संसोधन गर्ने र नेपालको अर्को ठुलो श्रोत भारतलाई नबुझाउने कुनै हामीले देख्ने मौका आज सम्म पनि पायको छैन/ उदाहरणको रुपमा दिल्लीमै गयर सन१९५०को सन्धि खारेज गर्नु पर्ने भन्ने अस्पतालको बेडमै बसेर राजिनामा गर्नु पर्ने बनायको र आफ्नै पार्टीले “हुँदैन” भनेको अरुण तेश्रो सन्धि भारत सितै गरेकोलाई लिन सकिन्छ/
    ०२. उहिले भारत सिट भयको असमान सन्धि टिकाउन नेपालमा स्थिर र बलियो सरकार बन्न नदिनेलाई अहिले तेस्तै सन्धि टिकाउन २/३ बहुमत भयको सरकार चाहियको अबस्थामा भारतले भने जस्तैको संबिधानमा संसोधन नगर्ने यमालेको बिरोध गर्ने मावोबादी मिलेको २/३ बहुमतको सरकार बनेकोछ/

    यसैले अहिले “इनिहरुले भारत सन्धि अनुसार पालना गर्नु शर्तहरु पनि पालना नगरेको सन् १९५०को सन्धि लगायत कोशी गण्डकी महाकाली सन्धिहरु सच्याउने र कालापानी बात भारतलाई हटाउने प्रयाश गर्छ बा गर्दैनन् भन्ने कुरा स्पस्ट नगरुन्जेल इनिहरु बात हामि आसा मात्रै गर्न सक्छौं बिस्वाश चाहि ……./

    Reply
  6. Shankar says:
    May 19, 2018 at 7:56 pm

    दुइटा जड्याहा हरु हातेमालो गर्दै जाड खान संयुक रुपमा भट्टी छिरे, एक आपस मा प्रगाड मित्रता देखाए | पैसा तिर्ने बेला मा पनि म तिर्छु , हैन म नै तिर्छु भन्दै मित्रता को अगाडी पैसा तुछ्ह चिज हो भने जस्तो पनि गरे |

    जब नसा ले छुदै आयो , घमण्ड ले आफ्नो रुप देखाउन थाल्यो , को हो त्यो भन्ने नौबत आयो | तेस्पछि महाभारत सुरु भयो |

    भन्नाले जब सम्म गुरुले पाठ्सालामा सिकाएको ल है साथि साथि मिलन पर्छ भन्ने पाठ सम्झिन्छ | तब साम्म मिल्छ , जब नसाले छुन्छ तेस्पछि सत्यानास |

    Reply
  7. दिपक says:
    May 19, 2018 at 7:38 pm

    हेर्दै जाउँ, यो नाटकको परिदृश्यहरु पनि आउदै जानेछन| नाटक केभनौ, बरु नौटंकी सही|
    सत्ता र पावरको फेवीकोलले कैले सम्म अढाई राख्ने हो? नाम चै कम्युनिष्ट भनिछ तर सही अर्थमा कम निष्ट वा कम निष्ठावान हो क्यारे|
    कांग्रेस, राप्रपा र मधेसी दलबल सहितको गठबन्धनको सरकारले चुनाव अघि र चुनाव सकिए लगत्तै पछि डेढ महिना जति बबाल नै गरे|
    स्वास्थ्य र अर्थ मन्त्रालयमा यति कुढो र फोहोर थुपारे, अहिलेको सरकारले बढारने सामर्थ्य र कटिबद्धता देखाएको छैन|
    भारत भ्रमण, त्यसपछि भारतका नेताको भ्रमण, पार्टी एकता ( कि ए! कता?), सिण्डिकेट भंग, र अब चीन भ्रमण होला, त्यस्तैमा जनतालाई कैले सम्म अल्झाई राख्ने हो?
    जनतालाई राहत मिलने खालका कार्यक्रम ल्याएर कार्यन्वयन गरेको खोइ त?
    कांग्रेसको लुतेपनले गर्दा मात्र सरकार टिकेको हो, यति गति, यै ताल र चाल भने अबको दुई बर्षमै चुनाव नहोला भन्न पनि सकिदैन|
    भ्रष्टचार टोटल्ली निवारण गर्ने नीति र कार्यक्रम ल्याउन्पर्यो कमनिष्टज्यु हरु| सुशासन चाहियो|
    अहिले पनि कामचोर ढिलासुस्ती अल्छी कर्मचारीहरु टन्नै छन| स्वास्थ्य सेवा विभागमा हेर्नुस, ५०% कर्मचारी घटाए हुन्छ| सबैले आआफ्नो अड्डा जमाएर बसेका छन| खरिद र आपूर्तिमा बबाल छ, बबाल|तर सबै सेटिङ्ग मिलाएर ढाकछोप गर्छन|
    सेवाग्राही प्रतिको दायित्व के हो, नौलो परिपाटीमा काम गर्नु आवश्यक छ, जसले गर्दैनन्, घर पठाइनु पर्छ|
    कर्मचारी युनियन तुरन्त खारेज गरिनपर्छ| सेवा सुधारमा यो विशाल अवरोधक हो | होला त हिम्मत सरकारमा युनियन खारेज गर्ने? पांच बर्षे स्थायी सरकारले यो काम गर्न सक्नु पर्यो त्यही पारामा जसरि यातायातको सिण्डिकेट तोडियो|

    Reply
  8. आनन्द says:
    May 19, 2018 at 9:41 am

    सबै फोटोहरुमा प्रचण्डको अनुहार निन्याउरो देख्न सकिन्छ । प्रचण्डले कँहा आएर फसियो भनेर मनमनै विलाप गरेको प्रष्ट छ । ओलीले बल्छी मा ठुलै माछो फसायका छन ।

    Reply
  9. dhanbahadur says:
    May 19, 2018 at 7:00 am

    कमिटी र समिती को कुरा ले झुक्याउने खेल मात्रै हो / यिनीहरु पक्का यो ठानेको छ कि नेपाली जनता लाई खालि झुक्याएर राख्ने हो/ बस यिनी हरुको राजनीति येही हो/ जब नर्कमा येमराज ले खेदो खन्छ अनि थाहा हुन्छ /

    Reply
  10. madan man bajracharya says:
    May 18, 2018 at 11:00 pm

    यो कुराले नीतिगत रुपमै दुई पार्टीहरुको संगठनहरु मात्रै मिलेको तर निर्णायक भूमिका भयको नेताहरु पनि मिल्ने बा मिलाउने प्रक्रिया झैँ पूर्ण नभयको देखाउंछ/ तेसैले इनिहरुको पार्टी यकिकरन सबै बामपन्थी दलहरु बामपन्थी नीति अन्तर्गतनै संगठित हुन् गरेको हो वा कांग्रेसलाई यक्लाउन बा लोकप्रियता खस्कंदै गयको बामपन्थीले अर्को बामदलको अकासिन्दै गयको लोकप्रियताको फाइदा उठाउन गरेको हो त्यो स्पस्ट हुन्छ/

    Reply
  11. सागर says:
    May 18, 2018 at 10:43 pm

    कमिटी ठुलो कि समिति ठुलो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme