Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सजिलो पातलो ‘स’ छाडेर अन्डरलाइन पार्टी दर्ता

Posted on May 17, 2018May 18, 2018 by Salokya

देशमा अब तीन वटा नेपाल कम्युनिष्ट पार्टी भए। एउटा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भइहाल्यो। अर्को ऋषिराम कट्टेलको पहिल्यै दर्ता भएको। अनि आज एमाले र माओवादी विघटन भएर बनेको पार्टी। पहिल्यै दर्ता भइसकेको नाममा अर्को पार्टी कसरी दर्ता हुनसक्छ? त्यही भएर नयाँ नामका विकल्पहरु दिएको थिएँ यो ब्लगमा- अर्कैले दर्ता गरिसक्यो नेपाल कम्युनिष्ट पार्टी, एमाले र माओवादीलाई यी छन् नाम राख्ने ५ विकल्प तर आज ओली र प्रचण्ड निर्वाचन आयोगमा दल दर्ता गर्न जाँदा अन्डरलाइन नाम राखेर पो दर्ता गरेछन्। मतलब नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगले आज निकालेको विज्ञप्तिमा अन्डरलाइन नाम नै लेखिएको छ।


तर अब यो अन्डरलाइन कसरी लेख्ने भन्ने समस्या छ। अनलाइनमा विशेष गरी फेसबुक र ट्विटरमा अन्डरलाइनमा युनिकोड अक्षर लेख्न सकिन्न। अनलाइनमा पनि लेख्न झण्झटिलो नै छ।

यही विषयमा लेख्दा नवगठित पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले १५ दिनसम्म कानुन बमोजिम नाम सच्याउने, मिलाउने समय हुने भएकोले सजिलो नाम नै बनाउने जानकारी दिइन्।

१५ दिन सम्म कानुन बमोजिम सच्चाउने मिलाउने समय छ लेख्न गार्हो भयो भनेर चिन्ता नगर्नुस । हामी सजिलो नै बनाउँछौं।

— Ram kumari Jhakri (@Jhakri_didi) May 17, 2018

सजिलोको लागि हो भने पातलो ‘स’ राखेर नेपाल कम्युनिस्ट पार्टी नाम दर्ता गरे नै हुन्छ। किनकि अहिले दर्ता भएको पार्टीमा पेट काटेको ष राखिएको छ- नेपाल कम्युनिष्ट पार्टी। अन्डरलाइनको विकल्प यही हुनसक्छ। नभए ऋषिराम कट्टेललाई नै पार्टीमा ल्याए भइगयो।

हाललाई नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छैन। दलले दर्ताको निवेदनमात्र दिएको हो। निर्वाचन आयोगले कागजात अध्ययन गरेपछि बल्ल दर्ता गर्नेछ। त्यसपछि बल्ल पार्टीको नाम आधिकारिक हुनेछ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पहिले नै आयोगमा दर्ता भइसकेको नाम भएमा दल दर्ता नहुने व्यवस्था गरेको छ-

नयाँ पार्टीको संरचना यस्तो

नेपाल कम्युनिस्ट पार्टीमा ९ जनाको सचिवालय अर्थात् हाइकमान्ड हुनेछ

  • केपी शर्मा ओली, अध्यक्ष
  • पुष्पकमल दाहाल, अध्यक्ष
  • माधवकुमार नेपाल,
  • झलनाथ खनाल,
  • वामदेव गौतम,
  • नारायणकाजी श्रेष्ठ (प्रवक्ता)
  • ईश्वर पोखरेल,
  • रामबहादुर थापा
  • विष्णु पौडेल (महासचिव)स्थायी कमिटी ४५ सदस्य

केन्द्रीय कमिटी ४४१ सदस्य

5 thoughts on “सजिलो पातलो ‘स’ छाडेर अन्डरलाइन पार्टी दर्ता”

  1. tara bahadur says:
    May 19, 2018 at 4:01 am

    बुद्दि भए पो सबै विचार गरेर दर्ता गर्थ्यो. बुद्दि छैन खाली जोक हान्यो कार्यकर्ता हसायो
    आफैले आफै लाइ बढी स्मार्ट सम्झ्यो भने येस्तै हो

    Reply
  2. madan man bajracharya says:
    May 18, 2018 at 10:39 pm

    यकिकरण जस्तो ठुलो निर्णय गर्ने दलका नेताहरुले अरुले दर्ता गरिसकेकै नाम किन रोजे भन्ने कुराले सबैलाई अचम्भित तुल्याउञ्छ/ भोट दिने बेला नाम उस्तै उस्तै भयमा जित्ने हार्न पनि सक्ने उदाहरनहरु प्रशस्त हुँदा हुँदै पनि तेस्तै नाम रोज्नु के मात्र सयोग मात्रै हो र भने?

    अहिले यकिकृत भयको पार्टीको केन्द्रिय कमिटीमा यमालेको सदस्य केहि संख्या मात्रै मावोबादीको भन्दा बढी छ जवकि जनयुद्ध काल देखि मावोबादिहरु सानो तिनो मतभेदमा पनि विभाजित हुँदै भिन्न भिन्न नाम राखेर अर्को पार्टी खोलेर बसेको छ/ तिनीहरु कुनैको नीति पनि यमालेको नीति सिट मेल खाँदैन/ प्रचंद्रले उनीहरुलाई पनि मिल्न आउन निमन्त्रण गर्दै आयकै छ/ त् तिनीहरु कुनै पनि बेला अहिले यकिकृत भयको दलमा मिल्न आउन पनि सक्छ/ तेसो भयमा यकिकृत भयको पार्टीमा यमालेको प्रतिनिधिहरु मात्रै होईन यमालेको नीति समेत ठुलै अल्पमतमा पर्ने हुन्छ/ मावोबादीको यकिकरनको प्रस्ताव स्विकार्ने बेला यमालेले यो कुरामा ध्यान पुर्यायको भय विभाजित भयको मावोबादिकाले दर्ता गरेको नाम नै रोज्ने थियन कि जस्तो लाग्छ/ मैले यसो भन्नुको कारण यमाले सबै कुरामा ठिक हो भनेको होईन उसले पनि गल्तिहरु गरेको छ तर कांग्रेस र मावोबादिले गरे जस्तै …….

    Reply
  3. सङ्कल्प पोख्रेल says:
    May 18, 2018 at 1:41 pm

    हण मलाई पनि नेपालमा रेपुटेट कम्पनीको नाममा अन्डरलाईन राखेर कम्पनी दर्ता गर्न मन लागो पाइएला कि नपाइएला!!!

    Reply
  4. rabin says:
    May 17, 2018 at 11:49 pm

    महासचिब भन्दा प्रबक्ता ठुलो हुने रैछ? हाइ कमाण्ड त तेस्तो पो देखियो

    Reply
  5. Basu Shrestha says:
    May 17, 2018 at 11:19 pm

    मैले हिजैमात्र फेसबुकमा एउटा स्टाटस राखेको थिएँ | त्यो के भने अब कट्टेलसँग डोमेन नाम किने जस्तै किन्नु पर्यो, कि उनलाईपनि एकीकृतभित्र ल्याउनु पर्यो | नत्र त यो अण्डरलाइन, एबोभ लाइनले पछि दुख दिन्छ हौ | हुन त झाँक्रीजीले चिन्ता नलिनु भन्नु भयो | तर मनले माने पो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme