Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्कैले दर्ता गरिसक्यो नेपाल कम्युनिष्ट पार्टी, एमाले र माओवादीलाई यी छन् नाम राख्ने ५ विकल्प

Posted on May 17, 2018 by Salokya

हुन्छ, हुँदैन। हुन हुन लाग्यो, हुँदै हुन्न। अब हुनै लाग्यो, अब झन् दूरी बढ्यो। यस्तै यस्तै अन्यौलका बीच मंगलबार प्रधानमन्त्री केपी ओलीले चुनौति दिए पत्रकारहरुलाई- एक जना यता फर्किएको, एक जना उता फर्किएको फोटो हालेका छन्। भोलि हेर्न आए हुन्छ कता फर्किएका छन् भनेर। दुई दिनको समय दिएर एकता हुन्छ। कार्यकर्ता पत्रकारहरुलाई समेत सुइँको नदिएर अन्ततः आज जेठ ३ मा पार्टी एक हुने र निर्वाचन आयोगमा दल दर्ता गर्ने भनिएको छ। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने भनेर त फागुन ७ गते कै  सहमतिमा उल्लेख थियो। तर समस्या के भने यो नामको पार्टी  त निर्वाचन आयोगमा पहिले नै दर्ता छ। दर्ता नम्बर ५७-२०७४/५/१०। 

निर्वाचन आयोगको आधिकारिक पत्र अनुसार यो दललाई घन कोदालो चुनाव चिह्न प्राप्त भएको छ। दलका अध्यक्ष ऋषिराम कट्टेल हुन्।

त्यसो त नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीको नाम पनि नेपाल कम्युनिष्ट पार्टी नै हो। तर यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको छैन। त्यसैले नाममा कन्फ्युज भए पनि कानुनी रुपमा यसले कुनै समस्या ल्याउँदैन।

त्यसो भए अब एमाले र माओवादी एक भएर बनाउने पार्टीको नाम चाहिँ के राख्ने त? उतिबेलै यो कुरा उठ्दा नेताहरुले यो ठूलो समस्या नरहेको बताएका थिए।

हुन पनि झण्डै दुई तिहाई बहुमत भएको सरकारले संविधान त परिवर्तन गर्न सक्ने ल्याकत राख्छ भने जाबो निर्वाचनमा दल दर्ता गर्ने नियम सियम सजिलो बनाउनु ठूलो कुरा हैन। तर पनि कानुनमा केही कुरा मिलाउन त पर्‍यो।

यी हुन् विकल्प

१) राजनीतिक पार्टीको पुरानो दर्तालाई मान्यता नदिई फेरि नयाँ दर्ता खोल्ने। फर्स्ट कम फर्स्ट सर्भ आधारमा। दर्ता खुल्ने दिन सबैभन्दा पहिला लाइनमा बस्न पठाउने। पहिलो नभए पनि त्यसो भएपछि मिलाउन मिलिहाल्यो।

नाममा विकल्प

यदि त्यसो गर्न कानुनी रुपमा सम्भव भएन भने नाममा पनि यता उता गरेर मिलाउन सकिहालिन्छ। केही विकल्प यस्ता छन्-

१) नेपाल कम्युनिस्ट पार्टी

दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हो। अब दर्ता गर्दा नेपाल कम्युनिस्ट पार्टी बनाए हुन्छ। पेट काटेको ‘ष’ र पातलो ‘स’ फरक भएपछि टेक्निकल रुपमा पार्टी दर्ता हुन्छ। पहिले पनि मोटो मशाल र पातलो मसाल नामको पार्टी अस्तित्वमा रहेकै हो क्यारे। फागुन ७ को सहमतिमा पनि नाम त पातलो स वाला नै छ हेर्नुस्-

२) नेपाल.कम्युनिस्ट पार्टी राख्ने

त्यसरी पातलो ‘स’ वाला विकल्प मिलेन भने थोप्लो राख्न सकिन्छ। नेपाल डट कम्युनिस्ट पार्टी।

३) नेपाल_कम्युनिस्ट पार्टी राख्ने

थोप्लो राख्न नमिले अन्डरस्कोर पनि राख्न सकिन्छ। इमेलहरुमा हुन्छ नि नेपाल_कम्युनिस्ट पार्टी।

४) अङ्ग्रेजीमा कम्युनिस्ट पार्टी अफ नेपाल राख्ने

५) नेपालकम्युनिस्टपार्टी राख्ने

नाममा स्पेस नै नराख्ने।

सबभन्दा उत्तम विकल्प र कानुनी रुपमा सहज भने पातलो ‘स’ वाला नै देखिन्छ। निर्वाचन आयोगको आधिकारिक कागजमा समेत दर्ता भएको पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ छ। अब दर्ता गर्दा ‘नेपाल कम्युनिस्ट पार्टी’ गरिदिन कुनै अप्ठेरो देखिन्न।

बरु वेबसाइट बनाउन चाहिँ समस्या हुने देखिन्छ। किनकि nepalcommunistparty.org त गएको फेब्रुअरीमा नै नारायण थापाको नाममा दर्ता भइसकेको छ।

 

2 thoughts on “अर्कैले दर्ता गरिसक्यो नेपाल कम्युनिष्ट पार्टी, एमाले र माओवादीलाई यी छन् नाम राख्ने ५ विकल्प”

  1. पृथ्वी says:
    May 21, 2018 at 12:25 am

    “नेपाल सुकुम्बासी पार्टी” हैन बोरु “नेपाल हुकुम्बासी पार्टी” वा “पुजिपती पार्टी” भनेर नाम राखे हुन्छ किनकी तेसो भने पछी इमान्दारितापुर्वक काम र नाम मिल्छ

    Reply
  2. Pingback: सजिलो पातलो ‘स’ छाडेर अन्डरलाइन पार्टी दर्ता « Mysansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme