Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेसबुकमा भूकम्प आतंक : नेपालीहरुले तीन वर्ष पुरानो ‘मार्क्ड सेफ’ चलाएपछि फेसबुकै हैरान

Posted on May 15, 2018 by Salokya


तपाईँले आज दिनभर याद गर्नुभो होला, तपाईँका साथीहरुले नेपालको भूकम्पमा सुरक्षित छु भन्दै ‘मार्क्ड सेफ’को नोटिफिकेसन तपाईँको फेसबुक नोटिफिकेसनमा धमाधम आएको। एकछिन त नेपालमा फेरि भूकम्प पो आएको हो कि जस्तो पनि लाग्यो होला। तर हैन, हाम्रा नेपाली फेसबुके वीरहरुले काकडभित्तामा भए पनि काठमाडौँमा भएको विमान दुर्घटनामा सेफ मार्क्ड गरेको देखिएकै थियो, हुँदाहुँदा अब त तीन वर्षअघि आएको भूकम्पमा आज बल्ल सेफ छु भनेर समेत मार्क गर्न थाले। एउटा दुइटा भए पो, हुरुरु नेपालीहरुले यसरी मार्क गर्न थालेपछि शायद फेसबुकै आत्तिएको जस्तो लाग्यो।

त्यही भएर होला, मंगलबार अमेरिकी समय अनुसार बिहान (नेपाली समय अनुसार राति) फेसबुकले यो इभेन्ट नै हटाइदियो। अहिले त्यसमा क्लिक गर्दा यस्तो देखिन्छ

मान्नै पर्छ नेपाली ‘वीर’हरुलाई। उनीहरुको कारण फेसबुकले आफ्नो लुपहोल सुधार्न पायो।

खासमा फेसबुकले यस्तो क्राइसिस रेस्पन्स भर्खरको कुनै क्राइसिसबारे जानकारी पाउनका लागि बनाएको फिचर हो। यसमा आफ्ना साथीभाइ वा चिनजानकाहरु सुरक्षित भएको जानकारी दिने, प्रभावित क्षेत्रमा सहयोग माग्ने, दिने, डोनेसन दिने आदि कामका लागि यो सुरु गरिएको हो।

नेपालमा तीन वर्षअघि वैशाख १२ गते आएको भूकम्पमा यस्तो क्राइसिस रेस्पन्स खुला गरिएको थियो। वैशाख २९ गते अर्को भूकम्प आएपछि त्यतिबेला पनि क्राइसिस रेस्पन्स खुला गरिएको थियो।

यस्तो क्राइसिस रेस्पन्स पेज कति समयसम्म खुला गर्ने भन्ने नीति शायद् फेसबुकले बनाएको थिएन। त्यसैले हामी नेपालीहरुमध्ये कुन चाहिँ चकचकेले पुरानो क्राइसिस रेस्पन्स चलाइदियो। त्यसपछि उसको साथी, साथी हुँदै माथि माथि पुगेर एउटा लहरै आइदियो।

अब भने कति पुरानो क्राइसिस रेस्पन्सलाई कायम राख्ने भन्ने विषयमा शायद् फेसबुकले चेत्यो होला।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme