Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदीको अभिनन्दनमा गाइएको एउटा वाहियात गीत

Posted on May 15, 2018 by Salokya

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नेपालमा मात्र हैन भारतमा समेत विवादमा परेको छ। कर्णाटकको चुनावको पूर्वसन्ध्यामा दुई दिने तीर्थयात्रामा आएका मोदीलाई दुवै दिन भाषण गर्ने सेड्युल मिलाउने नेपाली परराष्ट्र मन्त्रालय थियो कि भारतको सेटिङ थियो, बुझ्न बाँकी छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा नगरवासीका तर्फबाट भन्दै नगरवासीलाई मात्र हैन पत्रकारलाई समेत निषेध गर्दै शनिबार साँझ भारतीय प्रधानमन्त्रीलाई अभिनन्दन गरियो। त्यो कार्यक्रमको सुरुमा प्रमुख अतिथि मोदीको स्वागतमा एउटा गीत गाइएको थियो। गीत तपाईँले सुन्नुभयो कि भएन? नसुन्नुभएको भए तपाईँको आधा जिन्दगी खेर गयो। सुन्नुस् र गीत यस्तो पनि हुन्छ भनेर थाहा पाउनुस्।

प्रकाशगम्भीर सिंह रायमाझीको रचना, संगीत भुपेन्द्रजंग रायमाझीको अनि रामा मण्डल, विजयनारायण मानन्धर, मनीषा पोखरेल र रविना सिंहले गाएको गीतको बोल थियो, ‘जसरी पानीसँग पानी मिल्छ, मित्रतामा हातसँग हात’

हैट के तुलना गरेको होला यो- पानीसँग पानी मिल्छ त कहीँ, पानीमा पानी त मिसिन्छ पो त। अनि पानी मिल्नेसँग हात मिल्ने तुलना कसरी हुन्छ? हात मिलाउँदा एउटा हातले अर्को हातलाई च्याप्प समाउँछ अनि माथि तल हल्लाउँछ। पानीसँग पानी मिल्दा यस्तो हुन्छ त? मेटाफर पनि चाहिने कुरामा प्रयोग गर्नु नि।

गीतको अर्को अंश छ- ‘नेपाल भारतको सम्बन्ध छ शताब्दीदेखि साथसाथ।’

पानी, हात र साथसँग केको सम्बन्ध होला कुन्नि। हात र साथ उच्चारण गर्दा उस्तै सुनिएकोले हो कि ! त्यसो हो भने पानीको कुरा किन जोड्ने नि।

शब्द एउटा लेख्या छ, त्यसलाई राम्रो लय बनाउनु छैन, खरर वाचन गरेको छ, बाजा बजाएको छ, यस्तो पनि गीत हुन्छ? र्‍याप गीत बरु लयमा हुन्छ यसमा त र्‍याप शैलिमा छिट्टै उच्चारण मात्र गरिएको छ।

अझ रमाइलो त गीतको बीचमा एक पटक ‘बल्ले बल्ले’ ‘अह अह’ समेत गर्छन्। मोदीलाई रिझाउनका लागि होला। त्यसो हो भने पन्जाबी बल्ले बल्लेको साटो गुजराती सांवरियो रे मारो गाएको भए हुने नि !

सुन्नुस् है यो नमूना गीत

16 thoughts on “मोदीको अभिनन्दनमा गाइएको एउटा वाहियात गीत”

  1. pralhad says:
    May 25, 2018 at 3:01 am

    नेपाल भारत को
    नेपाल भारत को ?? त्यसपछि को सब्द धेरै पर छ |

    Reply
  2. sisir says:
    May 17, 2018 at 3:44 pm

    गीत त वाइयत छँदै, साथमा lyrics, music n singer हरु पनि सबै बिराटनगर तिरका राष्ट्रबादि पार्टीकै खाती कर्याकर्ता हरु पो रहेछन। जय राष्ट्रवाद ।

    Reply
  3. madan man bajracharya says:
    May 16, 2018 at 8:47 pm

    साथि बासुज्यु,
    प्रदेश नम्बर २काले “नेपालको विभेदकारी संबिधान बिरुद्धको संघर्ष जारि नै छ” भनेर मोदीलाई गरेको स्वागत चाकरीको पराकास्था भन्दा उनीहरुको नेपालको संविधानलाई नै तराईलाई नेपाल बात मधेशीको मात्रै मधेश प्रदेश बनाउंदै “सिक्किम” नै बनाउने षड्यन्त्रमा साथ् दिने मोदी प्रति व्यक्त गरेको “कृतज्ञता” पनि हो/

    तर ओलीले गरेको स्वागत भित्र अर्कै केहि कुरा भयको यमालेले बिरगंजको पुल पारि बसेर नेपालमा नाकावन्दी गराउने मूल “हिरो” राजेन्द्र महतोलाई चुनावमा जिताउन सघायको र पहिला यामाले आफैले बिरोध गरेको अरुण ३को आयोजना सदनमा प्रस्तुत समेत नगरी भारतलाईनै बनाउन दिने गरेको निर्णय आदिले संकेत गर्छ/

    ओलीले नेपालीको बहुमत उसले रास्त्रवादी कुरा गरेकोले पायको हो; ओली मनपरेको फिल्मको हिरो जस्तै भयर होईन/फिल्मको हिरोगिरि मात्र कसै बात निर्देशित अभिनयको जादुगरी हो/ मोदीको भ्रमणमा ओली अलि बढिनै “फिल्मी” बनेको लाग्छ/ अहिले देखियको कोहि हारेको कोहि जितेको र कोहि मिलेको, कानको पर्दानै झनझनाउने गरि कोहि गर्जेको हिजो यक अर्कोलाई लात हान्न खोज्नेहरु आज अनागालोमा बाँधेको आदि कुराहरु सबै हाल भित्र चलचित्र सुरु हुनु भन्दा अघि देखाउने ट्रेलर र बिज्ञापन जस्तै मात्र भयको देखिन्छ/

    Reply
  4. bhai raja says:
    May 16, 2018 at 5:15 am

    क्या ताल. के खाएर नागरीक अभिनन्दन हुनु? हावा ताल मा चाकरी बजाएको छ, हावा तालमा गीत लेखेको छ अनि जे पायो त्यही नाटक गरेको छ | जसको लागि यत्रो अभिनन्दनको नाटक भईराखेको छ उसैलाई वाक्क लागिसक्यो छेउ न टुप्पोको चाकरी सुन्दा | यो त घरमा लाहुरबाट भर्खर फर्केका बाऊ आए जस्तो पो भयो त….सारा बच्चाबच्चीहरु पापा खान पाइने भईयो भनेर वोरिपरी लागेर बसेका जस्ता. इसस भयो स्वाभिमानी देश. गाउदैमा हुने भए त ” सारे जहाँ से अच्छा….भाईसाहब कोलीजीको मिलेगा मोदीका कच्छा | ” ल जा मेरो पनि दुई टुक्रे साहित्य….

    Reply
  5. lok sigdel says:
    May 15, 2018 at 6:46 pm

    हो त नि फेरी कस्तो लामो हो हेर्दा हेर्दै टाउको दुख्यो मेरो नि !

    Reply
  6. harihar sharma says:
    May 15, 2018 at 6:16 pm

    बाटोको फोहर यता लगेर हाले जस्तो छ .

    Reply
  7. बासु says:
    May 15, 2018 at 5:04 pm

    चाकरीको पराकाष्ठा । यसैगरि हो साहित्यमा चाकरी प्रयोग हुने।
    तरपनि गीत, सॅगीत र साहित्यको कुनै अर्थ राखिएको छैन। मात्र शब्द र ठ्याङ्गठ्याङ्ग बाजा।
    तर गीत सुपरिवेक्षण त वरिष्ठ गीतकार रत्न शम्शेर थापा रहेछन् नि। उनिसॅग केहि सोध्नु न उमेशजी।

    Reply
  8. Kiran Rijal says:
    May 15, 2018 at 2:08 pm

    साच्चीकै वाइयात रैछ/ लाजै मर्नु रैछ/
    सक्ने भए देश लम्पसार बादी हरु ले /

    Reply
  9. ganesh gurung says:
    May 15, 2018 at 10:31 am

    पानीसंग पानी भनेको कोशी, कर्णाली र नारायणीको पानी भनेका होलान जो गंगामा मिसिन्छ । हातसंग हात र सम्बन्धले रोटि वेटिको सम्बन्धलार्इ पुष्टि गर्न खोजेका होलान् । गित त पुराका पुरा नै वार्इयात छ । तात्तो न छारो !

    Reply
  10. Navin Rayamajhi says:
    May 15, 2018 at 8:26 am

    बाहियात गित गाएर रायमाझी कै बेइज्जत गरेछन.

    Reply
  11. Pramod says:
    May 15, 2018 at 7:44 am

    १००% वाहियात. महानगरलाइ फोहोर मुक्त, बाटो खाल्डो, धुलो र धुवा मुक्त बनाउने जिम्मेवारी
    वहन गर्नु छैन तातो न छारोको गान!
    मेयरको उपलब्धी, भिजन र नेत्रत्व शुन्य, जीरो

    Reply
  12. Sudin shrestha says:
    May 15, 2018 at 5:55 am

    ओली जी यो गित लाई नै rastrya गित बनाई देउ तिम्रो सम्बन्द अजर अमर रहने छ

    Reply
  13. Santosh says:
    May 15, 2018 at 3:46 am

    साईडमा एउटा डमी पनि ल्याएर राखेछन ।

    Reply
  14. madan man bajracharya says:
    May 15, 2018 at 2:53 am

    यो वाहियात गितनै हो/ धेरै धेरै धन्यबाद/ यो गित सुन्दा मलाई यस्तो लाग्यो कि यो गित होईन कुर्सि नपाय भारत प्रवाश जाने, कुर्सि पाउन दिल्ली सम्झौता गर्ने नेताहरुले गरेको वाहियात र झुठो भासनलाई तेस्तै नेताहरुको प्रशस्ति गाउनेहरुले लय मिलायर बकवास जस्तै लाग्यो/

    नेपाल र भारतको सम्भंधको संदर्वमा ईतिहास साछी राखेर भन्ने हो भने नागरिक स्तरमा नेपाली र भारतीयको बिचमा राम्रो सम्भंद रहे पनि राजनैतिक स्तरमा भारत नेपालको निमित इतिहास काल देखि घोसित अघोसित रुपमा आक्रमणकारी अतिक्रमणकारी उपनिवेसवादी नै रही आयकोछ/

    सन् १९४५मा मात्रै आफ्नो उपनिवेस बनायको करिव ५५० वटा भिन्न भिन्न जात धर्म र समुदायको राज्यहरु मिलायर अंग्रेजले आजको भारत देस स्थापना गरेको थियो/ त् कसरि नेपाल र भारत बिचको सम्भंद सयौं बर्ष पुरानो भयो?

    अंग्रेजले उपनिवेस बनाउनु अघि बंगालले अंग्रेजले उपनिवेस बनाईसके पछि अंग्रेजले नेपालमा आक्रमण गरेको थियो/ अंग्रेजले भारत छोडेर गयको लगतै भारतले अघोसित रुपमा नेपाली भारतको उपनिवेस बा निर्देशित मुलुकमा दर्याउने कुआशय भयको सन१९५०को सन्धि लादेको थियो/ आफ्नो भरौटेहरुलाई सत्तामा पुर्यायर अनेकौं असमान सन्धिहरु लादेको थियो/ सिमानाहरु मिचेको मात्रै होईन कालापानी कब्जा गरेको छ/ पटक पटक नाकावन्दिहरु गरेको थियो/ नेपालको संबिधान पनि उसैले भने जस्तो बनाउन दवाव दियको थियो/ नेपालको सिमाना भित्रै सम्म आयार भारतीय सेनाले नेपालि मारेको थियो/
    ई कुराहरुले भारत सिटको सम्भंध मित्रताको गतिलो आधारमा होईन तितो दवावको आधारमा भयको देखिन्छ/ हामि चाहन्छौं अब यस्तो नहोस/ हामि भूगोल र जनसंख्यामा मात्रै भारत भन्दा सानो छ श्रोतमा होईन यो कसैले नभुलुन/

    Reply
  15. purna says:
    May 15, 2018 at 1:59 am

    साची वाहियात रैछ साथी !! छि लाजमर्नु गर्या रैछन नि सब्द सारै खल्ला !! न त लय छि छि

    Reply
  16. Himal sherma says:
    May 15, 2018 at 1:05 am

    यो मेरो देश नेपाललाई भारतले नै खाने भयो। जति नाका बन्दि डाका बन्दि गर्दैन।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme