Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रधानमन्त्री ओलीको ट्विटमा मोदीको रिट्विट, नबुझिने भाषाको अर्थ यस्तो रहेछ

Posted on May 13, 2018May 14, 2018 by Salokya


प्रधानमन्त्री कोली (सरी सरी ओली) ले आइतबार दिउँसो पौने एक बजेतिर एउटा  ट्विट गरे। सामान्यतया नेपाली र अङ्ग्रेजीमा मात्र ट्विट गर्ने ओलीले आज एउटा नबुझिने भाषामा ट्विट गरेका थिए। त्यसो त मोदीले पनि नेपाली भाषामा ट्विट गरिरहेका हुन्छन्। तर हाम्रोमा त अलि बढी नै राष्ट्रवादको बीउ रोपिएको हुनाले हिन्दीमा ओलीले ट्विट गरे त झन् लम्पसारवादी भनेर बसिखान नदेलान् भनेर होला, भाषा हिन्दी थिएन। भाषा थियो गुजराती। यही ट्विटलाई भारतीय प्रधानमन्त्रीको कार्यालयले पनि रिट्विट गर्‍यो। के थियो ट्विट र के रहेछ त्यसको अर्थ हेर्नुस्। 

मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो । यस भ्रमणले मलाई नेपाली जनतासंग आत्मीय हुने ठूलो अवसर प्रदान गर्यो । प्रधानमन्त्री केपी ओली संगको छलफल धेरै फलदायी रह्यो । pic.twitter.com/kLmCgcHJHz

— Narendra Modi (@narendramodi) May 12, 2018

अर्थ थाहा पाउन अचेलको सजिलो टुल हो- गुगल ट्रान्सलेसन। हेरौँ न प्रम ओलीको ट्विटको भाषालाई अनुवाद गरेर-

सबैभन्दा पहिला नेपालीमा अनुवाद-

अलि मिलेन जस्तो छ अनुवाद। अब हिन्दीमा हेरौँ न त

अङ्ग्रेजीमा हेरौँ

2 thoughts on “प्रधानमन्त्री ओलीको ट्विटमा मोदीको रिट्विट, नबुझिने भाषाको अर्थ यस्तो रहेछ”

  1. Borisa says:
    May 14, 2018 at 10:46 pm

    मानिस हरुले किन होला वास्तविक कुरै नबुझी जे पायो तेही बक बक गरेको होला. अचम्म लाग्छ हामी नेपाली हरु देखि.

    Reply
  2. madan man bajracharya says:
    May 14, 2018 at 1:10 pm

    ओली प्रधान मन्त्री बने पछि दिल्ली गयो मोदीलाई भेट्यो र नेपाल आउने निमन्त्रणा गर्यो/ मोदी आयो/ ओली सिट भेट्यो केहि औपचारिक केहि अनौपचारिक कुराकानी गरे अनि फर्कने बेलामा ओलीले मोदीलाई मोदीले ओलीलाई खुस्याउने केहि सब्दहरु बोले लेखे/ दुवै यक अर्को अनुहार हेर्दै खुसि भयो दंग भयो/ कुरा बस यतिनै हो

    ओली दिल्ली जाँदा र ओलीले बोलायाको मोदी नेपाल आउँदा केहि पायको भय ओलिलेनै पायो मोदिलेनै पायो/ नेपालीले के पायो भनेर सोचे पायको भन्दा अरु पनि गुमायको पुर्पुरोमा हात राख्नु पर्ने पनि हुन् सक्छ; उदाहरण अरुण ३ कै लिय हुन्छ/ कांग्रेसी प्रधान मन्त्रि बनेको भय अरुण ३ आयोजना दिल्लीमै सुम्पिने यमालेको ओली प्रधान मन्त्रि बनेकोले त्यो आयोजना मोदीलाई नेपालमा सुम्पियो/ कांग्रेसीलाई प्रधान मन्त्रि बनाउनुको सट्टा यमालेकोलाई प्रधान मन्त्रि बनायकोले आज सम्म पायको पुरस्कार यतिनै हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme