काठमाडौँमा आज भोटोजात्राको अवसरमा सार्वजनिक विदा थियो। अपराह्न भोटो हेर्न प्रधानमन्त्री, मन्त्री, सभामुख, कामु प्रधानन्यायाधीश लगायत संवैधानिक निकाय र सुरक्षा अंगका प्रमुखहरु उपस्थित थिए। तर सबैभन्दा विशिष्ट राष्ट्रपति। राष्ट्रप्रमुख उपस्थित हुने परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी पनि जावलाखेल पुगिन्। विशिष्ट व्यक्तिलाई फरक चाहिँ कसरी देखाउने त? उनको पाउमुनि एउटा सानो रातो कार्पेटको टुक्रो बिछ्याइयो। एक टुक्रा कार्पेटको के महत्त्व हुन्छ र भनेर सोच्नेहरुलाई यो फोटोले धेरै प्रष्ट्याउँछ।
सडक खाल्डाखुल्डी थियो। आकाशबाट बर्सिएको पानी त्यसमा थियो। सबका खुट्टामाथि रहेका जुत्ता भूँइमा परेको थियो। राष्ट्रपतिको पाउ भने रातो कार्पेटको टुक्रोमा। नेपालको सबैभन्दा विशिष्ट पदमा रहनेलाई अरुभन्दा विशेष सम्मान त गर्नै पर्यो। पूरै ठाउँमा रातो कार्पेट बिछ्याउँदा फेरि शाही पारा ल्याएको भनेर आलोचना हुने डर।
त्यसै पनि सवारी हुँदा दुई तर्फी बाटो रोकेको भन्दै आलोचना हुने गर्छ। आज पनि शितल निवासबाट जावलाखेल सवारी चलाउँदा केही समय दुईतर्फी बाटो रोकियो नै। हिँड्ने बाटो भरी रातो कार्पेट हाल्दा खर्च पनि धेरै हुने। त्यसैले सजिलो उपाय अपनाएछन्- एक टुक्रा रातो कार्पेट ओछ्याइदिने।
राष्ट्रपति पहिलो पटक तीन वर्षअघि भोटो जात्रा हेर्न आउँदा पनि यसरी नै एक टुक्रा रातो कार्पेटको स्वागत थियो।
गणतन्त्र आउनुअघि राजाको पालामा भने कस्तो रहेछ चलन, त्यतिबेलाको फोटो कसैसित भए खोज्नुस् है। राजा पनि त्यसरी नै एक टुक्रा रातो कार्पेट माथि उभिबक्सन्थ्यो कि नाइँ, हेर्न पाए हुने !
मोदीलाई चाहिँ कसरी गरिएको थियो त रातो कार्पेटको स्वागत। हेर्नुस्-
जनकपुरमा प्लेन ल्यान्ड भएपछि
काठमाडौँको विमानस्थलमा-
खर्च बचाउनकै निमित यसो गरेको हो भने अर्को पल्ट रातो कार्पेट ओछ्यायर स्वागत गर्नु पर्दा जुताको तलुवामा ठ्याक्क मिलायर रातो कार्पेट को टुक्रा तासिं दिने ब्यबस्था गरे अझै कम खर्चमा जता पाइला टेके पनि रातो कार्पेटमै तेकिने गरि घनघोर सिट स्वागत गर्न सकिने हुन्छ/
नेपालको माटो पवित्र छ/ यसमा पवित्र पाईतला मात्रै टेक्न दिनु पर्छ/ नेपालमा लाखौँ नेपालि भुकमको कारण बोको र घाईते भयको बेला नाकाबन्दी गरेर उनीहरुलाई भोकै र बिना उपचार मर्नु पर्ने अबस्थामा पुर्यायर मधेशबादीको नाममा आफ्नो माग मनाउन दवाव दिने अपराधीले टेक्न सक्ने इन्च इन्च भुमि पनि ढाकिने गरि कार्पेट त् ओछ्याउनै पर्छ र उ फर्के पछि त्यो कार्पेट कोशी बाँध पारि फाल्ने र नेपालमा उ पसे बसेको स्थानलाई सुद्ध हिमालको पानि बात पखाल्नु पर्छ/ यो कुरामा चाहि खर्चको हिसाव गर्नु हुँदैन/