Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अरुलाई चैँ ट्रेकिङ रुट र मन्दिरै बन्द गरिदिने, मोदीको मिडियालाई लाग्नु पर्दैन मुक्तिनाथको बन्देज? मन्दिरभित्रैबाट फोटो र भिडियो खिचेर लाइभ

Posted on May 13, 2018May 13, 2018 by Salokya


मुक्तिनाथ मन्दिरमा तपाईँ हामी अथवा भनौँ सर्वसाधारणलाई मन्दिर भित्र फोटो र भिडियो खिच्न मनाही गरिएको छ। यसबारे सूचना नै त्यहाँको भित्तामा राखिएको छ। तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार मुक्तिनाथ पुग्दा भने त्यो बन्देज उनको मिडियाका लागि लागू भएन। (नेपाली मिडियालाई चाहिँ छिर्नै दिएनछन्) भारतका निजी न्युज च्यानलहरु र सरकारी दूरदर्शनले यहाँबाट प्रत्यक्ष प्रसारण गरेको थियो। यसले पर्यटन प्रवर्द्धनै गर्ने भए पनि नेपालीका लागि प्रतिबन्ध, विदेशीका लागि फुकुवा चाहिँ हुनुहुने थिएन। यदि फोटो खिच्न नपाउने परम्परा थियो भने त्यसलाई अरुका लागि पनि पालना गर्नु पर्थ्यो। तर भएन।


हेर्नुस् भित्तामा लेखिएको छ सूचना।

तर फोटो यस्ता आए भारतीय मिडियामा। यो फोटो भारतीय सरकारी फोटो एजेन्सीको हो-

यस्तो थियो लाइभ

मोदीको भ्रमणका लागि शुक्रबार र शनिबार दुई दिन ट्रेकिङ रुट नै बन्द गर्ने सरकारले निर्णय गरेको थियो। त्यसैगरी मन्दिरसमेत शुक्रबारदेखि नै मोदी नफर्किएसम्म बन्द थियो। अरुलाई चाहिँ यतिविघ्न कडा गरेर मोदीका मिडिया सामु भने हाम्रो प्रशासन लम्पसारै परिदिएछ नि।

4 thoughts on “अरुलाई चैँ ट्रेकिङ रुट र मन्दिरै बन्द गरिदिने, मोदीको मिडियालाई लाग्नु पर्दैन मुक्तिनाथको बन्देज? मन्दिरभित्रैबाट फोटो र भिडियो खिचेर लाइभ”

  1. Sunil, London says:
    May 14, 2018 at 11:27 pm

    खुशी हुनुस अझै पशुपतिनाथ भित्र को फोटो खिच्ने र लाइभ देखाउने काम चाहिं गरेनछन, केहि वर्ष पछि त्यो पनि नगर्लान भन्न सकिन्न ! मोदीको यो भन्दा पहिलो भ्रमण मा एकजना मुसलमान पशुपति मन्दिर को हाता भित्र पस्यो भनि कुनै नेपाली मिडिया ले लेखेको थियो फोटो सहित, उ को थियो त्यो त बिर्से तर मोदीको साथ नै आएको थियो उक्त व्यक्ति !

    Reply
  2. राजु आचार्य says:
    May 13, 2018 at 1:24 pm

    सानालाई ऐन …ठुलालाई चैन् भनेको यही हो

    Reply
  3. Milan says:
    May 13, 2018 at 6:42 am

    म मुस्तांग गएको छैन/ मुक्तिनाथ को picture मैले पनि पहिलो पटक देखेको अहिले नै हो./

    Reply
  4. madan man bajracharya says:
    May 13, 2018 at 4:54 am

    पशुपतिको मूल गेटमा “हिन्दु मात्र” अर्थात अरु धर्म मान्नेलाई पशुपतिमा प्रवेस निषेध गरेको सुचना टाँगेको छ, मुक्ति नाथमा तस्विर भिडिओ खिच्न नपाउने/ पशुपतिमा राजीव गान्धीको स्वास्नी प्रवेस गर्न खोज्दा रोकियो/ राजीव गान्धीले नेपाल माथि यो कारणले पनि नाकाबन्दी गरेको हो भनिन्छ/ मोदीले पनि नेपाल माथि लगायको थियो/ राजीव सिट जायज होस् बा नाजायज नेपाल माथि नाकाबन्दी गर्नुको कारण थियो/ तर मोदी सिट त् नेपाल माथि नाकाबन्दी किन लगायको भन्ने कुनै कारण नै थियन/ यसरी बिना कारण नेपाल माथि नाकाबन्दी लगाउने मोदीलाई सोच्नुस त् उहिले सोनियालाई पसुपतिको मूलगेटमा टाँगेको “हिन्दु मात्रलाई प्रवेश” सुचनापाटि देखायर पशुपतिमा रोके जस्तै मोदीलाई मुक्ति नाथको मन्दिरमा टाँगेको सुचना पति देखायर मोदीलाई मुक्तिनाथमा तस्विर भिडियो खिच्न नदियको भय नेपालमा कारण नै देखाउन नसक्ने नाकाबन्दी गरेकोमा सबै बात आलोचित भयर तिल्मिलाई रहेको मोदीले के नेपालमा अर्को नाकाबन्दी मात्रै गर्ने हो बा अर्को गुजरात…..नै के थाह!!!.

    हेर्नुस अस्ति नेपाल आयको बेला पसुपतिको महादेव अगाडी त् यो दिन्छु त्यो दिन्छु यति दिन्छु उति दिन्छु भनेर बाचा गरेर पछि सुको पनि नदिने महाअति आँटिलो मोदी हो; हामि नेपालमा नाकाबन्दी गर्ने मोदीको बिरोध गरेकोलाई बहुमत दिने नेपालीले मोदीको बारेमा जानेको त् बस यतिनै हो/ मोदीको बारेमा जान्नु पर्ने अरु कुरा भय त्यो सायद मोदीलाई नेपालमा बोलाउने ओलीलाई थाह छ होला बा मोदीलाई अहिले मानौ कि प्रदेश नम्बर २को सम्राट नै ठान्ने मोदीको नाकाबन्दीको सेना र सेनापति बनेका प्रदेश नम्बर २कालाई /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme