Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

काठमाडौँमा कसरी भारतीय सैनिकको घेरामा थिए मोदी, हेर्नुस् फोटो र भिडियो

Posted on May 13, 2018May 13, 2018 by Salokya

नरेन्द्र मोदी दुई दिने नेपालको औपचारिक भ्रमण सकाएर आफ्नै देश फर्किसके। उनी नेपालमा रहँदा भारतीय सैनिककै घेरामा थिए। वर्दीमा नभएको हुनाले उनीहरु सेना हो कि हैन झट्ट हेर्दा चिनिन्न थिए। तर ध्यान दिएर उनीहरुको हाउभाउ हेर्दा भने उनीहरु सुरक्षाकर्मी रहेको प्रष्टै हुन्थ्यो। उनीहरुमध्ये अधिकांशको लगभग एउटै ड्रेस र कालो चश्मा थियो। कालो चश्मा लगाएकाको आँखाले कसलाई हेरेको र कतातिर हेरेको थाहा नहुने हुनाले विदेशतिरका पनि धेरै बडिगार्डहरुले कालो चश्मा लगाएको देख्न सकिन्छ। माथिको फोटो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हो। मोदी काठमाडौँ आएर उतैबाट ल्याएको बुलेटप्रूफ गाडी चढ्ने क्रममा उनलाई उतैको सुरक्षाकर्मीले यसरी घेरेका थिए।

नेपाली सेनाको काम चाहिँ रातो कार्पेट ओछ्याउने पनि थियो।

विमान अवतरण गर्ने बित्तिकै यसरी तयार भएर पोजिसन लिइसकेका थिए भारतीय सुरक्षाकर्मीले।

आफ्ना प्रधानमन्त्री विमानबाट झर्नुअघि कालो चश्मा लगाएका यी सादा पोशाकका भारतीय सैनिकले भिड व्यवस्थापनसमेत गरेका थिए।

मोदी झर्नेबित्तिकै उनलाई चारैतिरबाट यी सुरक्षाकर्मीहरुले घेरे।

 

 

 

मोदीको उतैबाट ल्याइएको गाडीलाई बा १ झ ११११ नम्बर दिइएको थियो। मोदी गाडीभित्र चढिसकेपछि पनि उताका सुरक्षाकर्मीहरुले एस्कर्टिङ गरेका थिए।

तपाईँहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको गाडी सँगसँगै हिँडेका बडीगार्डहरु देख्नुभएको थियो नि। हेर्नुस् त ठ्याक्कै त्यही सम्झाउने दृश्य छ।

भारतीय मन्त्रिपरिषद् सचिवालयअन्तर्गत स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी) अन्तर्गतका अत्याधुनिक हतियारसहितका ४१ जना सुरक्षाकर्मी मोदी आउनुभन्दा अघि नै काठमाडौं आएका थिए। २५ जना चाहिँ मोदीसँगै आएका थिए। क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक टुकडी सुरक्षामा खटिएको थियो। उनीहरुले हतियार पनि ल्याएको र हतियार बोकेरै हिँड्ने भए पनि सार्वजनिक रुपमा देखाएर भने हतियार बोक्न मिल्दैन थियो।

हेर्नुस् कालो चश्मा लगाएका भारतीय सुरक्षाकर्मीहरुको चहलपहलको भिडियो-

2 thoughts on “काठमाडौँमा कसरी भारतीय सैनिकको घेरामा थिए मोदी, हेर्नुस् फोटो र भिडियो”

  1. nimesh, KTM says:
    May 13, 2018 at 3:02 pm

    नेपाली सेनालाई बहादुर भनेको त त्यसै हैन जस्तो पो लग्यो, जुत्ता उठाउने, कार्पेट बिच्छ्यौने आदि इत्यादिमै बहदुर्पण देखियो

    Reply
  2. madan man bajracharya says:
    May 13, 2018 at 5:51 am

    अरुले सजाय दिन नसकिनेले आफैले दिन्छ/ झुठ बोलेकोमा अरुले फताह नभनेमा झुठ बोल्ने आफै आफु फताह भयको कुरा पछि कुनै न कुनै तरिकाले स्वीकार्छ/अरुलाई तर्साउन खोज्ने यक दिन आफै देखि तर्सन बाध्य हुन्छ/

    हिजो नेपालीको यो र त्यो नराम्रो भनेर नाकाबन्दी गर्ने आज नेपाल यति राम्रो तेती राम्रो भन्न बाध्य भयो/ पसुपतिको महादेवको अगाडी यति दिन्छु उति दिन्छु भनेर सुको नदिने आज फेरी तेही पसुपतिको महादेवको पाउ धोक्न बाध्य भयो/ नेपालाई तर्साउन खोजेकोमा तर्सेर तेत्रो सुरछ्याकर्मीको सुरछ्यामा नेपाल आउन बाध्य भयो/

    भुकम्प पिडित लाखौँ भोको घाईते नेपालीलाई नाकाबन्दी गरेर भोकै र उपचार बिहिन भै मर्नु पर्ने अबस्थामा पुर्यायर अपराधीले अपहरण गरेर फिरोती मागे जस्तै आफ्नो कुरा मनाउन बाध्य गरेकोले आज नेपालि स्वाभिमान भयको भन्न बाध्य भयो/ प्रकृतिले गर्ने न्याय यस्तै हुन्छ/

    मोदीलाई नेपालको प्रधानमन्त्रीको पाहुना थियो तर पाहुना बने मोदीको नाकाबन्दीको सेनापतिहरुको/ तैपनि नेपालीले उसलाई रातो कार्पेट ओछ्यायर स्वागत गरे/ तेसैले म त्यो स्वागतनै हो बा शिष्टता पुर्वक गरेको व्यंग हो मैले बुझ सकिन/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme