Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ओली हैन कोली : मोदीले किन भनेका होलान् प्रमलाई ‘कोली जी’, त्यो पनि एक पटक हैन दुई पटक

Posted on May 12, 2018May 12, 2018 by Salokya


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई दिने नेपाल भ्रमणको पहिलो दिन तीन ठाउँमा भाषण ठोके। पहिलो भाषण जनकपुरमा जानकी मन्दिरमा पूजा गरिसकेपछि। दोस्रो पटक बाह्र बिघा मैदानमा ‘नागरिक अभिनन्दन’ नाम दिइएको आमसभामा। तेस्रो चाहिँ काठमाडौँको संयुक्त प्रेस ब्रिफिङमा। नयाँ दिल्लीदेखि लामो फ्लाइटमा जनकपुर आएको भएर थाकेर हो कि किन हो, प्रधानमन्त्री ओलीलाई मोदीले कोली पो भने जानकी मन्दिर परिसरमा। भारतका र नेपालका सबैजसो टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको भिडियोमा मोदीले भने, ‘नेपालके प्रधानमन्त्री तथा मेरे भाइसाब आदरणीय कोलीजी’। हेर्नुस् त भिडियो  

भिडियोमा हेर्नुस् उनले एक पटक हैन दुई दुई पटक ओलीलाई ‘कोली’ भनेका छन्।

धन्न, उनले कोली भनेछन्। सुन्दा क्रिकेटर विराट कोहली जस्तो सुनिन्छ। धन्न ‘भोलि’ जी भनेनन्। जिब्रो चिप्लेकै भए जोली भन्न सक्थे, डोली भन्न सक्थे। बोली लर्बरेकै भए गोली, चोली, झोली, टोली जे पनि हुनसक्थ्यो।

के रहेछ त कोलीको अर्थ भारतमा? खोज्दा यस्तो भेटियो-

उनकै बोलीमा लोली मिलाएर हाम्रा प्रधानमन्त्री ओलीजीले पनि मोदीलाई गोदी, घोदी भन्नुहोला कि भन्ने धेरैलाई लागेको थियो होला। तर ओलीजी थोडी त्यस्तो बदला लिनेवाला पर्नुहुन्छ। उहाँले स्पष्ट रुपमा मोदी उच्चारण गर्नुभयो।

काठमाडौँमा भने मोदीजीले हाम्रा प्रमलाई कोलीजी भन्नुभएन, ओलीजी नै भन्नुभयो।

5 thoughts on “ओली हैन कोली : मोदीले किन भनेका होलान् प्रमलाई ‘कोली जी’, त्यो पनि एक पटक हैन दुई पटक”

  1. Kunjan says:
    May 13, 2018 at 9:33 pm

    केपी र ओली mix भएर कोली भाको होला … लसुन र अदुवा …लदुआ भाको जस्तै हाहा… दिमाग मा केपी मुख मा ओली भन्ने बेला कोली

    Reply
  2. madan man bajracharya says:
    May 13, 2018 at 12:43 am

    मुकेशज्यु
    हिन्दि होईन आफ्नै भाषा र संस्कृति भयका अनेकौं जातिको बसोबाश भयको तराईमा बिहार बात आयका हिन्दि भाषा बोल्ने नेपालको नागरिकता लिय पनि जय नेपाल होईन जय भारत भन्ने समुहले तराईनै नेपाल बात अलग्यायर दछिनमा भारत उतरमा पहाडीको नेपाल भयको मध्यदेस बनाउने आशय लियका कथित मधेशाबादिहरुले ओलीको बिरोध झापामा उसले कसैको टाउको कातेकैले गरेको होईन ओलीले मधेशाबादिले आफ्नो प्रथम नेता तथा सहिद मानेको रघुनाथ ठाकुरको सपना साकार बनाउने प्रयाशमा बाधा पुर्यायकोले मात्रै हो/

    अब केहि सब्द रघु नाथ ठाकुरको बारेमा/ नेपाल संयुक्त रास्ट्र संघको सदस्य बनेको लगतै रघुनाथ ठाकुरले मधेशबादी समुह बनायर तराईलाइ भारतमा मिलाउने र मिलाउन नसके तराइलाई नेपाल र भारतको अलग्गै “मध्यदेस” बनाउने प्रयास गरेको थियो/ उसले आफ्नो प्रयासमा भारतको समर्थन र सहयोग पाउन भारतको दिल्लीको सदन अगाडी धर्ना बसेर आत्म दाहाको प्रयास समेत गरेको थियो/ बिरेन्द्रको पालामा रघुनाथ ठाकुर मारियो/ त्यो नेपाल द्रोही रघुनाथ ठाकुरलाई मधेशाबादिहरु आफ्नो महान नेता र प्रथम सहिद माने बाटै स्पस्ट हुन्छ मधेशाबादिले के चाहे खोजेको छ/

    रघुनाथ ठाकुरले तराई नेपाल बात अलग्याय्ने कुरा उल्लेख भयको ४ वटा किताव लेखेको र तेस्को केहि पन्नाहरु इन्टरनेटमा अहिले पनि छन्/ मधेशबाद के हो भन्ने कुरा बुझाउने ती पुस्तकहरु माईसन्सार ले बा कसैले सार्वजनिक गरेमा कुरा नबुझेर मधेशबादी भयकाहरु सचिञ्छन जस्तो लाग्छ/

    Reply
  3. आन जोशी says:
    May 12, 2018 at 11:20 am

    कोहली भन्ने थर हुनछ इंडिया मा मैले त कोहली सुने है

    Reply
  4. Pratap Maharjan says:
    May 12, 2018 at 6:52 am

    कोइली भन्न खोजेको होला नि

    Reply
  5. मुकेश यादव says:
    May 12, 2018 at 5:17 am

    अरे मोदी जी ले तो कोलि को कोलि भनी लिनु भो . यसमा गलफत्ती किन ? कोइला जस्तै कालो छ यो कोलि /

    अरे कसो गैंडा पुराण वाला कोलि जी , वा पानी जहाज वाला कोलि जी वा एरो प्लेन कोलि जी भनी लिनु भएनछ /

    अरे यो ज्यानमारा झापाली टाउको काट्ने वाला ओली हो / छविलाल लाइ पनि मात गर्ने चोर ओली हत्यारा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme