Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जनकपुरमा मोदी र ओलीको सामु फहराइयो नेपालको नसुहाउने भद्दा झण्डा

Posted on May 11, 2018May 11, 2018 by Salokya

हालसम्मका कुनै पनि विदेशी प्रधानमन्त्रीले नगरेको काम गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँभन्दा अगाडि जनकपुर आए। उनलाई विमानस्थलमा रिसिभ गर्न नगए पनि प्रधानमन्त्री केपी शर्मा ओली जानकी मन्दिरमा उपस्थित भए। मोदीकै जस्तो पहिरन लगाएर उपस्थित भएका प्रम ओली र मोदी दुवै जानकी मन्दिर परिसरमा छोटो सम्बोधन पनि गरे। त्यस क्रममा पछाडि दुई देशको झण्डा राखिएको थियो। भारतीय झण्डामा त केही कैफियत थिएन। तर नेपालको झण्डा भने नसुहाउने, भद्दा खालको थियो। नेपालको झण्डामा छेउको निलो भाग अस्वभाविक रुपमा धेरै थियो। 

झण्डा भनेको जे पायो त्यही गरेर बनाउन मिल्दैन। नेपालको संविधानको अनुसूचीमा नै झण्डा बनाउने तरिका उल्लेख गरिएको हुन्छ।

काठमाडौँमा फहराइएको झण्डाको किनारा भने मिलेको थियो

यसअघि प्रम ओलीले राराबाट नयाँ वर्षका अवसरमा सम्बोधन गर्दा पनि झण्डाले भूइँ छोएको थियो। पढ्न छुटाउनु भएको भए-

पिएमज्यु, झण्डा त भूँइमा लत्रियो नि, सम्मान भएन – सरकारले नै बनाएको नियम उल्लङ्घन भयो

1 thought on “जनकपुरमा मोदी र ओलीको सामु फहराइयो नेपालको नसुहाउने भद्दा झण्डा”

  1. madan man bajracharya says:
    May 12, 2018 at 7:24 am

    मधेशबादीले तराई भारतको बिन्द्याचल सम्म कुनै बेला मध्येदेस भनिने देस भयको र तेस्लाई पृथ्बी नारायण शाहले जवर्जस्ती कब्जा गरेको, सन् १९५०को सन्धिमा अंग्रेज सिट गरेको सबै सन्धिहरु खारेज हुने भनेकोले अंग्रेजले कब्जा गरि सकेको नेपालको तराईको भूभाग नेपाललाई फिर्ता दियको अबैध भयको, बिहार बात तराईमा बसोबास गर्ने सबै बिहारी चाहि उनीहरु जस्तै मधेसी हुने तर नेपालको अरु भूभाग बात तराइमा बसोबास गरेका चाहि पहाडी हुने भन्नु, र तराईमा बस्ने हो भने पहाडियाहरु मधेसीको हुकुमत मानेर बस्नु पर्ने राजेन्द्र महतो जस्तो प्रदेशको सरकारको माईबाप बनेकालाई तराई पहाड हिमाल मिलेर बनेको नेपालको रास्त्रियताको परिचायक भयको नेपालको रास्ट्रिय झण्डा कुरुप बनाउनु भुलबस होईन नियत पुर्वाकनै गरेको देखिन्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme