Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदीको भ्रमणमा जाबो प्रेस पासमा समेत आर्मी कर्णेलको साइन चाहिने?

Posted on May 10, 2018 by Salokya

भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको नेपाल भ्रमणको समाचार संकलनका लागि सूचना विभागको समन्वयमा बाँडिएको प्रेस पास देख्दा छक्कै परेँ। देशमा सैनिक शासन लागे जस्तो गरी प्रेस पासमा आर्मीका कर्णेलले साइन ठोकेका रहेछन्। प्रेस पासमा यसरी आर्मीका अधिकारीले साइन ठोकेको आजसम्म थाहा थिएन मलाई। केपी ओली दुई वर्षअघि प्रधानमन्त्री हुँदा भारतको औपचारिक भ्रमणमा जाँदा म पनि नयाँ दिल्ली पुगेको थिएँ। त्यहाँ दिइएको पास हेर्नुस्। उनीहरुलाई त कसैको साइन पनि आवश्यक नपर्ने! 

यसअघि पनि मोदी नेपाल भ्रमणमा आएका थिए। तर यसरी आर्मीले साइन गरेको देखेको थिइनँ।

हो, सुरक्षाको जिम्मा सेनाले लिएको होला। तर त्यसो भन्दैमा पत्रकारको पासमा समेत सेनाकै अधिकारीको हस्ताक्षर किन चाहिँ जरुरी भयो होला? अचम्म छ। प्रेस पासका लागि समन्वय गरेको सूचना विभाग नै  पर्याप्त हुनुपर्ने हो। कुन पत्रकारलाई कहाँको पहुँच दिने भन्ने कुरा सेनाको समन्वयमा सूचना विभागकै अधिकारीले गरे हुने हो। हाम्रो सेनालाई चाहिँ के विश्वास लागेनछ र हरेक पत्रकारको फोटोमै साइन गर्नुपर्ने भएछ?  अचम्मै छ। यति सानो कुरामा पनि सेना आफै अग्रसर हुनु जरुरी नै थिएन। आर्मी शासन लागेको देश जस्तो पो भो।

अरु देशको अनुभव सुनाउन यस्तो भ्रमणमा कतै गइएको छैन। सिवाय भारत। भारत भ्रमणमा क्रममा नेपाली दूतावासको समन्वयमा फोटोसहितको मिडिया पास पाइएको थियो। नेपाली दूतावासले भारतको सम्बन्धित विभागसित सहकार्य गर्दै भ्रमण टोलीको सूची पठाएको थियो। त्यही अनुसार पास आएको थियो। मलाई दिइएको पासमा भारतको आधिकारिक निशान छाप मात्र थियो। कसैको नाम र हस्ताक्षर थिएन। नाम र फोटो त बोक्नेको मात्र थियो।

सुरक्षाकर्मीले भने हाम्रा प्रधानमन्त्रीको जुन कार्यक्रममा गए पनि ब्याग र जिउ खोतलखातल पार्थ्यो। सुरक्षा जाँच भएको भनेर ब्यागमा स्टिकर टाँस्थ्यो। अनि मात्र जान दिन्थ्यो।

नेपालमा भने कसलाई पास दिने कसलाई नदिने सबै जिम्मा सेनाले नै लिएको रहेछ। सूचना विभागको काम भने सिफारिश गरिदिने मात्रै रहेछ।

ठीक हो, सुरक्षाको जिम्मा सेनाको हो भने सेनाले सुरक्षा गर्नै पर्‍यो। तर यसरी अगाडि नै देखिने गरी गर्नुभन्दा पासमा साइन गर्ने जस्ता सामान्य काम त सूचना विभागको संयोजनमा गरे हुने नि। राजाको पालामा समेत नभएको पत्रकार व्यवस्थापनको जिम्मा समेत सेनाले लिन थालेछ नि। सडक बनाउने ठेक्कापट्टामा नि सेना, भारतीय हिरोइनलाई ल्याएर टुँडिखेलमा नचाउन ल्याउने पनि सेना। सेनाको चौतर्फी जिम्मेवारी बढ्दो छ।

6 thoughts on “मोदीको भ्रमणमा जाबो प्रेस पासमा समेत आर्मी कर्णेलको साइन चाहिने?”

  1. Dhananjaya says:
    May 16, 2018 at 12:29 am

    श्री पांच वोली ले!!!

    Reply
  2. madan man bajracharya says:
    May 12, 2018 at 6:53 am

    संसदीय चुनाव हुँदै गरेको बेला ओलीलाई मधेश बिरोधि भयको भन्दै उनीहरुको मधेश प्रदेशमा पाईताला मात्रै टेकेर देखाउनु भन्नेले अहिले मोदी त्याहा आउँदा मोदीलाई उनीहरुको मधेश देसको बादसाह नै आयको जस्तो मान्नु र मोदीको स्वागत गर्नेलाई मधेश छुट्टै देस भनेको बायनर समेत बोक्न दिंदै मोदीलाई नेपालको संबिधान विभेदकारी भयकोले संघर्ष जारि नै भन्नेलाई भुकम्प पिडित भयकोलाई सहायताको रकम दिन्छु भनेको रकम समेत नदिने मोदीले १०० करोड दिने घोसना गरे बात आउने दिनहरुमा तराई मा बस्ने हो भने मधेसीको हुकुमत मानेर बस्नु पर्ने भन्ने राजेन्द्र महतो जस्तो ” माईबाप” बनेको प्रदेश नम्बर दुईमा हाम्रो नेपाल भन्नेले सोच्न समेत नसक्ने के कस्तो मात्रै हुन् सक्छ होला/

    उनीहरुले नेपालको संबिधान विभेदकारी भयकोले संघर्ष अझै जारि छ भने बात तिनीहरुले प्रदेशको सरकारको पदमा रहेरै संविधान बिपरित कार्यहरु गर्ने र तेस्मा मोदीले सहयोग गर्ने स्पस्ट देखिन्छ/ त् बेलैमा तेस्तो कुप्रयास भै हाले जे गर्नु पर्ने हुन्छ त्यो गर्ने तयार हुनु पर्ने देखिन्छ/

    गिरिजाको पालामा मधेशाबादिको प्रदेश सरकार नबनेको बेलात्त २५सौ लाख भारतीयलाई नेपालि हो भनेर झुठो सिफारिस गरेर नेपाली नागरिकता दिन नलगायको भय अहिले प्रदेश नम्बर दुईमा मधेशाबादिको बहुमत भयको सरकार बन्ने नै थियन/ तेतिबेला भारतीयलाई नेपाली हो भनेर सिफारिस गर्नेहरु अझै पनि उनीहरुको समुदायको धेरैले नेपालको नागरिकता नपायको भन्दै आयकै छ/ अब सोच्नुस अब तराईमा पसे जत्तिको बिहारी चाहि मधेसी हुने तर नेपालको अन्य भाग बात तराईमा बसाई सरेकालाई पहाडी मधेसी बिरोधि भन्नेकै सरकार बनेको प्रदेशमा उनीहरुले अर्को कति “२५” लाख बिहारीलाई नेपालको नागरिकता दिलाउने होला?

    Reply
  3. madan man bajracharya says:
    May 12, 2018 at 12:11 am

    अरु मुलुक बात भारत हुँदै नेपाल आउने नेपालीलाई भारतले अहिले भिसा अनिबार्य गर्यो/ नेपालले अरु मुलुक बात नेपाल हुँदै भारत जाने भारतीयलाई भिसा अनिवार्य गरेको छैन/ यो कुरा सन् १९५० सन्धिको खुलेआम उलंघन हो/

    भारतले सन् १९५०को सन्धिको मात्रै होईन कोशी गण्डकी र भारतलाई शारदा ब्यारेज बनाउन भाडामा मात्रै दियको नेपालको भुमि पनि भारतकै बनाउने कुआशय समेटेको टनकपुर-महाकाली सन्धिको पनि पालना गरेको छैन र यो आधारमा नेपालमा बहुमत पायको सदनले कुनै पनि बेला भारत सिट गरियको सन्धिहरु खारेज गर्न सक्छ/ ओली र उसको दलले बिगतमा तेस्तो सन्धिहरु खारेज गर्नु पर्ने बारम्बार आवाज उथायको थियो/ तर गर्लान …../

    राजीवले नेपाल माथि गरेको नाकावन्दी सिट मोदीले गरेको नाकावन्दी तुलना समेत गर्न सकिंदैन/लाखौ नेपालि भूकम्पको कारणले घर बास बिहिन, घाईते र भोकै भयको बेला मधेशबादीको माग अनुसार संबिधान बनाउन बाध्य गर्न मोदीले गरेको नाकावन्दी अमानवीय मात्रै होईन यक प्रकारको अंतरारास्त्रिय आतंकवादनै थियो/ ओलीले मोदीको त्यो कुकार्यको बिरोध गरेकैले नेपालीले बहुमत दियर सत्ताको नेतृत्वमा पुर्यायको हो/ सत्तामा पुग्नकै निमित भारतको बिरोध गरेको हामीले पटक पटक देखेकै कुरा हो/ सत्तामा पुगे पछि भारतलाई ठुलो दाई बा मित्र देख्ने, भारत सिट भय गरेको सबै सन्धि सबै ठिक लाग्ने मात्रै होईन ती सन्धिहरु भन्दा खराव सन्धि समेत गर्ने रोग नलागेको सायदै कुनै होलान नेपालमा भन्ने कुराको झलक अहिले ………../

    सालोक्यज्युले मोदीको भ्रमणमा पत्रकारको पासमा कर्नेलको सहि चाहिने ब्यबस्था गरेको कुरा उठाउनु भयो/ अब प्रश्न उठ्छ मोदीको भ्रमणमा पत्रकारको जावो पासमा कर्नेलको सहि चाहिने भय मोदीको भ्रमणमा देखाईयको तराई अलग्गै देस भयको बायनरमा कसले सहि गरेको थियो?

    Reply
  4. गोपाल says:
    May 11, 2018 at 9:18 am

    बेक्म्मा हुनु भन्दा त केहि न केहि गर्नु बेस

    Reply
  5. Rabindra says:
    May 11, 2018 at 1:45 am

    राजाको पालामा समेत नभएको पत्रकार व्यवस्थापनको जिम्मा समेत सेनाले लिन थालेछ नि। सडक बनाउने ठेक्कापट्टामा नि सेना, भारतीय हिरोइनलाई ल्याएर टुँडिखेलमा नचाउन ल्याउने पनि सेना। सेनाको चौतर्फी जिम्मेवारी बढ्दो छ। यो चाही मलाइ एकदम दरो दनक दिएको जस्तै लाग्यो. प्रचण्डले बालुवाटारमा पहिलो पटक त झन् के के पो भनेका थिए

    Reply
  6. बनिता थापा says:
    May 11, 2018 at 12:55 am

    करिब तिन करोड जनसंख्या भएको देशमा करिब दस लाख पत्रकार होलान, यसै भएर गरेको होला.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme