Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भारतले बिर्सेको भए नाकाबन्दी सम्झाउन देखाउनु पर्ने भिडियो

Posted on May 10, 2018May 10, 2018 by Salokya


भारतले आधिकारिक रुपमा नाकाबन्दी गरेको भनेर कहिल्यै पनि भनेन। तर नभन्दैमा साँचो कुरा लुक्ने हैन। नाकाबन्दीमा भोगेको दुःखकै कारण एउटा पुस्ता नै एन्टी इन्डियन बनेको तथ्य अब भारतले बुझ्दैछ। पेट्रोल लिन लामो लाइन बस्नु परेको, ग्यास नपाएर खाना पकाउन नसकेर हैरान भएको, सवारी साधन नचलेर पैदल हिँड्नु परेको…आदि दुःख यति सजिलै बिर्सिन सकिने कुरा पनि हैन। त्यसैले पहिलो पटक नेपाल आउँदा देउतै जस्तो गरी स्वागत र वाहवाह भए पनि तेस्रो पटक नेपाल आउँदा नाकाबन्दीको स्मरणले नेपालीलाई कम्तिमा साइबर विरोधमा उत्रन बाध्य बनाएको छ। यदि भारतले नाकाबन्दी भएको होइन भनेर भन्छ भने उनीहरुलाई यो भिडियो देखाउनु पर्छ। 

भिडियोमा भारतको संसदमा त्यहाँका विदेशमन्त्री सुष्मा स्वराज यो नाकाबन्दी पहिलो हैन भन्दै आफ्नो सरकारले गरेको नाकाबन्दीको बचाउ गर्दैछिन्।

हुन पनि उनले भनेको साँचो हो। नेपालले अहिलेसम्म तीन पटक भारतबाट नाकाबन्दी खेपिसक्यो।

२०२७ साल र २०४५ साल दुवै पटक भारतले घोषित नाकाबन्दी गरेको थियो। कारण पारवहन सम्झौता गर्न ढिलाइ देखाइएको थियो। यस पटक भने पारवहन सम्झौताको म्याद करिब १ वर्ष बाँकी नै रहेकोले त्यसरी घोषित रुपमा नाकाबन्दी गर्न भारतलाई गाह्रो भएको हो।

दुवै पटक नाकाबन्दी गर्दा भारतमा कांग्रेसको सरकार थियो। २०२७ सालमा हुँदा इन्दिरा गान्धीको सरकार थियो भने २०४५ सालमा राजीव गान्धीको।

२०२७ सालमा नाकाबन्दी गर्नुको पृष्ठभूमि अरनिको राजमार्ग बनाएर तिब्बतसँगको सम्पर्क जोडेको रिस थियो। त्यतिबेला भारतले नेपालको समुन्द्रपार तथा भारततर्फको निकासीमा परिमाणात्मक बन्देज लगाएको राष्ट्र बैँकको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

दोस्रो नाकाबन्दी भने २०४५ साल चैत १० गतेदेखि २०४७ जेठसम्म करिब १५ महिना चलेको थियो।

2 thoughts on “भारतले बिर्सेको भए नाकाबन्दी सम्झाउन देखाउनु पर्ने भिडियो”

  1. madan man bajracharya says:
    May 11, 2018 at 12:03 pm

    भारतको नियत र ब्यबहारले भारत बात अंग्रेज फर्केको अनुभूति नेपालले मात्रै होईन भारतको अरु छिमेकी मुलुकहरुले पनि गर्न सकेको छैन/ सिमानामा आवागमन र सामान रोक्नु मात्रै नाकाबन्दी होईन, नेप्पल्को नदीको पानीलाई नेपाल भित्रै बा दसगजामा सडक नाम दियको बाँध बनायर नेपालको भुमि दुवाउनु पनि नाकाबन्दी हो/ अरु देसले बनायको बिद्युत आयोजना बात उर्त्पादन गरेको बिजुली भारतले नकिन्ने भन्नु पनि नाकाबन्दी हो/ आफुले चाहि बिस्वको कुनै पनि मुलुक बात जस्तो सुकै हतियार किन्ने तर नेपालले भारतको अनुमति लियरै मात्र अरु मुलुक बात हतियार किन्न पाउने भनेको पनि नाकाबन्दी हो/ नेपालको राजमार्ग र सडकमा पनि बहुलेनको बनाउन नदिनु पनि नाकाबन्दी हो/ नेपालको प्रधान मन्त्रि यो बने भारतलाई मान्य हुने त्यो बने मान्य नहुने संकेत गर्नु पनि नाकाबन्दी हो/ नेपालको शासन ब्यबस्था र संबिधान पनि यस्तै बा तेस्तै हुनु पर्ने भनेर दवाव दिनु पनि नाकाबन्दी हो/ सम्झंदै जाने हो भने भारतले नेपालमा गरेको यस्तो नाकाबन्दीहरु सयौं होईन हजारौ होला/ अहिले मात्र उसैको व्यापारमा घाटा हुने र नेपाल पसेका करोडौं भारतीयहरुलाई नै बढी समस्या हुने भयकोले मात्रै खोलेको सिमामा सामान रोक्ने नाकाबन्दी खोल्ने मोदीलाई सन् १९५०को सन्धि गर्ने मोदीको भाईहरुले मात्रै स्वागत गर्न सक्छ/

    Reply
  2. बनिता थापा says:
    May 11, 2018 at 1:03 am

    मेरो बिचारमा भारत नेपालमा शान्ति र स्थायित्व भएको देख्न रुचाउदैन, अनेक नाटक गरेर नेपाल लाइ अगाडी बढ्न बाट रोक्ने नै भारत हो, हामि भने छिमेकी देस भनेर बिना कारण खुशी हुन्छौ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme