मे ३ मा लेखिएको एउटा ब्लगपछि देशमा विभिन्न घटना भए पनि ६ दिनपछि बल्ल यी शब्द लेख्दैछु। यी दिनमा पूरै बेडमै रहेँ। कम्प्युटर अगाडि बस्नसमेत सकिनँ। सामान्यतया कतै टाढा जानु परे पनि, लामो समय कम्प्युटरबाट टाढा हुनुपर्ने अवस्था आयो भने सेड्युल ब्लग हालेर पनि मिलाएको हुन्थेँ। तर अपर्झट बिरामी पर्दा यो सम्भव भएन। शुक्रबार साँझ भाँच्चिएको बङ्गारा निकाल्नु एउटा बहाना थियो। भोलिपल्टदेखि ज्वरो, झाडाबान्ता, रिङ्गटा के-केमात्र भएन। सुतेको सुत्यै भइयो। त्यसैले १३ वर्षदेखि निरन्तर अपडेट भइरहेको ब्लग ६ दिनसम्म बिना सूचना गायब हुनुपर्यो। केही नयाँ अपडेट भयो कि भनेर हेरिरहनुहुने तपाईँहरु सबैसित माफी चाहन्छु। इमेल र फेसबुकबाट सोध्नुहुने सबैलाई धन्यवाद। आजदेखि अलि ठीक भएको छु। अब बिस्तारै अपडेट सम्भव हुनेछ। तपाईँहरु सबैलाई फेरि पनि धन्यवाद। सबैको भलो होस्।
अपडेट नहुँदा नरमाइलो लाग्ने l सानै देखि लागेको बानी l
सुस्वास्थको कामना सर l
Yes I am stupid prick and admitted in this hospital. Somehow I manage to type this 🙂
Get well soon. Hami ta naya update kaileaaula vanera hereko herei thiyam.
RIP.
I am sure your soul will do great job in hell.
Thanks for your wish. At least you care for me 🙂
सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं
शिघ्र स्वास्थ्य लाभको कामना सर | नया बंगारो उम्रेको पनि उस्तै समस्या हुने रहेछ | राखे पनि दुखाउने निकाल्दा पनि सार्है कठिनपुर्वक निकाल्दा झन्डै ज्यानै जाने खालको हुदारहेछ |
त्यसैले दाँतको बिमार चाही कसैलाई नहोस |
Mysansar दिनको एक पटक हेर्ने हामीलाई 6-6 दिन अपडेट नहुँदा सार्हैनै खल्लो महसुस हुने रैछ।
सिघ्र स्वास्थ्य लाभको कामना दाजु ….
सु स्वाथ्यको कामना| छीटो निको हुनु होस् अनी राम्रो खानाखाएर छीटो तन्ग्रीनु होस् |
ऑल इज वेल ,गेट वेल सुन भन्ने अवसर बाट वन्चित हुनु परो,जे होस् अहिले चै पहिले भन्दा सन्चो छ नि ? भवतु सब्ब मंगल ! . . .
सिघ्र स्वास्थ्य लाभको शुभकामना !
Salokya ji, sabai bhanda pahila get well soon bhanna chahanchhu. Ma sochiraheko thiye kina update bhayena bhanera ani din ko ek palta website check pani garthiye.
Thanks for the update. Get well soon.
Prakash Gautam
Maris ki bhanthaneko maile ta ?
धन्न हजुरको शुभेच्छाले बाँचिराछु। धन्यवाद 🙂
सालोक्य ज्यु
अरुले सन्चो होस् भनेकै भरमा कोहि सन्चो हुँदैन/ सन्चो हुनु पर्ने व्यक्तिकै आत्मबल र भौतिक प्रयासले गम्भीर भन्दा गम्भीर बेमारी पनि निको हुन्छ/ कम होलान तर कोहि हुन्छन जो अस्वस्थ भय अरु बढी अस्वस्थ हुन्छ/ इमान्दार र जिम्मेवार डाक्टर, पत्रकार कोहि बिरामी नहुन मेरो हार्दिक कामना यहि हो/
अलि असान्दर्विक कुरा भय पनि यहा म यौटा अत्यन्त गम्भीर बेमारी भयको व्यक्तिको आत्म बिस्वास र प्रयाशले नेपालको सबै डाक्टरले मर्छ भनेको व्यक्ति पनि निको भयको सत्य घटनाको बारेमा लेख्छु/ कुरा सन्म १९७६को हो/ म नेपाल बायु सेवा निगममा नियुक्त भयर काममा गयको थिय/ म जानु पर्ने कार्यालयको कोठामा जाँदै गर्दा यक जना व्यक्ति ६ फुटको क्यारिदोर मा कहिले यता कहिले उता धल्मलिन्दै गई रहेको थियो/ तेसलाई देखे पछि शानेवानि जंड्याहाको अखडा यस्तैले गर्दा भनेको होला ठाने/ त्यो व्यक्ति को नाम वाई आर जोसी थियो र पहिला नाम चलेको बायदमिन्तनको खेलाडी निगममा मेरै हाकिम थिय/
रोगको कारणले उसको हात धेरै काप्थ्यो हिड्न पनि अरुको सहयोग चाहिन्थ्यो/ तर उहाले हात कामे पनि जसरि भय पनि दिनभर लेखेर बस्नु हुन्थ्यो/ कार्यालयले उहालाई गाडीको सुबिधा दिने भन्दा उहाले त्यो पनि लिन मानेन/ रिक्सामा बसेर आउनु हुन्थ्यो र रिक्सा बात ओर्ले पछि जत्ति पटक भुईंमा ढले पनि अरुको सहायता बिनानै उठ्ने प्रयास गर्थ्यो/ उहाले महिनाको तलव बुझ्दा खाजा खर्च भनेर निगमले दिने रकम बात उहाले हामीलाई पछि उहाको निमित खाजा किन्न खर्च गर्न भनेर ५०/१०० रुपया राख्न दिन्थ्यो/ पछि थाह भयो उसको श्रीमतीले उहालाई खाजा र खाजा खर्च समेत दिन कचकच गर्थी रहेछ/ हामि कस्तो आईमाई होला त्यो भनेर सोच्थे/
यक दिन ऊहाको स्वास्नी कार्यालयमा आउनु भयो र कार्यालयमै उहालाई किन नमरेको तँ, भन्दै तथानाम गालि गरेको सुने देखे पछि मैले तेस्लाई सेकुरिटी गार्ड लगायर कार्यालय बात बाहिर पठाई दिय/ तेसपछी जोसीज्युले ” मदन यहा तिमीहरुको अगाडी त् मलाई यस्तो ब्यबहार गर्छ भने यसले मलाई घरमा के गर्छ बुझ्यौं नै होला, यसैले गर्दा मलाई यस्तो रोग लागेको हो र यसले मर भन्दैमा म मर्दिन” भन्नु भयो/ बिरामी हुने व्यक्तिको कारणले मात्रै होईन व्यक्तिको घर परिबारको ब्यबहारले पनि गम्भीर रोग लाग्ने रहेछ/ तेस्तो बेमारिको उपचार व्यक्तिको नमर्ने चाहना र प्रयास नै हो भन्ने कुराको उदाहरण नै भयकोले मैले यहा लेखेको हो/
तेस्को केहि महिना पछि जोसीज्युको बिमारी धेरैनै गम्भीर भयो/ नेपालको सबै ठुलो डाक्टरहरुले ३ देखि ६ महिना भित्र….हुने भने/ निगममा कर्मचारी र कर्मचारीको परिवारको देस बा बिदेशमा उपचार गरेको सबै खर्च बेहोर्थ्यो/ जोसीज्यु भारतको भेलोर को अस्पतालमा उपचार गर्न तेही उ मरुन भनि सराप्ने स्वास्नी सिट जानु भयो/ तेतिबेला उहालाई जाच्ने भेलोरको मात्रै होईन् बिस्वमै नाम कमायको “मथ्थाई” थर भयको डाक्टरले जोसीज्युको श्री मति अपरेसन गर्नु अघि कुरा गरे पछि मथ्थाई डाक्टरले निगममा टेलेक्स मार्फत अजिवको खवर पठायो/ मथ्थाई डाक्टरले जोसिज्युको श्री मतिलाई अस्पतालमा राखेर अपरेसन पनि नगर्ने र तेस्को सट्टा जोसिज्युको भलाई चाहने कुनै पनि व्यक्तिको रोहवरमा मात्रै जोसिज्युको अपरेसन गर्ने भन्दै तेस्को लागि जोसिज्युको भलाई चाहने कुनै व्यक्तिलाई भेलोर अस्पताल पठाई दिने अनुरोध गरेको रहेछ/ निगमले जोसिज्युकै पियनलाई भेलोर अस्पतालमा पठाई दियो/ त्यो पियनकै रोहवरमा जोसिज्युको अपरेसन भयो र त्यो सफल पनि भयो/ मथ्थाई डाक्टरले निगमलाई पछि पठायको टेलेक्स अनुसार त्यो लेभल सम्म पुगेको ब्रेन क्यान्सरको बिरामी १० हज्जारमा यक जना मात्रैको अपरेसन सफल हुनु पनि आस्चर्यजनक हुने रहेछ/
उहाको तेतिबेला अपरेसन सफल भयर उहा स्वस्थ नै भयर निगमको काममा फर्कनु भयो/ तर उहाको घर परिवारको ब्यबहार सुध्रियन/ उहा तिन पटक सम्म भेलोर अस्पतालमा उपचार गर्न जानु भयो दोश्रो पटकको अपरेसन गर्न उहा सित उहाको श्रीमती पनि जानु भयको थियो/ तेश्रो अपरेसन पनि सफल भयो तर उहा बाथरुम जाँदा यक्लै लडेर मरेको अबस्थामा फेला पर्यो/
मलाई त अचम्म लागेको थियो.. सालोक्य जी कता हराउनु भयो भनेर!
Anyway, “Get well soon!”