Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सरकारी वेबसाइटमा गुगल एड राखेर डलर ‘हाम्’ गर्ने को?

Posted on May 10, 2018 by mysansar

सरकारी वेबसाइटहरु नाफा कमाउने वेबसाइटहरु हैनन्। तिनको सञ्चालन खर्च जनताले तिरेको करबाट उठ्छ। त्यसैले उनीहरुलाई विज्ञापन आवश्यक हुँदैन। सरकारले त विज्ञापन दिन्छ- लोककल्याणकारी विज्ञापन। जनचेतना जगाउने विज्ञापन। तर एउटा सरकारी वेबसाइटमा भने विज्ञापन देखिएको छ- विज्ञापन पनि जनचेतनामूलक भए मान्न सकिन्थ्यो, गुगल एड पो हालिएको रहेछ। जसमा विभिन्न व्यवसायिक विज्ञापन देखिन्छ। हेर्नुस् परराष्ट्र मन्त्रालय अन्तर्गत रहेको राहदानी विभागको सरकारी वेबसाइटमा देखिएको व्यापारिक विज्ञापनका केही स्क्रिनसट


पेजको माथिल्लो भागमा लोगोको मुनि ठूलो विज्ञापन राखिएको छ।

त्यसैगरी पेजको दायाँ छेउमा पनि विज्ञापन राखिएको छ।

वेबपेजको सोर्सकोड हेर्दा गुगल एडको पब्लिसर आइडी पनि देखिन्छ।

सरकारी वेबसाइटमा व्यावसायिक विज्ञापन राखेर त्यस वापत आउने डलर कसको खातामा गइरहेको छ त? खोजी गर्नुपर्ने विषय हैन हो?

सोर्सकोड हेर्दै जाँदा मुन्तिर फुटरमा टन्नै स्पाम लिङ्कहरु पनि लुकाएर राखेको भेटियो।

के त्यही ह्याकरहरुले गुगल एड बीचमा घुसाएका हुन् कि वेबसाइट बनाउने डेभलपरको काम हो यो? जे भए पनि यो मन्त्रालय वा विभागका हाकिमको ध्यानाकर्षण होस्। सरकारी साइटको सुरक्षामा ध्यान जाओस्। सरकारी साइट अरुको व्यक्तिगत फाइदामा उपयोग नहोस्।

3 thoughts on “सरकारी वेबसाइटमा गुगल एड राखेर डलर ‘हाम्’ गर्ने को?”

  1. Rabins Sharma Lamichhane says:
    May 11, 2018 at 7:39 am

    This is not done by anybody from officials or the developer.
    I checked the site earlier. Malware has been injected by Indonesia Defacer.
    Hacked By: 4Ri3 60ndr0n9 | Security Tester XXX~HACKER TEAM was here.!!!!! | West Borneo Hacker | INDONESIA

    Reply
  2. dor prasad says:
    May 10, 2018 at 7:54 pm

    लाजमर्दो … ति बिज्ञापन मा नागा सुन्दरी भएका प्रचार औउछन … भाइरस भएका लिंक हरु …

    Reply
  3. madan man bajracharya says:
    May 10, 2018 at 7:06 am

    सालोक्यज्यु
    भ्रस्टाचार तस्करी बा गलत सरकारी निर्णयकोले नै किन नहोस नेपाल र नेपालीले मुस्किलले कमायको बिदेशी मुद्रा चुहिनु बा चुहिन दिने कुकार्यनै नेपालको बिकाशमा बाधा पुर्याउदै आयको प्रमुख कारण हो/ तपाइंको लेखले माथि उल्लेख गरेको त्यो “बिज्ञापन” को लाभ कसैको निमित सानो कुरा हुने भयकैले तेस्लाई तेतिकै इग्नोर गर्नु हुँदैन भन्ने संदेश भयको म ठान्छु/ तेसैले यो कुरा उल्लेख गर्नु भयकोमा धेरै धन्यबाद/

    नेपाल र नेपालीले बिदेशमा आर्जन गरेको यक यक डलर पनि रास्त्रकै कोषमा जम्मा हुने, भारत सिट खरावौको ब्यापार घाटा कम गर्न नेपालको उद्योगपति बा सरकार आफैले नेपालीलाई चाहिने बस्तु सक्ने जत्ति नेपालमा उत्पादन गर्ने र भारतकै सब्दमा नेपालमा बसोबास गर्ने करोडौं भारतीयलाई उनीहरुले नेपालिमा कमायको रकम नेपालले बिदेशी मुद्रा सिट साटेर ल्यायको भारु अनलिमिटेड सतही गर्न दिने कार्य रोक्ने बा सिमित मात्रामा मात्रै सतही गर्न दिने ब्यबस्था गर्नु पर्छ/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme