Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुपर झापाली प्रधानमन्त्री, स्याङ्जाली मुख्य सचिव : अब देशको सुपर विकास नभई भो?

Posted on May 1, 2018 by Salokya


अहिले देशमा सुपर प्रधानमन्त्री छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले झापालाई मंगलबारै सुपर जिल्ला घोषणा गरेका छन्। सुपर जिल्लाबाट प्रधानमन्त्री भएपछि सुपर प्रधानमन्त्री भन्नुपरेन? झण्डै दुई तिहाई बहुमत भएको सुपर सरकारले विकासको मूल नै फुटाउने भाषण गरिरहेको छ। सरकारलाई साथ दिने काम कर्मचारीतन्त्रको हो जसलाई स्थायी सरकार पनि भन्ने गरिन्छ। संयोग के छ भने, कर्मचारीतन्त्रको नेतृत्व भने स्याङ्जालीले गरेका छन्। अहिलेका मुख्य सचिव लोकदर्शन रेग्मीको स्थायी ठेगाना केवरे भन्ज्याङ गाविस, स्याङ्जा हो।

एउटा भनाई छ

१० पाल्पाली = १ स्याङ्जाली
१० स्याङ्जाली = १ झापाली

त्यसमा नयाँ थपिएको छ
१० झापाली = केपी ओली

झापा कस्तो जिल्ला भनेर आज झापा जिल्ला सभाको प्रथम बैठक उद्घाटनको क्रममा प्रधानमन्त्रीले बताउनुभएकै छ। झापा सुपर जिल्ला हो रे। उहाँले भन्नुभो, ‘यहाँ सुपर आँप फल्छ, यहाँ सुपर लिच्ची फल्छ। जे पनि सुपर हुन्छ यहाँ। यो यस्तो सुपर एरिया हो। सुपर धान, सुपर मकै, सुपर माछा…’

यस्तो सुपर ठाउँका सुपर मान्छे १० जना बराबर एक जना अर्थात् सुपरभन्दा पनि उपर पो हुन् त हाम्रा प्रधानमन्त्री। अब देश विकास नभई भो त।

बंगाल टाइगर भनेको खाली बंगालको मात्र टाइगर हैन रे। गोलधापको जंगलमा गाईभैँसी चराइरहँदा हामीले देखिरहने चिज हो बंगाल टाइगर भन्नुहुन्छ प्रधानमन्त्रीज्यु। ‘बंगाल टाइगर त्यसको नाम हो, बंगालको हैन, त्यो हाम्रो टाइगर हो’ भन्नुभो।

हात्तीको बारेमा पनि उहाँले आफ्नो सुपर ज्ञान बाँड्नुभो। भन्नुभो, ‘हात्तीहरु यहाँ (झापामा) आएर उपद्रो गर्छन् किनभने उनीहरुको जेनेटिक मेमोरीले सम्झिन्छ कि उनका पूर्खाहरु यहाँ खेल्थे।’

सुन्नुस् सुपर प्रधानमन्त्रीको सुपर भाषण

हाम्रा सुपर प्रधानमन्त्रीको जनावर प्रेम गज्जब छ। केही वर्ष अघि भूकम्प पुननिर्माणको कार्यक्रममा उहाँले गैँडाबारे यस्तो ज्ञान बाँड्नुभएको थियो-

सुपर प्रधानमन्त्रीले देशको सुपर विकास नगरे कसले गर्ने त? कि कसो?

12 thoughts on “सुपर झापाली प्रधानमन्त्री, स्याङ्जाली मुख्य सचिव : अब देशको सुपर विकास नभई भो?”

  1. aratee says:
    May 8, 2018 at 2:51 pm

    हुनत तपाइलाई केहि नराम्रो भन्न हुदैन. तैपनि मलाई लागेको कुरा के केवरे भन्ज्याङ गाविस कहाँ छ अहिले? आजभोलि त गाउपालिका भन्छन हैनर? अरुले यस्तो लेखेको भए त तपाइको ब्लगमा एउटा लेख आइसक्थ्योहोला हैन?

    Reply
    1. Salokya says:
      May 9, 2018 at 2:02 pm

      मुख्य सचिवले आफ्नो बायोडेटामा त्यही लेख्नुहुन्छ, उहाँको स्थायी ठेगाना तपाईँलाई थाहा हुन्छ कि उहाँलाई, जे उहाँले लेख्नुहुन्छ त्यही लेख्न परेन?
      यता हेर्नुस्
      https://www.opmcm.gov.np/chief-secretary/

      Reply
  2. madan man bajracharya says:
    May 3, 2018 at 11:43 pm

    ओली र ओलीको नेतृत्वमा बनेको सरकार राम्रो नराम्रो अहिले नै भनि हाल्नु ठिक होला जस्तो लाग्दैन/उहिलेको ओली र अहिलेको ओली साँच्चै मा कस्तो हो भन्ने कुरा सायद भोलि मात्रै थाह हुन्छ होला/ अहिले सम्म हामीले मुखले “जय नेपाल” नीति र ब्यबहारले “जय भारत” भन्ने र पहिला भारत मुर्दावाद पछि जिन्दावाद भन्नेको सरकार बनेको टिकेको सरकार भोग्दै आयको थियो/ तेस्ताहरुको रास्त्रवाद कस्तो थियो भन्ने कुरा उनीहरुले भारत सिट कसरि कस्तो कस्तो सन्धिहरु गरे भन्ने कुराले स्पस्ट देखायकोले तेस्ता देखि नेपालीहरु बिरक्तियको अबस्थामा ओली उहिलेका भन्दा फरक किसिमले नेपालि माझ प्रस्तुत भयर नेपालीको बहुमत पायो/ ओलीले बोलेको कुरा अहिले पनि कानमा गुञ्जिरहेको त् तर आँखाले नै देख्ने अवसर अझै पायको छैन/ त् अलि कुरुं, तव जे बोल्नु पर्छ त्यो बोलुं/

    Reply
  3. Dig Tamang, USA says:
    May 3, 2018 at 11:43 pm

    स्याङजाली र झापाली भनेर यसरि काम गर्ने मानिसलाई होच्यार, २/३ मेजोरिटी ल्यायर बनेको प्रधान मन्त्रीलाई यस्तोखाले सस्तो विचार राखेर लेख्नु अलि मिलेनाकी ?

    Reply
    1. Salokya says:
      May 6, 2018 at 1:08 pm

      हे राम। स्याङजामा जन्मेकोलाई स्याङजाली भन्नु र झापामा जन्मेकोलाई झापाली लेख्नु होच्याउनु कसरी भयो? के खालको अम्रिकावासी हौ तपाईँ 😛

      Reply
  4. shovana says:
    May 3, 2018 at 1:27 am

    झापा मा जन्मेकालाई झापाली र स्याङजामा जन्मेकोलाई स्याङजाली नै हो भन्ने भन्नत तर त्यहाँ जन्मेकै आधारमा उसको काम र पद माथिनै त शंका गर्न मिलेन नि . फेरी किन झापाली र स्याङ्जाली भएकै आधारमा बिकाश नै नगर्लान भन्ने संका पस्यो नि त यहाको मानसपटलमा.

    Reply
    1. Salokya says:
      May 3, 2018 at 1:45 am

      कसले शंका गरेको छ र। झन् अब त विकास हुन्छ भनेर प्रशंसा पो गरेको छु त।

      Reply
  5. shovana says:
    May 2, 2018 at 12:20 pm

    सुपर झापाली प्रधानमन्त्री, स्याङ्जाली मुख्य सचिव
    कति सानो सोच रहेछ त लेखक जिउको.. अझै पनि झापाली र स्याङ्जाली भनेर बस्ने. टिका टिप्पणी मान्छेले गरेको कम व्यवहार र उसले लिएको निर्णयको गर्ने हो, नकि उसको ठाउको उसको जातको . झापालि र स्याङ्जाली भन्दा पहिला हामी सबै नेपाली हौ भन्ने नबिर्सनु होला.. अनि अर्को कुरा आफु जन्मे- हुर्केको ठाउँ सबैलाई प्यारो हुन्छा लेखक जिउ… पत्रकार भएपछी नेपाली को पत्रकार हुनुस ७५ जिल्ल्ला का मान्छे को हुन खोज्नुस तपाई त ७३ जिल्ला लाई मात्र नेपाल भन्नु होला जस्तो पो छ त.

    Reply
    1. Salokya says:
      May 2, 2018 at 11:27 pm

      नेपालमा ७५ हैन ७७ जिल्ला भइसके हजुर। झापामा जन्मेकोलाई झापाली र स्याङजामा जन्मेकोलाई स्याङजाली भन्दा के गलत भो बुझिएन।

      Reply
  6. Ananda says:
    May 2, 2018 at 10:31 am

    गफ गर्न सकिन्न भन्छन | काम गर्न हैन.
    काम गर्न त काभ्रेली चाहिन्छ / कि कसो साथीहरु/

    Reply
  7. रमन तामांग says:
    May 2, 2018 at 7:02 am

    अब नुवाकोटे चाहियो सर्बोच् तीर.

    Reply
  8. Rohini says:
    May 2, 2018 at 5:10 am

    कहिले काहीं लग्छ ५ वर्ष गफैमा बित्ने होकी | हाम्रा प्रधानमन्त्री
    को चाला हेर्दा तेस्तै देखिदै छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme