Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

क्युबाको मिडियामा समाचार बन्यो नेपालको ‘कल्पना’

Posted on May 1, 2018 by Salokya


‘नेपाल र बंगलादेश एउटा सुरुङबाट जोडिने’ शीर्षकको यो समाचार प्रेस्ना ल्याटिनामा आएको हो। यो क्युबाको आधिकारिक सरकारी न्युज एजेन्सी हो। क्युबाली क्रान्तिपछि सन् १९५९ मा स्थापना भएको। फिडेल क्यास्ट्रोले अमेरिकी मिडियाको आलोचना गर्दै ‘अब हामी हाम्रै भाषामा समाचार लेख्छौँ’ भनेपछि यसको स्थापना भएको थियो। अन्तर्राष्ट्रिय घटना र विषयहरुको वैकल्पिक स्रोत दावी गर्ने यो एजेन्सीले नेपालको बारेमा समाचार अक्सर दिइरहन्छ।

दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आइतवार उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङ मार्ग बनाएर अन्तरदेशीय सडक सञ्जालमा जोडिने बताएका थिए जसलाई प्रेस्ना ल्याटिनाले न्युज ब्रेक गरेको भनेको छ।

त्यही भाषणमै आधारित भएर क्युबाको न्युज एजेन्सीमा यो समाचार आएको हो।

यो मन्त्री यादवको कल्पना मात्र हैन। सरकारको कार्यक्रममा सुझाव दिनका लागि एमाले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा बनाएको कार्यदल बनाएको थियो। यो कार्यदललेसमेत नेपाल र बंगलादेशलाई जोड्ने बीचको १३ किलोमिटर भारतीय भूभागमा सुरुङ मार्ग बनाउने भनेको छ।

अहिलेलाई यो एउटा मिठो कल्पनाभन्दा बढी केही नहोला।

अहिले नेपालमा भारतीय आकाश प्रयोग गरेर आउने सबै जहाज सिमराबाट मात्रै आउनु पर्छ। अरु हवाई मार्ग पनि दिनुपर्‍यो भनेर भन्दा अहिलेसम्म भारतले मानेको छैन। त्यही भएर अस्ति प्रदेश ५ को सभामा सम्बोधन गर्दा प्रधानमन्त्री केपी ओलीले आकाशमा पनि किन कन्जुस्याइँ गर्नुपर्ने भनेर भाषण गरेका थिए।

आकाश मार्गमा त कञ्जुस्याइँ गर्ने भारतले उसको जमिनमा सुरुङ बनाउन देला त?

अर्को एउटा उदाहरण, नेपालले भारतमा नेपाली नम्बर प्लेटको ग्यास बुलेट चलाउन पाउनु पर्छ भनी माग राखेको वर्षौँ भइसक्यो। अहँ भारतले मानेकै छैन। नेपाली नम्बर प्लेटको ग्यास बुलेट त चलाउन नदिने भारतले उसको जमिनमुनि सुरुङ खनेर बंगलादेशसम्म पुग्ने बाटो नेपाललाई देला?

तर क्युबाको मिडियामा नेपालको कल्पना समाचार बन्दा पनि नेपालीलाई त मज्जै लाग्ने हो। आखिर कल्पना नगरी सपना पूरा पनि त हुँदैनन्, कि कसो?

2 thoughts on “क्युबाको मिडियामा समाचार बन्यो नेपालको ‘कल्पना’”

  1. samrat~ says:
    May 5, 2018 at 4:27 am

    यो कुरा समाचार मा expose न गरेर सुटुक्क धोत्ति हरु ले था न पाउने गरि गर्नु पर्ने थियो ..बेकार मा किच किच !!

    Reply
  2. subash says:
    May 2, 2018 at 4:05 am

    अनि नेपालमा चै किन भारतीय नम्बर प्लेट भएको गाडी चलाउन दिने त ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme