Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘बुद्ध वाज बर्न इन नेपाल’ भन्नेहरुलाई थाहा छ? एक हैन तीन बुद्ध जन्मिएको देश हो नेपाल

Posted on May 1, 2018 by Salokya


प्रश्न : बुद्धका चार आर्यसत्यबारे थाहा छ?‬
‪उत्तर : थाहा छैन‬ ।
‪प्रश्न : बुद्धले बताएका अष्टांगिक मार्गबारे थाहा छ? ‬
‪उत्तर : छैन ।‬
‪प्रश्न : बुद्धले सिकाएको ज्ञान र ध्यानविधि थाहा छ?‬
‪उत्तर: छैन ।‬
‪प्रश्न : अनि के थाहा छ त? ‬
‪उत्तर : बुद्ध वाज बर्न इन नेपाल।‬

आज फेसबुकमा निकै सेयर भएको स्टायटस हो यो। बुद्ध वाज बर्न इन नेपालले केही नेपालीलाई यति गाँजेको छ कि अरु कुरा केही पनि सुन्न र बुझ्न चाहँदैनन् उनीहरु। बुद्ध नेपालमा जन्मिएको विश्वलाई देखाउने भन्दै टुँडिखेलमा गिनिज बुकमा लेखाउने भन्दै भेला भएर नाचगान पनि गरेका थिए। तर महिनौँ भइसक्यो, गिनिज बुकले बाल दिएको छैन। विश्वले देख्यो कि देखेन उनीहरुलाई नै थाहा होला। आज बुद्ध जयन्तिको प्रसंगमा ‘बुद्ध वाज बर्न इन नेपाल’वालाहरुले शायदै थाहा पाएको एउटा तथ्य- नेपाल एउटा मात्र बुद्ध जन्मिएको देश हैन। 

बुद्ध भन्ने बित्तिकै धेरैले सिद्धार्थ गौतमलाई मात्रै बुझ्छन्। तर सिद्धार्थ गौतम आफैले भनेका थिए- म अगाडि कति जना बुद्ध भएका छन्, म पछि पनि कति बुद्ध बन्ने छन्।

खासमा बुद्धमा सिद्धार्थ गौतमको मोनोपोली छैन। जो पनि बुद्ध बन्न सक्छन्। हामी सबैसित ‘बोधी’ को बीऊ हुने गर्छ। त्यसलाई हुर्काउन सक्यौँ भने बुद्ध जो पनि बन्न सक्छ। तर सजिलो छैन त्यो जगाउन। सजिलो भइदिएको भए हरेक मान्छे बुद्ध हुन्थे नि।

बुद्ध आफैले गौतम शरमण् गच्छामी भन्न दिएका थिएनन्। उनले बुद्धम् शरणम् गच्छामी भन्न लगाए। त्यो भनेको बोधीको शरणमा जान्छौँ भनेका हुन्। उनीअघि र पछि जन्मने बुद्धको शरणमा जान भनेका हुन्।

सिद्धार्थ गौतम मात्र नेपालमा जन्मिएका हैनन्, तीन जना बुद्धको जन्मभूमि हो नेपाल। को को बुद्ध जन्मिएका थिए त नेपाल?

१) ककुसन्ध बुद्ध

ककुसन्ध पाली भाषामा र संस्कृतमा क्रकुच्छंद बुद्ध थेरवादी परम्परा अनुसार अहिलेको कल्प (भद्रकल्प) का पहिला बुद्ध हुन्। यो कल्पमा पाँच बुद्ध हुने मानिन्छ। त्यसमध्ये पहिलो ककुसन्ध हुन् भने चौथो गौतम बुद्ध हुन्। पाँचौँ आउनेवाला बुद्ध चाहिँ मैत्रेय बुद्ध।

ककुसन्ध बुद्धको जन्म खेमावतीमा भएको हो। खेमावतीलाई गोटीहवा नामले अहिले चिनिन्छ। यो नेपालको कपिलवस्तुबाट चार किलोमिटर दक्षिणपूर्वमा पर्छ। लुम्बिनी आउँदा सम्राट अशोक गोटीहवा पनि गएका थिए। त्यहाँ पनि उनले पिलर गाडेका थिए। गोटीहवामा स्तुप पनि छ।

पाली परम्परामा ककुसन्ध २२ औँ बुद्ध हुन्। उनका पिता अग्गिदत्त खेमावतीका राजा खेमंकरका ब्राह्मण पुरोहित थिए। उनकी आमाको नाम विशाखा र पत्नीको नाम विरोचमना र छोराको नाम उत्तर थियो।

चार हजार वर्षको आयुमा एउटा रथमा चढेर उनले सांसारिक जीवन परित्याग गरेको मानिन्छ। शिरीष वृक्षमुनि उनलाई ज्ञान प्राप्त भएको र प्रथम उपदेश मकिला नजिकको एउटा बगैँचामा ८४ हजार भिक्षुलाई दिएको भनिन्छ।


गोटिहवाको अशोक पिलर।

यो पनि हेर्नुस्
Excavations at Gotihawa: A note on the results obtained during the firsrt excavation campaign in winter 1994-95

२) कोनागमन बुद्ध

कोनागमन बुद्ध यो कल्पका दोस्रो बुद्ध हुन्। पालीमा कोणागमन भनिए पनि संस्कृतमा कनकमुणि, कोणागन, कनकगामना पनि भनिन्छ। थेरवादी परम्परा अनुसार उनी २६ औँ बुद्ध हुन्। सोभवती नगरमा यज्ञदत्त ब्राहृमणकी भार्या उत्तराको कोखमा सुभगवती उद्यानमा उनको जन्म भएको हो।  कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७-८ कि. मि. उत्तरमा पर्ने निग्लिहवा गाउँमा पनि अभिलेखसहितको अशोक स्तम्भ रहेको छ ।  यो  कनकमुनि (कोनागमन) बुद्धसँग सम्वन्धित रहेको छ।


फोटो By DiverDave – Own work, CC BY-SA 4.0, Link

निग्लिहवाको भाँच्चिएको अशोक स्तम्भ। फोटो By DiverDave – Own work, CC BY-SA 4.0, Link

8 thoughts on “‘बुद्ध वाज बर्न इन नेपाल’ भन्नेहरुलाई थाहा छ? एक हैन तीन बुद्ध जन्मिएको देश हो नेपाल”

  1. indra maharjan says:
    May 8, 2018 at 3:02 pm

    लेखककाे तर्क सही हो । नेपाल लगायत विभिन्न देशहरुमा सिद्धार्थ गाैतम जन्मनुभन्दा अघि नै बुद्धिस्टहरु थिए । बुद्ध भनेकाे व्यक्ति नभएर दर्शन हाे । बुद्ध वाज बर्न इन नेपाल भन्ने तर्क नै मेराे विचारमा गलत छ ।

    Reply
  2. samrat~ says:
    May 5, 2018 at 5:46 am

    शालोक्ये ब्रो, तिन जना मात्र हैन चार जना चार ! अहिले को राम बहादुर बम बुध छुटेछ नि 😉

    Reply
    1. Salokya says:
      May 6, 2018 at 1:06 pm

      सम्राट ब्रो, सिरियस कुरामा जिस्कनु ठीक हैन। तरवारले हान्ने पनि बुद्ध हुन्छ कहीँ? http://www.mysansar.com/archives/?p=1729

      Reply
  3. madan bajracharya says:
    May 2, 2018 at 2:05 am

    शंकरज्यु
    रामबहादुरलाई बुद्धिस्ट भन्नु बा मान्नु पनि बुद्ध प्रति अनादर गर्नु जस्तै हुन्छ/ बुद्ध अलोकिक बा इश्वर होईन मात्र सहि मानेमा मानव बनेको र मानव बन्न प्रेरणा दिने व्यक्ति हो/ बुद्धको अर्थ कुनै देवता बा इस्वरको अबतार होईन मात्र “ज्ञानी” व्यक्ति हो/ आफुलाई थाह नभयको कुरा जाने बुझेको र आफुले समाधान गर्न नसकेको समस्या सुल्झाउन सक्नेको शरण बा संगतमा जानु नै बुद्धिस्ट बन्नु बा बुद्धको सम्मान गर्नु हो/ रामबहादुर बुद्ध त् के बुद्धिस्ट पनि मान्न सकिने व्यक्ति होईन/

    Reply
  4. madan bajracharya says:
    May 2, 2018 at 1:29 am

    आस्था भयको कारणले बुद्ध मान्नु र बुद्ध मानेमा फाइदा हुने भयकोले बुद्धलाई मान्नु फरक छ/ आम नेपालीले बुद्ध प्रति जुन सम्मान गर्नु पर्ने हो त्यो गरेकैले मात्र आज बिस्वले बुद्ध महान थियो भनेकोमा नेपालीले पनि बुद्ध महान छन्, बुद्ध नेपालमा जन्मेको हो भन्न पायको हो/ उहिले बुद्धलाई नस्विकार्ने तत्वले अरु त् अरु राजालाई समेत हिन्दु नबने राजानै बन्न नपाउने भने बाटै लुम्बिनी को बिकाश किन भयन भन्ने कुरा स्पस्ट हुन्छ/ तेस्ता तत्व प्रति सजक नभयकै कारणले राजा सबैको साझा हुन् नसक्ने हुँदै गद्दी बात हट्न पनि बाध्य भयो/

    बुद्ध जन्मेको नेपालको लुम्बिनीको महत्व क्रिस्चियनको जेरुसलम र मुस्लिमको मक्का जत्तिकै छ/ बिगतको शासक बर्गले लुम्बिनीलाई बिकाश गर्न खोज्नेलाई प्रोत्शाहन गरेको र प्राप्त सहयोगको सदुपयोग गरेको भय आज लुम्बिनी बिस्व भरिको अरवौ बुद्धिस्तहरुको सबै भन्दा ठुलो तिर्थ स्थल उहिले नै बन्ने थियो र तेसवात नेपालले अरवौ होईन खरावौ बिदेशी मुद्रा समेत आर्जन गरेर देसमा उपलब्ध ठुलो ठुलो जलश्रोत आयोजनाहरु समेत आफ्नै श्रोतले गर्न ठुलै सहयोग हुने थियो/

    भारत बुद्ध आफ्नो देसमा जन्मेको भन्नु, नक्कली लुम्बिनी बनाउनु आदिको कारण पनि बुद्धको नाम भजेर बिदेशी मुद्रा कमाउनकै लागि मात्रै भयको हो/

    Reply
  5. Rama Jha says:
    May 2, 2018 at 12:15 am

    Bullshi*

    Reply
    1. Salokya says:
      May 2, 2018 at 11:51 am

      हो, यस्तै ठान्नेका लागि लेखिएको हो यो ब्लग। जसलाई बुद्ध भनेको के हो नै थाहा छैन।

      Reply
  6. Shankar says:
    May 1, 2018 at 4:15 am

    पहिला जन्मिएको बुद्द को नाउ मात्र आयो , अहिलेको बुद्द रामबहादुर को नाउ आएँन |अन्तरास्ट्रिय छापा हरुले समेत लिटिल बुद्द भनेर नाउदियेको रामबहादुर बम्जन ले बुद्द बन्न एक सतक पर्खनु पर्नेहो कि ?
    रामबहादुर बुद्द ले भनेका छन् मैले गौतम बुद्द ले भन्दा धेरै पढेको छु |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme